नेपाल–भारत सीमानाका जमुनाहामा अलपत्र नेपालीलाई गन्तव्यतर्फ पठाउन सुरु

बाँके ।नेपालगञ्जमा लागेको ‘कर्फ्यू’का कारण नेपाल–भारत सीमानाका जमुनाहामा अलपत्र परेका नेपालीलाई गन्तव्यतर्फ पठाउन सुरु गरिएको छ ।
कर्फ्युका कारण सीमा क्षेत्रमा रोकिएका नेपालीलाई गन्तव्यसम्म पठाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक मीनबहादुर विष्टले बताउनुभयो ।

उहाँका अनुसार सीमा क्षेत्रमा दुई हजारको हाराहारीमा नेपाली अलपत्र अवस्थामा रहेका छन् ।उहाका अनुसार सीमा क्षेत्रमा २ हजारको हाराहारीमा नेपाली अलपत्र अवस्थामा रहेका छन् । यातायात व्यवसायीसँग समन्वय गरेर सीमा क्षेत्रमा रोकिएका सबै यात्रुलाई सुरक्षित गन्तव्यसम्म पठाउन थालिएको हो ।

जमुनाहादेखि राँझासम्म पहिलो चरणमा करिब ५ सय नेपाली पठाइएको प्रहरीले जनाएको छ । भारतबाट फर्केका नेपाली रातीदेखि नाकामा अलपत्र परेका छन् ।

नेपालगञ्जमा कर्फ्यु उल्लङ्घन नगर्नका लागि प्रहरीले माइकिङ गरिरहेको छ ।