वसन्तुपरमा आइतबार चीर ठड्याएसंगै होली सुरु

काठमाडौं । वसन्तुपरमा आइतबार होलीको चीर ठड्याइएको छ । फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइपछि देशभर होली पर्व सुरु भएको मानिन्छ ।

एकअर्कामा रङ दलेर मनाइने होली यो वर्ष पहाडी जिल्लामा ११ चैत्र र १२ चैत्रमा तराईका जिल्लामा मनाइँदैछ ।