गृहमन्त्रीको नागरिकताबारे सर्वोच्चमा आज सुनुवाइ हुने

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादवारे सर्वोच्च अदालतमा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ । लामिछानेको सांसद पदको योग्यतामाथि प्रश्न उठाउँदै दायर रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि अदालतले आजका लागि दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको थियो ।आजको सुनुवाइ रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा केन्द्रित हुनेछ ।अन्तरिम आदेश जारी भए लामिछानेको सांसद पद तत्काल रोकिन सक्छ । अन्तरिम आदेश जारी नहुँदा उनको पद यथास्थितिमै रहन्छ । लामिछानेले अमेरिकाको नागरिकता…

"गृहमन्त्रीको नागरिकताबारे सर्वोच्चमा आज सुनुवाइ हुने"

लुम्बिनी प्रदेशका सांसदले लिए शपथ

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशसभाका सांसदलाई पद तथा गोपनीयताको शपथ गराए।शपथ ग्रहण समारोहमा लुम्बीनीका मुख्यमन्त्री कुलप्रसाद केसी, पूर्वमुख्यमन्त्री शंकर पोखरेल तथा पूर्वसभामुख पूर्णबहादुर घर्ती सहभागी थिए। लुम्बिनी प्रदेशसभाका ८७ सांसदलाई प्रदेश राजधानी रहेको राप्ती उपत्यकामा नवनिर्मित प्रदेशसभा भवनमा प्रदेशसभा सदस्यको शपथ गराइएको हो।

"लुम्बिनी प्रदेशका सांसदले लिए शपथ"

पोखरा अन्तराष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन

पर्यटकीय नगरी पोखरामा आइतबार आयोजित विशेष समारोहमा पानसमा दिप बालेर प्रधानमन्त्री पुश्पकमल दाहाल प्रचन्डले अन्तराष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गरेका छन । उक्त समारोहमा बोल्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले स्वर्गीय रविन्द्र अधिकारीको सपना पूरा भएको बताएका छन्। उनले विमानस्थलअहिले ४–५ बजेसम्म चल्दै आएकोमा अब २४ सै घण्टा सञ्चालन गर्न सकिने बताए।विमानस्थल सञ्चालनबाट पोखरामा पर्यटन क्षेत्र उकास्न सहयोग पुग्ने बताए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए सङ्गै यति, बुद्ध, सौर्य र गुण एयरलाइन्सले उडान गरेका…

"पोखरा अन्तराष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन"

नेपाली कांग्रेस वाग्मती प्रदेश सभा संसदीय दलको नेतामा इन्द्र बानियाँ पराजित

नेपाली कांग्रेस वाग्मती प्रदेश सभा संसदीय दलको नेता चयनका लागी आज भएको निर्वाचनबाट बहादुरसिंह लामा निर्वाचित भएका छन् । लामाले २१ मत पाए भने उनका प्रतिद्द्वन्दी इन्द्र बानियाँले १६ मत पाए । लामा नुवाकोटको क्षेत्र २ (ख) बाट निर्वाचित सांसद हुन् । वाग्मती प्रदेशमा कांग्रेसका ३७ प्रदेश सभा सदस्य छन् ।

"नेपाली कांग्रेस वाग्मती प्रदेश सभा संसदीय दलको नेतामा इन्द्र बानियाँ पराजित"

जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव सर्वसम्मत

काठमाडौं। जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव सर्वसम्मत् चयन भएका छन् । संघीय परिषद् अध्यक्ष अशोक राईको नाम दलको नेतामा चर्चामा भए पनि अध्यक्ष यादबको रुचि नभएपछि उनलाइ पन्छाउन रामसहाय प्रसादलाई अघि बढाएका बुझिएको छ पार्टी अध्यक्ष उपेन्द्र यादवकै निर्देशनमा सांसदहरुले यादवलाई दलको नेतामा सर्वसम्मत् चयन गरेका हुन् ।

"जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव सर्वसम्मत"

नेकपा एकीकृत समाजवादीको सरकारमा जाने वा नजानेबारे सुझाव लिन भर्चुअल बैठक सुरु

काठमाडौं। सरकारमा जाने वा नजानेबारे सुझाव लिन नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा अध्यक्ष माधव नेपाल सहितका नेताहरुको भर्चुअल बैठक सुरु भएको छ । केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरु समेत अनलाइनमार्फत बैठकमा जोडिएका छन्। । पार्टीमा सबैको राय बुझेर निर्णय लिने तयारीमा माधव नेपाल छन्।

"नेकपा एकीकृत समाजवादीको सरकारमा जाने वा नजानेबारे सुझाव लिन भर्चुअल बैठक सुरु"

हामी नयाँ नेतृत्वको सरकारसँग मित्रतापूर्ण सम्बन्ध र सहकार्य गर्छौ :जनवादी गणतन्त्र चीन

काठमाडौं । नेपालको नवगठित सरकारलाई बधाई दिँदै जनवादी गणतन्त्र चीनको विदेश मामिला मन्त्रालयले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआई) लगायतका रणनीतिक विषयहरूमा समन्वय र सहकार्यको अपेक्षा गरेको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सोमबार मन्त्रालयका प्रवक्ता माओ निङले नेपालसँगको लामो मित्रतापूर्ण सहकार्य जारी राख्ने बताइन् । “लामो समयको नेपाल–चीन सम्बन्धलाई हामी महत्वका साथ हेर्छौं । हामी नयाँ नेतृत्वको सरकारसँग मित्रतापूर्ण सम्बन्ध र सहकार्य गर्छौं”, प्रवक्ता निङले भनेकी छन् । नेपालमा शान्तिपूर्ण र सफलरूपमा…

"हामी नयाँ नेतृत्वको सरकारसँग मित्रतापूर्ण सम्बन्ध र सहकार्य गर्छौ :जनवादी गणतन्त्र चीन"

नेकपा एकीकृत समाजवादीका नेता आन्तरिक छलफलमा

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री निवास बालुवाटारबाट निस्किए लगत्तै पदाधिकारी बैठक बोलाएर आन्तरिक छलफल सुरु गरेका छन् । पार्टी केन्द्रीय कार्यालयमा उपलब्ध पदाधिकारिहरुको बैठक सुरु भएको बताइएको छ । बैठकमा माधवकुमार नेपालसहित , राजेन्द्र पाण्डे, बेदुराम भुसाल,प्रकाश ज्वाला, किसान श्रेष्ठ, मेटमणि चौधरी, विजय पौडेल लगायत नेताहरू सहभागी रहेको बुझिएको छ । कांग्रेस नेतृत्वको सत्ता गठबन्धनको सरकारमा सहभागी हुने तयारीमा रहेको एकीकृत समाजवादी गठबन्धन टुटेसँगै आन्तरिक छलफलमा जुटेको हो।

"नेकपा एकीकृत समाजवादीका नेता आन्तरिक छलफलमा"

बालुवाटारको चहलपहल बालकोट सर्यो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा चहलपहल बढेको छ । सरकार निर्माणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा सकिन लागेसङ्गै चहलपहल बढेको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जसपाका संघीय परिषद् अध्यक्ष अशोक राई, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन ओलीसँग छलफलका लागि बालकोट पुगेका छन् । छलफलका लागि एमालेका उपमहासचिव विष्णु रिमाल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकाललगायतका…

"बालुवाटारको चहलपहल बालकोट सर्यो"

प्रचण्ड पुगे ओली निवास बालकोट

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सत्ता समीकरणको छलफलका लागि ओली निवास बालकोट पुगेका छन् । कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै नछाड्ने अडान दोहोय्रापछी‘गठबन्धन संकट उन्मुख भएको सन्देश दिदै प्रचण्ड’ बालुवाटारबाट बाहिरिएका हुन । राष्ट्रपतिले सरकार गठनका लागि दिएको समय आजै पाँच बजे सकिँदैछ ।

"प्रचण्ड पुगे ओली निवास बालकोट"