च्याङग्रा मासु प्रतिकेजी २ हजार ६०० रुपैयाँ

भक्तपुर। भक्तपुरको सल्लाघारीमा चौरमा दशैंका लागि च्याङग्रा बेच्न राखिएको छ। मुस्ताङदेखि ल्याएको च्याङ्ग्राको जिउँदोमा मूल्य प्रति केजि १ हजार ३०० रुपैयाँ र मासु प्रतिकेजी २ हजार ६०० बिक्री गरिरहेको व्यापारीहरू बताउँछन् ।

हिमालि भेगमा पाइने च्याङग्राको मासुलाई स्वास्थयको दृष्टिकोणले पनि राम्रो मानिन्छ ।