काठमाडौं । पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघकी ज्योति पनेरु विजयी भएका छन् । उनले अखिल क्रान्तिकारीका त्रिसना आले मगरलाई पराजित गरेका हुन् । नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका विष्णु ढुंगेल निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धन (नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियू) का संयुक्त उम्मेदवार ढुंगेलले एमाले निकट अनेरास्ववियुका उम्मेदवार कैलाश तामाङलाई पराजित गरेका हुन् ।गठबन्धनको तर्फबाट अखिल क्रान्तिकारीले सभापति र नेविसंघले सचिव पद लिएर तालमेल भएको थियो ।
"पद्मकन्या क्याम्पसमा ज्योति पनेरु र नेपाल ल क्याम्पसमा विष्णु ढुंगेल निर्वाचित"Author: लोकनीति अनलाइन
सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुरुप प्रधानमन्त्रीपुष्पकमल दाहालले प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने बैठकबाट दोस्रो पटक विश्वासको मत लिँदै छन्। राष्ट्रपति र उपराष्ट्रपति चयनका सन्दर्भमा अघिल्लो गठबन्धनबीच मतैक्यता हुन नसकेपछि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्रीलाई विश्वासको मत लिनुपर्ने परिस्थिति सिर्जना भएको थियो।सत्ता समिकरण बदलिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज दोस्रो पटक विश्वासको मत लिँदै छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल गत…
"प्रधानमन्त्री पुष्पकमल दाहालले आज दिउँसो १ बजे दोस्रो पटक विश्वासको मत लिँदै"काठमाडौँ । निजामती कर्मचारी अस्पतालका कर्मचारीहरुले कार्यकारी निर्देशकको राजिनामा सहितका माग राखेर आन्दोलन सुरु गरेकाछन् । अस्पतालले केहिदिन अघि बिभिन्न पदका लागि ३ सय ५० भन्दा बढी संख्यामा कर्मचारी माग गरेपछि अस्पताल ब्यवस्थापन पक्ष र कार्यरत कर्मचारीहरु वीच विवाद उत्पन्न भएको थियो ।असन्तुष्ट चिकित्सक, कर्मचारीहरुले अस्पतालका कार्यकारी निर्देशक डा विधाननीधि पौडेलको राजिनामा मागेका हुन् । अस्पताल ब्यवस्थापनले एकलौटी ढंगबाट कर्मचारी भर्ना गर्न खोजेको कर्मचारीहरुको आरोप छ । बर्षौदेखि कार्यरत कर्मचारीको हित र मर्म विपरित ब्यवस्थापन एकलौटी…
"निजामती कर्मचारी अस्पतालका कर्मचारीहरु आन्दोलित ।"स्थनिय निकायले आर्थिक सहयोग रोक्का गरेपछि ब्रह्मायणी मन्दिरमा लिच्छविकाल देखि सञ्चालन हुँदै आएको फागुजात्रा समस्यामा परेको छ। काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिकास्थित यस मन्दिरमा बर्सेनि फागुजात्रा सञ्चालन गर्न पञ्चायतकालदेखि राज्यले आर्थिक सहयोग उपलब्ध गराउन थालेको हो। पालिकाले रकम उपलब्ध गराउन नमिल्ने भन्दै एक्कासि सञ्चालन खर्च रोक्का गर्ने निर्णय गरेको छ। पञ्चायतकालमा २० हजार रुपियाँ जात्रा खर्च उपलब्ध गराउने गरिएकोमा वृद्धि हुँदै गत वर्ष ९७ हजार रुपियाँ उपलब्ध गराइएको थियो। मण्डनदेउपुरका नगरप्रमुख टोकबहादुर वाइबासँग स्थानीयले सहयोग माग्न जाँदा…
"स्थनिय निकायले आर्थिक सहयोग रोक्का गरेपछि मन्डनदेउपुरको फागुजात्रा समस्यामा"काठमाडौँ । पशुपति क्षेत्रमा अतिक्रमित गरी निर्माण गरिएका संरचना हटाउन काठमाडौँ महानगरपालिकाले २४ घण्टाको अल्टिमेटम दिएको छ । महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा गरिएका अतिक्रमित संरचनाको निरीक्षण गरेपछि ती संरचना हटाउन निर्देशन सहितको अल्टिमेटम दिएको जानकारी पाएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमन अधिकारीले बताए । उनले भने, “हामीलाई औपचारिकरुपमा महानगरले जानकारी दिएको छैन, तर अतिक्रमण गरिएका संरचना हटाउन २४ घण्टाको अल्टिमेटम दिएको छ भन्ने सुन्नमा आएको छ ।” पशुपति क्षेत्र विकास कोषबाट एक रोपनी जग्गा…
"पशुपति क्षेत्रमा अतिक्रमित संरचना हटाउन महानगरको अल्टिमेटम"बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले अभियोगमा दाबी नपुग्ने भन्दै सफाइ दिएको छ । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले ऊनी विरुद्धको अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।यो फैसला संगै शाह थुनामुक्त हुने भएका छन ।अदालती प्रकृयाका कारण शाह भोलि मात्र थुनामुक्त हुने बुझिएको छ ।
"उच्च अदालतले सफाई दिए संगै पल शाह भोलि रिहा हुने ।"क्रिकेटर सन्दीप लामिछानेसँग सम्बन्धित मुद्दा सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा सुनुवाइ हुने भएको छ । यो इजलासमा सन्दीपलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्नेबारे सुनुवाइ हुँदैछ । शुक्रबार मात्रै सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सन्दीपले विदेश जान पाऊँ भन्दै दिएको निवेदन र उनलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश उल्ट्याउन माग गर्दै सरकारी वकिलको कार्यालयले दायर गरेको पुनरावलोकन निवेदनलाई एकसाथ पेस गर्न आदेश दिएको थियो ।आज यी दुवै निवेदनमाथि सुनुवाइ हुनेछ…
"सन्दीप लामिछानेसँग सम्बन्धित मुद्दा सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा सुनुवाइ हुने"काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आज भएको खेलमा नेपालले स्कटल्याण्डमाथि रोमाञ्चक जित निकालेको छ। नेपालले आज भएको खेलमा २ विकेटको जितसँगै सिरिज क्लिन स्वीप गरेको हो। नेपालको धराशायी भइसकेको इनिङलाई कप्तान रोहित पौडेल र करण केसीले सम्हालेका थिए। यससँगै आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो चौथो खेलमा पनि नेपालले स्कटल्यान्डमाथि २ विकेटको जित हासिल गरेको हो । स्कटल्याण्डले दिएको २१३ रनको लक्ष्य नेपालले ४४.१ ओभरमा ८ विकेटको क्षतिमा हासिल…
"नेपालको स्कटल्याण्डमाथि रोमाञ्चक जित !"
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनका लागि अन्य राजनीतिक दलहरुसँग पनि छलफल गरेर अघि बढ्ने:नेपाली काँग्रेस
काठमाडौं । नेपाली काँग्रेसको संसदीय दलको कार्यसमिति बैठकले राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचनका लागि अन्य राजनीतिक दलहरुसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बिहीबार बसेको संसदीय दल कार्य समिति बैठकले यस्तो निर्णय गरेको हो ।उपाध्यक्षमा उम्मेदवार दिने र अन्य दलसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय भएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । त्यस्तै कार्य समिति बैठकले माघ २६ गते संसदीय दलको बैठक बोलाउने निर्णय गरेको छ ।संसद…
"राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनका लागि अन्य राजनीतिक दलहरुसँग पनि छलफल गरेर अघि बढ्ने:नेपाली काँग्रेस"काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपा सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाउन अदालतको पूर्णपाठ नचाहिने बताएका छन्।विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै भने उनले यस्तो दाबी गरेका हुन्। उनले भने, ‘किन चाहियो पूर्णपाठ ? कण्ठ गर्ने हो र पूर्णपाठ ? किन चाहियो पूर्णपाठ ?’ ओलीले उनले यही विषयले गठबन्धनमा संकट आउला जस्तो नलागेको बताए। उनले भने, ‘कुन कुन पार्टीले के-के लिन सहमति पहिल्यै भएको हो। त्यही अनुसार जानुपर्छ। रास्वपाले पनि आफूले पाउनुपर्ने कुरा दिनुपर्छ। छलफल…
"रवि लामिछानेलाई गृहमन्त्री बनाउन अदालतको पूर्णपाठ चाहिदैन: केपी शर्मा ओली"



















