नेपाली कांग्रेस वाग्मती प्रदेश सभा संसदीय दलको नेतामा इन्द्र बानियाँ पराजित

नेपाली कांग्रेस वाग्मती प्रदेश सभा संसदीय दलको नेता चयनका लागी आज भएको निर्वाचनबाट बहादुरसिंह लामा निर्वाचित भएका छन् ।

लामाले २१ मत पाए भने उनका प्रतिद्द्वन्दी इन्द्र बानियाँले १६ मत पाए । लामा नुवाकोटको क्षेत्र २ (ख) बाट निर्वाचित सांसद हुन् । वाग्मती प्रदेशमा कांग्रेसका ३७ प्रदेश सभा सदस्य छन् ।