काठमाडौं। नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी(नेसपा) बीच पार्टी एकताका लागि मंगलबार वार्ता हुने भएको छ । दुई पार्टीको वार्ता टोली छलफलमा बस्न लागेका हुन् । दुई पार्टीबीच एकता गर्न बनेको वार्ता टोेलीमा माओवादी केन्द्रका तर्फबाट संयोजक कृष्णबहादुर महरासहितका नेता छन् भने नेसपाका तर्फबाट गंगानारायण श्रेष्ठ सहितको नेता रहेका छन्। टोलीको बैठक मंगलबार दिउँसो २ बजे बस्ने तय भएको नेसपा वार्ता टोलीका संयोजक गंगानारायण श्रेष्ठले बताए । ‘हामी दुई पार्टीका वार्ता टोलीको बैठक दिउँसो…
"नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी(नेसपा) बीच पार्टी एकताका लागि मंगलबार वार्ता"Author: लोकनीति अनलाइन
लायन्स क्लब अफ काठमाडौ जर्नी र लायन्स क्लब अफ काठमाडौ ग्रीन हिलको संयुक्त आयोजनामा पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउनेहरूको सम्झनामा काठमाडौँ बौद्ध स्तुपामा दीप प्रज्वलन गरिएको छ । लायन्स क्लब डिस्ट्रीक्ट ३२५ D का गभर्नर लायन बिष्णु भाइ श्रेष्ठको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा सहभागीले दीप प्रज्वलन गरी मौन धारणा सहित दिवङ्गत भएकाहरूको आत्मा-शान्तिको कामना गरेका थिए । उक्त यती एयरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा आइतबार सेती खोचमा खसेको…
"यति विमान दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झनामा दीप प्रज्वलन"काठमाडौं । सोमबार प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो संसद सबै सांसदका लागि परीक्षाको केन्द्र भएको बताएका छन् ।प्रधानमन्त्री प्रचण्डले यो संसदले जनताका धेरै अपेक्षा पूरा गर्ने जिम्मेवारीका साथ आएको बताएका हुन् । उनले अब परम्परागत राजनीतिले मात्रै जनतामा जान नसकिने बताए । उनले भने, ‘हामीलाई जनताले सशर्त समर्थन दिएका छन् । जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौँ सक्दैनौँ त्यसैले यो संसद हाम्रो परीक्षा पनि हो। हामी निरन्तर जनताको निगरानीमा छौँ।उनले…
"केही हुँदैन भन्ने हीन भावनाका ठाउँमा गरे के हुँदैन भनेर आशा जगाउनु छ:प्रधानमन्त्री"काठमाडौं । नेपाल टेलिकमले मोबाइल नम्बरमार्फत गरिने आर्थिक कारोबारलाई थप सुरक्षित र भरपर्दो बनाउन वित्तीय संस्थाहरूलाई अनुरोध गरेको छ। ग्राहकको वित्तीय सुरक्षा प्रत्याभूतिका लागि सिम कार्डमा प्राप्त हुने ओटिपी (वन टाइम पासवर्ड)को मात्र भर नपरी टू फ्याक्टर अथेन्टिकेसन प्रणालीलाई अनिवार्य प्रयोगमा ल्याई दिन टेलिकमले अनुरोध गरेको हो। टेलिकमले सम्पूर्ण ग्राहक वर्गमा आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न तथा सिम कार्ड हराएको÷बिग्रिएको खण्डमा आफू स्वयं उपस्थित भई सिम कार्ड प्राप्त गर्न पनि अनुरोध गरेको छ।…
"सम्पूर्ण ग्राहक वर्गमा आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न टेलिकमको अनुरोध"काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादवारे सर्वोच्च अदालतमा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ । लामिछानेको सांसद पदको योग्यतामाथि प्रश्न उठाउँदै दायर रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि अदालतले आजका लागि दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको थियो ।आजको सुनुवाइ रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा केन्द्रित हुनेछ ।अन्तरिम आदेश जारी भए लामिछानेको सांसद पद तत्काल रोकिन सक्छ । अन्तरिम आदेश जारी नहुँदा उनको पद यथास्थितिमै रहन्छ । लामिछानेले अमेरिकाको नागरिकता…
"गृहमन्त्रीको नागरिकताबारे सर्वोच्चमा आज सुनुवाइ हुने"लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशसभाका सांसदलाई पद तथा गोपनीयताको शपथ गराए।शपथ ग्रहण समारोहमा लुम्बीनीका मुख्यमन्त्री कुलप्रसाद केसी, पूर्वमुख्यमन्त्री शंकर पोखरेल तथा पूर्वसभामुख पूर्णबहादुर घर्ती सहभागी थिए। लुम्बिनी प्रदेशसभाका ८७ सांसदलाई प्रदेश राजधानी रहेको राप्ती उपत्यकामा नवनिर्मित प्रदेशसभा भवनमा प्रदेशसभा सदस्यको शपथ गराइएको हो।
"लुम्बिनी प्रदेशका सांसदले लिए शपथ"पर्यटकीय नगरी पोखरामा आइतबार आयोजित विशेष समारोहमा पानसमा दिप बालेर प्रधानमन्त्री पुश्पकमल दाहाल प्रचन्डले अन्तराष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गरेका छन । उक्त समारोहमा बोल्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले स्वर्गीय रविन्द्र अधिकारीको सपना पूरा भएको बताएका छन्। उनले विमानस्थलअहिले ४–५ बजेसम्म चल्दै आएकोमा अब २४ सै घण्टा सञ्चालन गर्न सकिने बताए।विमानस्थल सञ्चालनबाट पोखरामा पर्यटन क्षेत्र उकास्न सहयोग पुग्ने बताए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए सङ्गै यति, बुद्ध, सौर्य र गुण एयरलाइन्सले उडान गरेका…
"पोखरा अन्तराष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन"नेपाली कांग्रेस वाग्मती प्रदेश सभा संसदीय दलको नेता चयनका लागी आज भएको निर्वाचनबाट बहादुरसिंह लामा निर्वाचित भएका छन् । लामाले २१ मत पाए भने उनका प्रतिद्द्वन्दी इन्द्र बानियाँले १६ मत पाए । लामा नुवाकोटको क्षेत्र २ (ख) बाट निर्वाचित सांसद हुन् । वाग्मती प्रदेशमा कांग्रेसका ३७ प्रदेश सभा सदस्य छन् ।
"नेपाली कांग्रेस वाग्मती प्रदेश सभा संसदीय दलको नेतामा इन्द्र बानियाँ पराजित"काठमाडौं। जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव सर्वसम्मत् चयन भएका छन् । संघीय परिषद् अध्यक्ष अशोक राईको नाम दलको नेतामा चर्चामा भए पनि अध्यक्ष यादबको रुचि नभएपछि उनलाइ पन्छाउन रामसहाय प्रसादलाई अघि बढाएका बुझिएको छ पार्टी अध्यक्ष उपेन्द्र यादवकै निर्देशनमा सांसदहरुले यादवलाई दलको नेतामा सर्वसम्मत् चयन गरेका हुन् ।
"जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव सर्वसम्मत"काठमाडौं। सरकारमा जाने वा नजानेबारे सुझाव लिन नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा अध्यक्ष माधव नेपाल सहितका नेताहरुको भर्चुअल बैठक सुरु भएको छ । केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरु समेत अनलाइनमार्फत बैठकमा जोडिएका छन्। । पार्टीमा सबैको राय बुझेर निर्णय लिने तयारीमा माधव नेपाल छन्।
"नेकपा एकीकृत समाजवादीको सरकारमा जाने वा नजानेबारे सुझाव लिन भर्चुअल बैठक सुरु"



















