काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न नेता सिंह शुक्रबार बिहान प्रचण्ड निवास पुगेका थिए । दुई नेताबीच सरकार गठनको विषयलाई लिएर कुराकानी भएको थियो । नेता सिंहका सहयोगी युपी लामिछानेका अनुसार संसद्को ठूलो दल भएकाले पहिलो चरणमा कांग्रेसलाई सरकारको नेतृत्व गर्न प्रचण्डसँग प्रस्ताव गरेका थिए । तर, जवाफमा प्रचण्डले कुनै पनि हालत पहिले आफूले प्रधानमन्त्री पाउनुपर्ने अडान राखेका…
"सरकार गठनको विषयलाई लिएर प्रचण्ड र सिंह बीच भेटवार्ता"Category: मुख्य समाचार
काठमाडौं । सुनको मूल्य नेपाली बजारमा शुक्रबार प्रतितोला एक हजार २०० रुपैयाँले घटेकोे छ । घटेसँगै छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३०० रुपैयाँ तोकिएको छ । बिहीबार प्रतितोला एक लाख एक हजार ५०० रुपैयाँमा नेपाली बजारमा कारोबार भएको थियोे । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबार तेजावी सुनको मूल्य ९९ हजार ८०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन तेजावी सुनको भाउ तोलाको १ लाख १ हजार रुपैयाँ निर्धारण भएको थियो
"सुनको मूल्य १२०० रुपैयाँ घट्यो"दुईजनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भई १९ वर्षदेखि नेपालको केन्द्रिय कारागार सुन्धारामा रहेका कुख्यात अपराधी फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई आज अध्यागमनमा बुझाइँदै छ। शोभराजलाई सर्वोच्चले ज्येष्ठ नागरिकले पाउने कैद छुट दिएपछि ९ महिना कैद मिनाहा दिएको हो। अमेरिकी नागरिकको हत्या प्रकरणमा १९ वर्ष लामो सजाय काटिसकेका शोभराजको उमेर ७७ वर्ष नाघिसकेकाले सर्वोच्च अदालतले उनको ७५ प्रतिशत सजाय माफी मिनाह हुने आदेश गरेको थियो। सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद…
"शोभराज आज रिहा हुने"काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा पार्टी अध्यक्ष समेत रहेका रवि लामिछाने चयन भएका छन्। संसदीय दलको बैठकमा अध्यक्ष लामिछानेलाई दलको नेतामा गरिएको प्रस्ताव अनुमोदन भएको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए। राजनीतिक दलसम्बन्धी ऐनको दफा २४ मा निर्वाचित प्रतिनिधि सभा सदस्यबाट संसदीय दल गठन गर्ने प्रावधान राखेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ १३ सिट गरी कूल २० सिट प्राप्त गरेको छ।।
"राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा पार्टी अध्यक्ष रवि लामिछाने"निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचित सांसदहरूलाई आज प्रमाणपत्र वितरण गरेको छ । आयोगको कान्तिपथस्थित परिसरमा आयोजित समारोहमा माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलियाले निर्वाचित सांसदहरूलाई खादा लगाएर बधाई ज्ञापन गर्नुभयो भने उक्त प्रणालीका मुख्य निर्वाचन अधिकृत एवं आयोगका सचिव श्री गोकर्णमणि दुवाडीले प्रतिनिधि सभा र सातै प्रदेशका प्रदेश सभामा विभिन्न राजनीतिक दलका तर्फबाट निर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण गर्नुभयो …
"समानुपातिकतर्फका निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण"नेपाली कांग्रेस कार्यसम्पादन समिति बैठक सुरु भएको छ ।समितिको बैठक निर्धारित समयभन्दा करिब एक घण्टा ढिला सुरु भएको छ । कार्यसम्पादन समितिअघि दुबै पक्ष बसेर भोली वा पर्सी हुने संसदीय दलको निर्वाचनका लागि बनाइने निर्वाचन समितिमा सहमती जुटाएको बुझिएको छ । सहमहामन्त्री भिष्मराज आङदेम्बेको नेतृत्वमा निर्वाचन समिति बनाइने र समितिमा केन्द्रीय सदस्यहरु पुष्पा भुसाल र प्रकाश स्नेही रसाइली सदस्य रहने छन् ।केही बेरमा औपचारिक रुपमा कार्यसम्पादन समितिले निर्णय गर्ने बुझिएको छ ।
"कांग्रेसले सहमहामन्त्री भिष्मराज आङदेम्बेको नेतृत्वमा निर्वाचन समिति बनायो"काठमाडौं। सरकारले पेट्रोलियम पदार्थको ढुवानी भाडा १० प्रतिशतले वृद्धि गरेको छ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल भित्रका १७ र नेपाल बाहिरका ५ वटा रुटमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर र ट्रकको भाडा वृद्धि गरेको हो।नेपाल आयल निगमका अनुसार सरकारले कात्तिकको अन्तिम सातातर्फ पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा वृद्धि गरेको थियो। तर, निर्वाचनमा नकरात्मक प्रभाव पर्न सक्ने भन्दै भाडा वृद्धिको सूचना सार्वजनिक गरिएको थिएन। सरकारले निर्वाचन अघि नै निर्णय गरे पनि निर्वाचनको मतपरिमाण सार्वजनिक भएपछि भाडा…
"पेट्रोलियम पदार्थको ढुवानी भाडा १० प्रतिशतले वृद्धि"सुनको मूल्य बढेर फेरि एक लाखभन्दा माथि पुगेको छ।शुक्रबार ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज एक लाखमाथि पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुन प्रतितोला ६०० रुपैयाँ बढेर १ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख रुपैयाँमा कारोबार भइरहेको छ।
"सुन फेरि एक लाखभन्दा माथि"फिफा वर्ल्डकप २०२२ को फाइनल खेल अर्जेंटीना र फ्रान्स बिच आज दोहा लुसैल स्टेडियममा हुदैछ।कतारको सबैभन्दा ठुलो यो स्टेडियममा ८९ हजार् दर्शकहरु को उपस्थितिमा अर्जेंटीना र फ्रान्स बिच रोचक भिडन्त हुने भएको हो । यस फाइनल प्रतिस्पर्धामा प्राय दर्शकको ध्यान लियोनल मेसी र एमबाप्पेमा केन्द्रीत हुने देखिएको छ ।नेपाली समय अनुसार साँझ पौने नौ बजे हुने फाइनल खेलमा फिफा वर्ल्डकप २०१८ को बदला लिने अवसर अर्जेंन्टीनालाई छ भने फ्रान्स २०१८ दोह्र्याउने मुडमा देखिन्छ ।सन् २०१८…
"वर्ल्डकप २०२२ को फाइनल खेल अर्जेंटीना र फ्रान्स बिच दोहा लुसैल स्टेडियममा हुने"नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति काभ्रेको आज बसेको बैठकले भर्खरै सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई अन्तर्घात गरेको भन्दै पार्टीका केन्द्रिय सदस्यद्वय मधु आचार्य र गणेश लामालाई कार्वाहीको लागि सिफारिस गरेको छ ।बैठकले पाँचखाल नगरपालिका प्रमुख महेश खरेललाई पनि कार्वाहीका लागि सिफारिस गरेको छ । उक्त बैठकले उहाँहरुलाई साधारण सदस्य समेत नरहेगरी कार्वाही गर्न सिफारिस गरेको हो । पार्टीको केन्द्रीय परिपत्र अनुसार काभ्रे काङ्ग्रेसको प्रदेश सभा क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमितिले गएको निर्वाचनमा पार्टीको…
"काङ्ग्रेस केन्द्रिय सदस्यद्वय मधु आचार्य र गणेश लामालाई कार्वाहीको लागि सिफारिस"



















