विश्वकप अर्जेन्टिना भर्सेस क्रोएशियाको पहिलो सेमिफाइनल खेल।

विश्वकप फुटबलको पहिलो सेमिफाइनल खेल आज हुँदै छ। नेपाली समय अनुसार राति पौने १ बजे  क्रोएसिया र अर्जेन्टिनाबीच सेमिफाइनल खेल हुने छ। आजको विजेता फाइनल पुग्ने छ भने पराजित हुने टिमले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्दै छ। क्रोएसियाले यो वर्ष पनि उत्कृष्ट प्रदर्शन गरेको छ। क्रोएसियाले २०१८ को विश्वकपमा फ्रान्ससँग फाइनल खेलेको थियो। अर्जेन्टिना भने पहिलो खेलमा साउदी अरेबियासँग पराजित हुँदै प्रतियोगिताको सुरुआत गरेको टिम हो। त्यसपछि खेलमा कमब्याक गर्न सफल पनि भयो। अर्जेन्टिनाले क्वाटरफाइनलमा…

"विश्वकप अर्जेन्टिना भर्सेस क्रोएशियाको पहिलो सेमिफाइनल खेल।"

निर्वाचन आयोगले नेकपा एमालेलाई समानुपातिक सांसदको नाम छनोटमा पुनः मौका दिने

काठमाडौं। निर्वाचन आयोगले नेकपा एमालेलाई समानुपातिक सांसदको नाम छनोटमा पुनः मौका दिने भएको छ। १ नम्बर प्रदेश र मधेश प्रदेशमा क्लस्टर र क्रम नमिलेको भन्दै आयोगले सच्याउन सोमबार ४ बजेसम्मको समय दिएको हो। तर एमालेले पुरानै सूचीलाई कायम गर्न अयोगलाई पत्राचार गरेपछि नसच्याए सांसद विजयी भएको घोषणा नगर्ने चेतावनी दिएको हो। एमालेले उम्मेदवारको नामावली नेपालको संविधान, प्रचलित कानुन तथा समानुपातिकतर्फको उम्मेदवारको बन्दसूचीको क्रम अनुरूप रहेकाले उक्त पेस गरेको नामावली यथावत् कायम गरिदिन आयोगलाई पत्र पठाएको थियो…

"निर्वाचन आयोगले नेकपा एमालेलाई समानुपातिक सांसदको नाम छनोटमा पुनः मौका दिने"

देश र जनताका बीचमा चुनावमा गरेका वाचा यति चाँडै किन भुलेको ? :डा. भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले ‘जुनसुकै अदालतमा विचाराधीन रहेका’ मुद्दा फिर्ता लिन सक्ने गरी अध्यादेश ल्याई कानूनी व्यवस्था गर्ने निर्णाय गर्नु कुशासन बढाउने स्वेच्छाचारी काम भएको टिप्पणी गरेका छन् । सोमबार सामाजिक संजालमार्फत रावलले सरकारको यो कदमले देश कानुन विधिको शासन भन्दा पनि केही व्यक्तिको स्वार्थले चलेको स्पष्ट भएको बताएका हुन् । उनले भनेका छन्, ‘फौजदारी कार्यविधि (संहिता) मा रहेको जिल्ला अदालतमा विचाराधीन मुद्दा मात्रै सरकारले फिर्ता लिन सक्ने व्यवस्थामा संशोधन गरी…

"देश र जनताका बीचमा चुनावमा गरेका वाचा यति चाँडै किन भुलेको ? :डा. भीम रावल"

विश्वकप फुटबलमा मंगलबार शीर्ष १६ का अन्तिम दुई खेल

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा मंगलबार शीर्ष १६ का अन्तिम दुई खेल हुँदै छन् । पहिलो खृलमा मोरक्को र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । एजुकेसन सिटी स्टेडियममा हुने मोरक्को र स्पेनबीचको खेल नेपाली समय अनुसार राति पौने नौ बजजे सुरु हुनेछ । दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् । मोरक्को समूह एफको विजेता र स्पेन समूह ईको उपविजेता बन्दै नकआउट चरणमा भेट गरेको हुन् । अर्को खेलमा पोर्चुगल र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा…

"विश्वकप फुटबलमा मंगलबार शीर्ष १६ का अन्तिम दुई खेल"

प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा.शशांक कोइरालाबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा.शशांक कोइरालाबीच भेटवार्ता भएको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास भेटवार्ता भएको हो । भेटमा देउवा र कोइरालाले एक अर्कालाई बधाई ज्ञापन गर्नुका साथै चुनावी परिणाम र सरकार गठनका विषयमा कुराकानी गरेका थिए । भेटमा सभापति देउवाले कोइरालालाई पार्टीको संसदीय दलमा आफूलाई सघाउन आग्रह गरेका छन् । देउवाले भने,‘तपाईं के गर्नुहुन्छ ? संसदीय दलको नेता म लड्दैछु, मलाई सघाउनुहोला ।’ कोइरालाले त्यसबारे सल्लाह गरौँला…

"प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा.शशांक कोइरालाबीच भेटवार्ता"

नेकपा एसका अध्यक्ष नेपाल रौतहट–१ वाट विजयी

सत्तारुढ गठबन्धनको एक घटक एकीकृत समाजवादीका अध्यक्ष नेपालले नेकपा एमालेका अजय गुप्तालाई पराजित गर्दै प्रतिनिधिसभामा आफ्नो सिट सुरक्षित गरेका हुन् । रौतहटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट नेपालले ३३ हजार ५सय २२ मत प्राप्त गर्दै नेपालले जित हात पारेका हुन् । नेपालले गुप्तालाई ६ हजार ६ सयको मतान्तरले पराजित गरेका छन् । एमालेका अजयले २६ हजार ९सय २२ मत प्राप्त गरेका हुन् ।राष्ट्रिय राजनीतिमा निकै चर्चाकासाथ यस क्षेत्रलाई हेरिएकाे थियाे ।

"नेकपा एसका अध्यक्ष नेपाल रौतहट–१ वाट विजयी"

चितवन-२ मा रवि लामिछाने भारी मतान्तर सहित विजयी

चितवन — नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने चितवन२ बाट भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । लामिछानेले ४९ हजार २६१ मत ल्याउँदा उनका निकटतम् प्रतिनिधि सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार रहेका उमेश श्रेष्ठको १५ हजार ९९ मत आएको छ । तर यसलाई निर्वाचन कार्यालयले आधिकारिक घोषणा गर्न बाँकी नै छ । लामिछाने ३४ हजार १ सय ७० मतान्तर कायम गर्दै विजयी भएका छन् । एमाले उम्मेदवार कृष्णभक्त पखरेलको १४ हजार ६४९ मत आएको छ । कृष्णभक्त पोखरेल…

"चितवन-२ मा रवि लामिछाने भारी मतान्तर सहित विजयी"

अर्को सूचना प्रकाशित नभएसम्मका लागि अनलाइन आवेदन लिने प्रणाली बन्द ।

काठमाडौं। सरकारले आगामी १ मंसिरदेखि लाइसेन्स अनलाइन आवेदन लिने प्रणाली बन्द गर्ने भएको हो ।यातायात व्यवस्था विभागले सूचना जारी गरेर लाइसेन्स अनलाइन आवेदन प्रणाली अनिश्चितकालका लागि बन्द हुने जनाएको हो । अर्को सूचना प्रकाशित नभएसम्मका लागि यो प्रणाली बन्द हुने जनाएको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विभागबाट कर्मचारी खटिनुपर्ने भएकाले सेवा रोक्नुपरेको विभागले जनाएको छ ।। नवीकरणका लागि आवेदन दिएकाले समेत लामो समयसम्म लाइसेन्स पाउन कुर्नुपर्ने अवस्था छ । विभागले…

"अर्को सूचना प्रकाशित नभएसम्मका लागि अनलाइन आवेदन लिने प्रणाली बन्द ।"