काठमाडौं । नेपालको नवगठित सरकारलाई बधाई दिँदै जनवादी गणतन्त्र चीनको विदेश मामिला मन्त्रालयले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआई) लगायतका रणनीतिक विषयहरूमा समन्वय र सहकार्यको अपेक्षा गरेको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सोमबार मन्त्रालयका प्रवक्ता माओ निङले नेपालसँगको लामो मित्रतापूर्ण सहकार्य जारी राख्ने बताइन् । “लामो समयको नेपाल–चीन सम्बन्धलाई हामी महत्वका साथ हेर्छौं । हामी नयाँ नेतृत्वको सरकारसँग मित्रतापूर्ण सम्बन्ध र सहकार्य गर्छौं”, प्रवक्ता निङले भनेकी छन् । नेपालमा शान्तिपूर्ण र सफलरूपमा…
"हामी नयाँ नेतृत्वको सरकारसँग मित्रतापूर्ण सम्बन्ध र सहकार्य गर्छौ :जनवादी गणतन्त्र चीन"Author: लोकनीति अनलाइन
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री निवास बालुवाटारबाट निस्किए लगत्तै पदाधिकारी बैठक बोलाएर आन्तरिक छलफल सुरु गरेका छन् । पार्टी केन्द्रीय कार्यालयमा उपलब्ध पदाधिकारिहरुको बैठक सुरु भएको बताइएको छ । बैठकमा माधवकुमार नेपालसहित , राजेन्द्र पाण्डे, बेदुराम भुसाल,प्रकाश ज्वाला, किसान श्रेष्ठ, मेटमणि चौधरी, विजय पौडेल लगायत नेताहरू सहभागी रहेको बुझिएको छ । कांग्रेस नेतृत्वको सत्ता गठबन्धनको सरकारमा सहभागी हुने तयारीमा रहेको एकीकृत समाजवादी गठबन्धन टुटेसँगै आन्तरिक छलफलमा जुटेको हो।
"नेकपा एकीकृत समाजवादीका नेता आन्तरिक छलफलमा"नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा चहलपहल बढेको छ । सरकार निर्माणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा सकिन लागेसङ्गै चहलपहल बढेको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जसपाका संघीय परिषद् अध्यक्ष अशोक राई, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन ओलीसँग छलफलका लागि बालकोट पुगेका छन् । छलफलका लागि एमालेका उपमहासचिव विष्णु रिमाल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकाललगायतका…
"बालुवाटारको चहलपहल बालकोट सर्यो"नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सत्ता समीकरणको छलफलका लागि ओली निवास बालकोट पुगेका छन् । कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै नछाड्ने अडान दोहोय्रापछी‘गठबन्धन संकट उन्मुख भएको सन्देश दिदै प्रचण्ड’ बालुवाटारबाट बाहिरिएका हुन । राष्ट्रपतिले सरकार गठनका लागि दिएको समय आजै पाँच बजे सकिँदैछ ।
"प्रचण्ड पुगे ओली निवास बालकोट"काठमाडौं। बुटवल पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । यस कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैंठकले आर्थिक वर्ष २०७८र०७९को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुका लागी १२।५० लाभांश वितरण गर्ने भएको छ । कम्पनीको वार्षिक साधारण सभामा प्रस्तावहरु पेस गर्ने निर्णय गरेको छ । सभा, कार्की ब्याङ्क्वेट, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।समितिको बैंठकले ५ प्रतिशत बोनस सेयर र ७।५ प्रतिशत नगद लाभांश कर सहित लगानीकर्ताहरुलाइ उक्त बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।सभा…
"बुटवल पावर कम्पनी लिमिटेडले १२.५ % लाभांश वितरण गर्ने"काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न नेता सिंह शुक्रबार बिहान प्रचण्ड निवास पुगेका थिए । दुई नेताबीच सरकार गठनको विषयलाई लिएर कुराकानी भएको थियो । नेता सिंहका सहयोगी युपी लामिछानेका अनुसार संसद्को ठूलो दल भएकाले पहिलो चरणमा कांग्रेसलाई सरकारको नेतृत्व गर्न प्रचण्डसँग प्रस्ताव गरेका थिए । तर, जवाफमा प्रचण्डले कुनै पनि हालत पहिले आफूले प्रधानमन्त्री पाउनुपर्ने अडान राखेका…
"सरकार गठनको विषयलाई लिएर प्रचण्ड र सिंह बीच भेटवार्ता"काठमाडौं । सुनको मूल्य नेपाली बजारमा शुक्रबार प्रतितोला एक हजार २०० रुपैयाँले घटेकोे छ । घटेसँगै छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३०० रुपैयाँ तोकिएको छ । बिहीबार प्रतितोला एक लाख एक हजार ५०० रुपैयाँमा नेपाली बजारमा कारोबार भएको थियोे । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबार तेजावी सुनको मूल्य ९९ हजार ८०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन तेजावी सुनको भाउ तोलाको १ लाख १ हजार रुपैयाँ निर्धारण भएको थियो
"सुनको मूल्य १२०० रुपैयाँ घट्यो"दुईजनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भई १९ वर्षदेखि नेपालको केन्द्रिय कारागार सुन्धारामा रहेका कुख्यात अपराधी फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई आज अध्यागमनमा बुझाइँदै छ। शोभराजलाई सर्वोच्चले ज्येष्ठ नागरिकले पाउने कैद छुट दिएपछि ९ महिना कैद मिनाहा दिएको हो। अमेरिकी नागरिकको हत्या प्रकरणमा १९ वर्ष लामो सजाय काटिसकेका शोभराजको उमेर ७७ वर्ष नाघिसकेकाले सर्वोच्च अदालतले उनको ७५ प्रतिशत सजाय माफी मिनाह हुने आदेश गरेको थियो। सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद…
"शोभराज आज रिहा हुने"काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा पार्टी अध्यक्ष समेत रहेका रवि लामिछाने चयन भएका छन्। संसदीय दलको बैठकमा अध्यक्ष लामिछानेलाई दलको नेतामा गरिएको प्रस्ताव अनुमोदन भएको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए। राजनीतिक दलसम्बन्धी ऐनको दफा २४ मा निर्वाचित प्रतिनिधि सभा सदस्यबाट संसदीय दल गठन गर्ने प्रावधान राखेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ १३ सिट गरी कूल २० सिट प्राप्त गरेको छ।।
"राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा पार्टी अध्यक्ष रवि लामिछाने"निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचित सांसदहरूलाई आज प्रमाणपत्र वितरण गरेको छ । आयोगको कान्तिपथस्थित परिसरमा आयोजित समारोहमा माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलियाले निर्वाचित सांसदहरूलाई खादा लगाएर बधाई ज्ञापन गर्नुभयो भने उक्त प्रणालीका मुख्य निर्वाचन अधिकृत एवं आयोगका सचिव श्री गोकर्णमणि दुवाडीले प्रतिनिधि सभा र सातै प्रदेशका प्रदेश सभामा विभिन्न राजनीतिक दलका तर्फबाट निर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण गर्नुभयो …
"समानुपातिकतर्फका निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण"




















