ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले काठमाडौंको लोहसालमा एकदिने निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सफलताका साथ सम्पन्न गरेको छ । हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय ‘अन्नपूर्ण महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँगको सहकार्यमा स्वास्थ्य परिक्षण गरेको हो ।ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष, सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा. आनन्द प्रसाद श्रेष्ठ र अन्नपूर्ण महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष पम्फा राईले संयुक्त रुपमा स्वास्थ्य परिक्षण कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।शिविरमा सामान्य चिकित्सा, मुटुरोग,…
"ॐ हस्पिटलद्वारा निःशुल्क स्वास्थ्य परिक्षण र औषधि वितरण"Category: समाज
काठमाडौं । वसन्तुपरमा आइतबार होलीको चीर ठड्याइएको छ । फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइपछि देशभर होली पर्व सुरु भएको मानिन्छ । एकअर्कामा रङ दलेर मनाइने होली यो वर्ष पहाडी जिल्लामा ११ चैत्र र १२ चैत्रमा तराईका जिल्लामा मनाइँदैछ ।
"वसन्तुपरमा आइतबार चीर ठड्याएसंगै होली सुरु"काठमाडौं । नेकपा (एमाले)का सांसद ठाकुर गैरेले सत्तामा रहँदा कानमा तेल हालेर बस्ने, प्रतिपक्षमा हुँदा क्रान्तिकारी बन्ने प्रवृत्ति त्याग्नुपर्ने’ बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले यस्तो बताएका हुन् । “संसदीय अभ्यासमा अमिल्दो प्रयोग हामीले गर्दै आइरहेका छौँ । सरकारमा बसेको बेला, सत्तापक्षको बेन्चमा बसेको बेला देशमा जतिसुकै समस्या परून्, विकास नहोस्, भ्रष्टाचार होस्, बेथिति बढून्, कानमा तेल हालेर बस्ने । त्यसमा कुनै चासो नराख्ने,” उनले भने, “तर, प्रतिपक्षमा पुग्नासाथ भयंकार क्रान्तिकारी बन्ने…
"“संसदीय अभ्यासमा हामीले अमिल्दो प्रयोग गर्दै आइरहेका छौँ :ठाकुर गैरे"काभ्रपलाञ्चोक । नमोबुद्ध नगरपालिका वडा नम्बर ५ स्थित कोटतिमालमा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु भएको छ । आज बिहान ५९ बर्षीय धनविर परियारलाई आफ्नै श्रीमति करिब कमला परियारले लठ्ठीले टाउकोमा हानेर हत्या गरेको बताइएको छ । कमलाले मादक पदार्थ सेवन गरी आफ्नै घर भित्र रहेको निगालोको लठ्ठिले श्रीमानको टाउकोमा हाँन्दा उनको मृत्यु भएको विवरण जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले उपलब्ध गराएको छ । श्रीमति कमला परियारलाई प्रहरिले नियन्त्रणमा लिएर कोटतिमाल चौकीमा राखिएको जानकारी प्राप्त भएको छ ।
"नमोबुद्धमा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु"विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनारमा भएको मोटरसाइकल दुर्घटनामा एक बालकसहित दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मोटरसाइकल चालक मोरङको बेलबारी–८ का २३ वर्षीय विपिन दाहाल र पछाडि बसेका उनका भतिजा आठ वर्षीय अभि दाहालको हिजो साँझ मृत्यु भएको हो । विराटनगरबाट इटहरी गइरहेकोे मोटरसाइकललाई ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट उनीहरु सिकिस्त घाइते भएका थिए । उपचारका क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।ट्रक चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।
"मोटरसाइकल दुर्घटनामा एक बालकसहित दुई जनाको मृत्यु "भक्तपुर। भक्तपुरको सल्लाघारीमा चौरमा दशैंका लागि च्याङग्रा बेच्न राखिएको छ। मुस्ताङदेखि ल्याएको च्याङ्ग्राको जिउँदोमा मूल्य प्रति केजि १ हजार ३०० रुपैयाँ र मासु प्रतिकेजी २ हजार ६०० बिक्री गरिरहेको व्यापारीहरू बताउँछन् । हिमालि भेगमा पाइने च्याङग्राको मासुलाई स्वास्थयको दृष्टिकोणले पनि राम्रो मानिन्छ ।
"च्याङग्रा मासु प्रतिकेजी २ हजार ६०० रुपैयाँ"बाँके ।नेपालगञ्जमा लागेको ‘कर्फ्यू’का कारण नेपाल–भारत सीमानाका जमुनाहामा अलपत्र परेका नेपालीलाई गन्तव्यतर्फ पठाउन सुरु गरिएको छ ।कर्फ्युका कारण सीमा क्षेत्रमा रोकिएका नेपालीलाई गन्तव्यसम्म पठाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक मीनबहादुर विष्टले बताउनुभयो । उहाँका अनुसार सीमा क्षेत्रमा दुई हजारको हाराहारीमा नेपाली अलपत्र अवस्थामा रहेका छन् ।उहाका अनुसार सीमा क्षेत्रमा २ हजारको हाराहारीमा नेपाली अलपत्र अवस्थामा रहेका छन् । यातायात व्यवसायीसँग समन्वय गरेर सीमा क्षेत्रमा रोकिएका सबै यात्रुलाई सुरक्षित गन्तव्यसम्म…
"नेपाल–भारत सीमानाका जमुनाहामा अलपत्र नेपालीलाई गन्तव्यतर्फ पठाउन सुरु"काठमाडौं । काठमाडौं महानगरपालिका–१० देवीनगरस्थित पूर्वमन्त्री भद्रकुमारी घले सेवा सदनमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । पूर्वमन्त्री भद्रकुमारी घलेले गैरकानुनी तवरले कब्जा गरि सरकारी जग्गामा घरटहरा बनाएकोले समय दिएर खाली गर्न भनेको र नमानेपछि महानगरपालिकाले डोजर चलाएको बताइएको छ ।भद्रकुमारी घले सेवा सदनले भने आफूहरुले प्रयोग गरिरहेको सार्वजनिक जग्गा नभई नापीमा छुटेको दाबी गर्दै आइरहेको छ ।सदनले जग्गामा बालगृह, शिक्षा सदन, पाहुना घर, भद्र संग्रहालय, पुस्तकालय, उपभोक्ता सहकारी संस्थालगायत सञ्चालन गर्दै आएको छ ।
"भद्रकुमारी घले सेवा सदनको संरचनामा महानगरको डोजर"काठमाडौं ।२०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शुक्रबार भित्र सार्वजनिक गरिने बताइएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । एसइई को नतिजा प्रकाशनको लागि १९ वटा संस्थाले अनुमति पाएका छन् ।ती संस्थाले वेबसाइट, एसएमएस र आईभीआरबाट नतिजा उपलब्ध गराउने भएका हुन् । त्यसरी अनुमति पाएकामा १४ वटामा वेबसाइटबाट हेर्न सकिनेछ भने ५ वटाबाट एसएमएस र आईभीआरबाट नतिजा हेर्न सकिनेछ । यो वर्ष बोर्डका साथै नेपाल टेलिकम, एनआईसी…
"प्राविधिक समस्या नआए एसइई को नतिजा शुक्रबार भित्र"काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । कारोबार साताको अन्तिम दिन शुक्रबार २०० ले बढेको सुनको मूल्य आज पहिलो दिन आइतबार पनि प्रतितोला ५०० रुपैयाँले नै बढेको हो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार १०० मा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य १ लाख ९ हजार ५५० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य आज १ हजार ३७० रुपैयाँ कायम भएको छ ।…
"सुनको मूल्य तोलामा पाँचसयले बढ्यो"


















