काठमाडौं । काठमाडौँ महानगरपालिकाको प्रमुख बालेन्द्र साहले यही जेठ १३ गते शनिबार जनप्रतिनिधिले पदबहाली गरेको एक वर्ष पूरा भएको अवसरमा आयोजना हुने विशेष सरसफाइ कार्यक्रममा सहभागी हुन सरोकारवाला सबैलाई आग्रह गरेका छन् । स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदबहाली गरेको एक वर्ष पूरा भएको अवसरमा सरसफाइ कार्यक्रम आयोजना गर्न, साझेदारले आयोजना गर्ने कार्यक्रममा सहयोग र समन्वय गर्न प्रमुख साहले ३२ वटै वडाका जनप्रतीनिधिहरुलाई पत्रमार्फत अनुरोध गरेका छन् । उक्त दिन बिहान ७…
"काठमाडौँ महानगरपालिकाले शनिबार विशेष सरसफाइ कार्यक्रम गर्ने"Category: समाज
काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रति लिटर रु ३, डिजेल र मट्टितेलमा प्रति लिटर रु १०, हवाई इन्धन (आन्तरिकतर्फ) प्रति लिटर रु १० र हवाई इन्धन (वाह्यतर्फ) प्रति लिटर अमेरिकी डलर ७० (अर्थात् करिब रु १० प्रति लिटर) ले घटाइएको निगमले जनाएको छ । घटेको मूल्य अनुसार अब निगमको डिपो कार्यालयदेखि १५ किलोमिटरसम्म पेट्रोल रु १७५ प्रतिलिटर, डिजेल र मट्टितेल रु १७०, हवाई इन्धन (आन्तरिक) रु…
"आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो"काठमाडौं ।सरकारले गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा मिटरब्याज पीडितको समस्या समाधानका लागि वार्ता टोली गठन गरेको छ । सरकारले गठन गरेको समितिमा गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा,गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानून न्याय तथा संसदीय मामाला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गा रहेका छन् । समितिले पीडितहरूसँग वार्ता गरेपछि प्रधानमन्त्री प्रचण्डले आजै मिटर ब्याज पीडितसँग भेट्ने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । महोत्तरीको बर्दिबासबाट १२ दिनको पैदल…
"मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारले बनायो वार्ता टोली"काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले मिटर ब्याज पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै पीडितहरूको माग छिटोभन्दा छिटो मन्त्रिपरिषद्बाट सम्बोधन गर्नुपर्ने बताएका छन् । मेयर बालेनले खुलामञ्च निषेधित क्षेत्र नभएको भन्दै माइतीघरमा आन्दोलन गर्नेहरूका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारी भने शंकास्पद भएका बताएका हुन् । मिटर ब्याज पीडितहरूलाई खुलामञ्च प्रवेशमा रोक लगाएको भन्दै आलोचना भइरहेको बेला मेयर साहले सामजिक सन्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् । बर्दिवासबाट १२ दिन पैदल हिँडेर सोमबार काठमाडौँ आइपुगेका…
"मिटर ब्याज पीडितहरूको आन्दोलनमा बालेनको ऐक्यबद्धता"काठमाडौँ । पशुपति क्षेत्रमा अतिक्रमित गरी निर्माण गरिएका संरचना हटाउन काठमाडौँ महानगरपालिकाले २४ घण्टाको अल्टिमेटम दिएको छ । महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा गरिएका अतिक्रमित संरचनाको निरीक्षण गरेपछि ती संरचना हटाउन निर्देशन सहितको अल्टिमेटम दिएको जानकारी पाएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमन अधिकारीले बताए । उनले भने, “हामीलाई औपचारिकरुपमा महानगरले जानकारी दिएको छैन, तर अतिक्रमण गरिएका संरचना हटाउन २४ घण्टाको अल्टिमेटम दिएको छ भन्ने सुन्नमा आएको छ ।” पशुपति क्षेत्र विकास कोषबाट एक रोपनी जग्गा…
"पशुपति क्षेत्रमा अतिक्रमित संरचना हटाउन महानगरको अल्टिमेटम"बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले अभियोगमा दाबी नपुग्ने भन्दै सफाइ दिएको छ । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले ऊनी विरुद्धको अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।यो फैसला संगै शाह थुनामुक्त हुने भएका छन ।अदालती प्रकृयाका कारण शाह भोलि मात्र थुनामुक्त हुने बुझिएको छ ।
"उच्च अदालतले सफाई दिए संगै पल शाह भोलि रिहा हुने ।"क्रिकेटर सन्दीप लामिछानेसँग सम्बन्धित मुद्दा सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा सुनुवाइ हुने भएको छ । यो इजलासमा सन्दीपलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्नेबारे सुनुवाइ हुँदैछ । शुक्रबार मात्रै सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सन्दीपले विदेश जान पाऊँ भन्दै दिएको निवेदन र उनलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश उल्ट्याउन माग गर्दै सरकारी वकिलको कार्यालयले दायर गरेको पुनरावलोकन निवेदनलाई एकसाथ पेस गर्न आदेश दिएको थियो ।आज यी दुवै निवेदनमाथि सुनुवाइ हुनेछ…
"सन्दीप लामिछानेसँग सम्बन्धित मुद्दा सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा सुनुवाइ हुने"लायन्स क्लब अफ काठमाडौ जर्नी र लायन्स क्लब अफ काठमाडौ ग्रीन हिलको संयुक्त आयोजनामा पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउनेहरूको सम्झनामा काठमाडौँ बौद्ध स्तुपामा दीप प्रज्वलन गरिएको छ । लायन्स क्लब डिस्ट्रीक्ट ३२५ D का गभर्नर लायन बिष्णु भाइ श्रेष्ठको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा सहभागीले दीप प्रज्वलन गरी मौन धारणा सहित दिवङ्गत भएकाहरूको आत्मा-शान्तिको कामना गरेका थिए । उक्त यती एयरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा आइतबार सेती खोचमा खसेको…
"यति विमान दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झनामा दीप प्रज्वलन"काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादवारे सर्वोच्च अदालतमा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ । लामिछानेको सांसद पदको योग्यतामाथि प्रश्न उठाउँदै दायर रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि अदालतले आजका लागि दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको थियो ।आजको सुनुवाइ रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा केन्द्रित हुनेछ ।अन्तरिम आदेश जारी भए लामिछानेको सांसद पद तत्काल रोकिन सक्छ । अन्तरिम आदेश जारी नहुँदा उनको पद यथास्थितिमै रहन्छ । लामिछानेले अमेरिकाको नागरिकता…
"गृहमन्त्रीको नागरिकताबारे सर्वोच्चमा आज सुनुवाइ हुने"पर्यटकीय नगरी पोखरामा आइतबार आयोजित विशेष समारोहमा पानसमा दिप बालेर प्रधानमन्त्री पुश्पकमल दाहाल प्रचन्डले अन्तराष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गरेका छन । उक्त समारोहमा बोल्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले स्वर्गीय रविन्द्र अधिकारीको सपना पूरा भएको बताएका छन्। उनले विमानस्थलअहिले ४–५ बजेसम्म चल्दै आएकोमा अब २४ सै घण्टा सञ्चालन गर्न सकिने बताए।विमानस्थल सञ्चालनबाट पोखरामा पर्यटन क्षेत्र उकास्न सहयोग पुग्ने बताए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए सङ्गै यति, बुद्ध, सौर्य र गुण एयरलाइन्सले उडान गरेका…
"पोखरा अन्तराष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन"




















