यति विमान दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झनामा दीप प्रज्वलन

लायन्स क्लब अफ काठमाडौ जर्नी र लायन्स क्लब अफ काठमाडौ ग्रीन हिलको संयुक्त आयोजनामा पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउनेहरूको सम्झनामा काठमाडौँ बौद्ध स्तुपामा दीप प्रज्वलन गरिएको छ ।

लायन्स क्लब डिस्ट्रीक्ट ३२५ D का गभर्नर लायन बिष्णु भाइ श्रेष्ठको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा सहभागीले दीप प्रज्वलन गरी मौन धारणा सहित दिवङ्गत भएकाहरूको आत्मा-शान्तिको कामना गरेका थिए ।

उक्त यती एयरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा आइतबार सेती खोचमा खसेको थियो । त्यस दुर्घटनामा विमानमा सवार ७१ जनाको मृत्यु भएको थियो ।एक जनाको अहिले सम्म खोजी जारी छ ।