काभ्रपलाञ्चोक । नमोबुद्ध नगरपालिका वडा नम्बर ५ स्थित कोटतिमालमा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु भएको छ ।
आज बिहान ५९ बर्षीय धनविर परियारलाई आफ्नै श्रीमति करिब कमला परियारले लठ्ठीले टाउकोमा हानेर हत्या गरेको बताइएको छ ।
कमलाले मादक पदार्थ सेवन गरी आफ्नै घर भित्र रहेको निगालोको लठ्ठिले श्रीमानको टाउकोमा हाँन्दा उनको मृत्यु भएको विवरण जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले उपलब्ध गराएको छ ।
श्रीमति कमला परियारलाई प्रहरिले नियन्त्रणमा लिएर कोटतिमाल चौकीमा राखिएको जानकारी प्राप्त भएको छ ।











