आफ्नो वडा फेरी उठाउन कस्सिए पोखराका वडाबासी

भदौ २३ र २४ गते भएको प्रदर्शनपछि ध्वस्त भएको संरचनाहरु उठाउनको लागि सबै स्थानियहरु एक भएका छन् । यसैक्रममा पोखरा महानगरपालिका १६ वडाका वडाबासीहरु पनि आफ्नो वडा उठाउनका लागि भनेर कस्सिएका छन् ।

"आफ्नो वडा फेरी उठाउन कस्सिए पोखराका वडाबासी"

सिंहदरबार गेट अगाडि सरसफाइमा जुटे प्रहरीहरू

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको सिंहदरबार परिसर अहिले क्रमशः सामान्य अवस्थामा फर्किंदैछ। आन्दोलनको बेला प्रदर्शनकारीहरूले जलाएका सवारीसाधन तथा क्षतिग्रस्त वस्तुहरूको उठान तथा सरसफाइको कार्यमा प्रहरीले सक्रियता देखाएको छ। सिंहदरबारको मुख्य गेट अगाडि जलेका गाडीहरू हटाउँदै र सडक सफा गर्दै प्रहरी जुटेको छ । घटनापछि वातावरण स्वच्छ बनाउन प्रहरी र सरसफाइकर्मीहरू व्यस्त छन्।

"सिंहदरबार गेट अगाडि सरसफाइमा जुटे प्रहरीहरू"

मुलुकभरिबाट तीन हजार ७२३ कैदीबन्दी पक्राउ

काठमाडौँ।यही भदौ २३ र २४ गते जेनजी प्रदर्शनपछि सिर्जित परिस्थितिका कारण देशभरका विभिन्न कारागारबाट भागेकामध्ये तीन हजार ७२३ कैदीबन्दी पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले आज मध्याह्नसम्ममा तीन हजार ७२३ कैदीबन्दी पक्राउ गरी कारागामा ल्याइएको जनाउँदै अझै १० हजार ३२० कैदीबन्दी फरार रहेकाले आवश्यक सर्तकता अपनाउन सर्वसाधारणमा आग्रह गरे । उनका अनुसार कतिपयलाई भारत भाग्न खोजिरहेको अवस्थामा भारतीय प्रहरीले समातेर फिर्ता गरेका छन् भने कतिपय सेना, प्रहरी…

"मुलुकभरिबाट तीन हजार ७२३ कैदीबन्दी पक्राउ"

कोटेश्वर ट्राफिक प्रहरी प्रभागमा आवश्यक व्यवस्था गर्दै पुनःकार्य सुचारु

काठमाडौं । कोटेश्वर ट्राफिक प्रहरी प्रभागमा आवश्यक व्यवस्थापन गरि स्थानीहरुले प्रहरीहरुलाई स्वागत गरेका छन् । स्थानीय सुनिल केसीकाअनुसार स्थानीहरु सबै मिलेर सरसफाई गर्नका साथै आधारभूर सामाग्रीको व्यस्थापनपछि पुनःकार्य सुचारु गरिएको हो । उनले भने,‘हिजो हामीले यहाँ बत्ति हाल्ने काम ग-यौं लत्ता कपाडाको कुराहरु,खाद्यन्न,सत्ने ठाउँ भाँडाकुडाजस्ता आधारभूत कुराहरुको व्यवस्था ग-यौं । उहाँहरुबाट जनताले सेवा लिने हो । अब जनतासँगप्रहरी छ है ,जसरी हाम्रो सुरक्षाको लागि २४ घण्टाउहाँहरु खट्नुहुन्छ ,हामीपनितपाईहरुलाई परेको अप्ठ्यारोमा साथदिन्छौं है भन्ने सन्देश दिनखोजेको…

"कोटेश्वर ट्राफिक प्रहरी प्रभागमा आवश्यक व्यवस्था गर्दै पुनःकार्य सुचारु"

अरुन्धतीसहित सप्तऋषिको पूजा गरेर तीजको समापन

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्तऋषिको विधिपूर्वक पूजाआराधना गरी मनाएका छन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । वाग्मती, मनोहरा, रुद्रमतीलगायत नदी किनारको मुहान क्षेत्रमा स्नान गर्न सकिने गरी पानी स्वच्छ भएकाले प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन अपामार्गसहित विधिपूर्वक स्नान गर्न धेरै महिला जाने गरेका छन्…

"अरुन्धतीसहित सप्तऋषिको पूजा गरेर तीजको समापन"

सन्दीप लामिछानेको मुद्दामा आजै फैसला आउने !

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको जबर्जस्ती करणीसम्बन्धी मुद्दामा आज फैसला आउने सम्भावना प्रवल रहेकोछ ।उच्च अदालत पाटनमा मंगलबार पेसी चढेको उक्त मुद्दामा दिनभरिको सुनुवाइमा पनि वहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । न्यायाधीशद्वय सुदर्शन देव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा मुद्दाको सुनुवाइलाइ निरन्तरता दिइएको छ । आज बहस सकिएपछि फैसला आउन सक्ने उच्च अदालत पाटनका प्रवक्ता तीर्थ राज भट्टराईले जानकारी दिए ।  यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला…

"सन्दीप लामिछानेको मुद्दामा आजै फैसला आउने !"

न्यायालय लोकतन्त्रको आधार स्तम्भ हो भने स्वतन्त्र प्रेस लोकतन्त्रको  प्राण: शिब लम्साल

काठमाडौं । सिधा कुरा डटकमले आफ्नो अनलाइन र यूट्यूब च्यानलमा प्रकाशन तथा प्रसारण गरेको समाचारका विषयलाई लिएर सर्वोच्च अदालतले गरेको आदेशप्रति विभिन्न कोणबाट विरोध सुरु भएको छ । सर्वोच्चको सोमबारको आदेशलाई लिएर विभिन्न संस्था ,नागरिक समाज र अधिकारकर्मीहरूले स्वतन्त्र प्रेसका लागि यो दुराशयपूर्ण भएको बताएका छन् । यसै विच नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले पनि सर्वोच्च अदालतको यो फैसला स्वीकार्य नभएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा अदालतको प्रेस स्वतन्त्रता कुण्ठित गर्ने मनसायलाई कुनै…

"न्यायालय लोकतन्त्रको आधार स्तम्भ हो भने स्वतन्त्र प्रेस लोकतन्त्रको  प्राण: शिब लम्साल"

ठूलो परिमाणमा अवैध सुन र नगदसहित ७ जना काठमाडौंबाट पक्राउ

काठमाडौं ।उपत्यका अपराध अनुसन्धान कार्यालयले ठूलो परिमाणमा अवैध सुन र नगदसहित ७ जनालाई काठमाडौंबाट पक्राउ गरेको छ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौं महानगरपपालिका-२४ दुछेंननी टोलबाट १ हजार ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार रूपैयाँसहित ७ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो। बिहीबार न्युरोडको एक हुण्डी गोदाममा छापा मार्दा उक्त सुन, रकम र संलग्नहरुलाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ ।पक्राउ पर्नेहरूमा ३ भारतीय नागरिक रहेका छन्…

"ठूलो परिमाणमा अवैध सुन र नगदसहित ७ जना काठमाडौंबाट पक्राउ"

वीरेन्द्र तालमा हिमपहिराे, बुढीगण्डकीआसपासका क्षेत्रमा उच्च जोखिम

गोरखाको चुमनुब्री गाउँपालिकाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र तालमा आज बिहान ठूलो हिमपहिराे खसेको छ । हिमपहिरो खस्दा तालको पानी छचल्किएर तल्लो क्षेत्रमा बाढी आएको छ । स्थानीयले नदीमा पानीको वहाब बढेकाले बुढीगण्डकी नदीको आसपासमा खतरा हुन सक्ने अवस्था रहेको बताए । ‘सानो खालको हिमपहिरो त अरु समयमा पनि जान्थ्यो, ‘तर, अहिले निकै ठूलो हिमपहिरो गएको छ ।’ जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक वासुदेव पाठकले हिमपहिरो खसेको जानकारी प्राप्त भएलगत्तै प्रहरीको टोली त्यसतर्फ प्रस्थान…

"वीरेन्द्र तालमा हिमपहिराे, बुढीगण्डकीआसपासका क्षेत्रमा उच्च जोखिम"

रोजिना विष्ट(रोज)नेशनल सोसियल वेलफेयर अवार्ड २०२३ बाट सम्मानित

काठमाडौं । सुनौलो पाइलाकी संस्थापक अध्यक्ष रोजिना विष्ट रोज सोसियल वेलफेयर अवार्ड २०२३ बाट सम्मानित हुनु भएको छ ।मंगलवार राष्ट्रिय नाच घर जमलमा आयोजित एक कार्यक्रमका विच उक्त सम्मान गरिएको थियो । सिजन मिडिया द्वारा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथी प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले सामाजिक सेवामा समर्पित व्यक्तित्वको रुपमा उहाँलाई सम्मानपत्र हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका नेता एबं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाको विशेष अतिथीका रुपमा उपस्थिती रहेको थियो…

"रोजिना विष्ट(रोज)नेशनल सोसियल वेलफेयर अवार्ड २०२३ बाट सम्मानित"