कांग्रेस सहमहामन्त्री यादवलाई सांघातिक हमला

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक हमला भएको छ । आज दिउँसो भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी भएका यादवमाथि तीन चारजनाको समूहले उनिमाथि खुकुरी प्रहार गरेको हो । खुकुरी प्रहारबाट यादव घाइते भएका छन् ।पक्राउ पर्नेमा नुवाकोट जिल्ला बिदुर नगरपालिका९७ बस्ने ४७ वर्षीय श्यामबाबु सापकोटा रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिए । नेता यादवलाई अहिले वीर अस्पताल लगिएको छ । साक्षात्कार कार्यक्रममा सहभागी भएर बाहिर निस्कने क्रममा उनीमाथि…

"कांग्रेस सहमहामन्त्री यादवलाई सांघातिक हमला"

सुदूरपश्चिमका मुख्यमन्त्री शाह प्रमुख अतिथि रहेको कार्यक्रमको मञ्च नैं ढल्यो !

डडेल्धुरा । डडेल्धुरामा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह प्रमुख अतिथि रहेको एक कार्यक्रमको मञ्च ढलेको छ । बुधबार डडेल्धुरा बहुमुखी क्याम्पसको २८औं वार्षिकोत्सव कार्यक्रमको मञ्च अचानक ढलेपछि अतिथिहरूको भागाभाग भएको छ । स्टेजमा मुख्यमन्त्री शाहसँगै माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता खगराज भट्ट, प्रदेशसभा सरस्वती खड्का, डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने, सुरक्षा निकायका प्रमुख, जिल्लास्थित राजनीतिक दलका प्रमुखलगायत रहेका थिए । मञ्च भत्किएर चोट भने कसैलाई पनि नलागेको र केही समय कार्यक्रम…

"सुदूरपश्चिमका मुख्यमन्त्री शाह प्रमुख अतिथि रहेको कार्यक्रमको मञ्च नैं ढल्यो !"

नाइजरमा सेनाको एक समूहद्धारा सैनिक कू, राष्ट्रपति हिरासतमा, संविधान पनि भंग

अफ्रिकी देश नाइजरमा सेनाको एक समूहले सत्ता कब्जा गरेको घोषणा गरेको छ। राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै सेनाको उक्त समूहले राष्ट्रपतिलाई अपदस्थ गरिएको, संविधान भंग गरिएको र देशका सबै संस्थाहरु निलम्बित गरिएको घोषणा गरेको छ । देशभर कर्फ्यू लगाइएको छ भने हवाई तथा स्थल सीमा बन्द गरिएको छ। सेनाका कर्नेल मेजर अमादु अब्द्रामेनले टेलिभिजनमार्फत लिखित वक्तव्य पढ्दै खस्कँदो सुरक्षा अवस्था र कुशासनका कारण वर्तमान सत्तालाई अन्त्य गरिएको घोषणा गरेका हुन्। अब्द्रामेनले कुर्सीमा बसेर सम्बोधन गरेका थिए…

"नाइजरमा सेनाको एक समूहद्धारा सैनिक कू, राष्ट्रपति हिरासतमा, संविधान पनि भंग"

भद्रकुमारी घले सेवा सदनको संरचनामा महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिका–१० देवीनगरस्थित पूर्वमन्त्री भद्रकुमारी घले सेवा सदनमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । पूर्वमन्त्री भद्रकुमारी घलेले गैरकानुनी तवरले कब्जा गरि सरकारी जग्गामा घरटहरा बनाएकोले समय दिएर खाली गर्न भनेको र नमानेपछि महानगरपालिकाले डोजर चलाएको बताइएको छ ।भद्रकुमारी घले सेवा सदनले भने आफूहरुले प्रयोग गरिरहेको सार्वजनिक जग्गा नभई नापीमा छुटेको दाबी गर्दै आइरहेको छ ।सदनले जग्गामा बालगृह, शिक्षा सदन, पाहुना घर, भद्र संग्रहालय, पुस्तकालय, उपभोक्ता सहकारी संस्थालगायत सञ्चालन गर्दै आएको छ ।

"भद्रकुमारी घले सेवा सदनको संरचनामा महानगरको डोजर"

एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान

पुर्वप्रधानमन्त्री एबं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन् । कम्बोडियामा हुन गइरहेको आम निर्वाचनको अन्तरास्टृय पर्यवेक्षकका रुपमा अध्यक्ष ओलीको नेतृत्वमा ६ सदस्यीय टोली गए राति त्यसतर्फ प्रस्थान गरेको हो । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार उक्त टोलीमा ओलीसहित पत्नी राधिका शाक्य, पार्टीका उपमहासचिव विष्णु रिमाल, अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्य लगायत सहभागी रहेका छन्।ओली यही साउन ८ गते स्वदेश फर्कने कार्यक्रम छ

"एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान"

कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि बस्दै

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक ललितपुर सानेपास्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बोलाइएको छ । सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले केन्द्रीय कार्य समिति बैठकका लागि विभिन्न कार्यसूची तय गरेको छ ।पदाधिकारी बैठकले केन्द्रीय समिति बैठकका लागि विभिन्न १० कार्यसूची तय गरेको छ ।बैठकले समसामयिक राजनीतिक विषय, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णयहरू अनुमोदनका लागि पेश गर्ने, साङ्गठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव, नीति अधिवेशन सम्बन्धमा छलफल गरी मिति र स्थान तय गर्ने, पार्टीको निर्वाचन परिचालन समितिले…

"कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि बस्दै"

महामन्त्री थापाको एजेन्डामा मेरो कुनै विमति छैनः डा. शेखर कोइराला

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस महामन्त्री गगन थापा र आफू एकै ठाउँमा रहेको बताएका छन् । उनले आफू र गगन थापाको फरक फरक समूह छ भन्ने भ्रमबाट मुक्त हुन सबैलाई आग्रह समेत गरेका छन् । डा. कोइरालाले गगन थापामा युवा जोश जाँगर भएको जनाउँदै आक्रामक रुपमा प्रस्तुत भए पनि एजेन्डामा भने एउटै भएको जनाए । उनले भने, ‘एजेन्डा फरक भयो भने समस्या आउने हो, तर गगनजी र मेरो एजेन्डा एउटै छ,…

"महामन्त्री थापाको एजेन्डामा मेरो कुनै विमति छैनः डा. शेखर कोइराला"

इन्धनको मूल्यमा आजदेखि स्वचालित प्रणाली लागु हुने

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । नयाँ सूचीअनुसार पेट्रोलको मूल्य ३४ पैसा घटेर र डिजेलको मूल्य २ रूपैयाँ ४७ पैसा बढेर आएको निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसनले निगमलाई १५–१५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाउँदै आएको छ । नयाँ मूल्य सूचीपछि पनि निगम सबै पेट्रोलियम पदार्थमा नाफामा छ । पेट्रोलमा प्रति लिटर ९ रूपैयाँ तथा डिजेलमा साढे ६ रूपैयाँ निगमलाई…

"इन्धनको मूल्यमा आजदेखि स्वचालित प्रणाली लागु हुने"

परराष्ट्रमन्त्री एनपी साउद थाइल्यान्ड जाँदै

काठमाडौँ ।परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज थाइल्यान्ड जाने भएका छन् । थाइल्यान्डले आयोजना गर्ने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा भाग लिन आज त्यसतर्फ जाने भएका हुन् ।परराष्ट्रमन्त्री साउदको नेतृत्वको प्रतिनिधिमण्डल आज दिउँसो १ः३० बजे थाई एयरवेजबाट बैंकक प्रस्थान गर्ने मन्त्रालयले जनाएको छ । उनी सोमबार बिमस्टेकका परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा सहभागी भई मंगलबार स्वदेश फर्कने कार्यक्रम छ । बिमस्टेक सन् १९९७ जुन ६ मा बैंकक घोषणापत्रमा हस्ताक्षर गरी स्थापना…

"परराष्ट्रमन्त्री एनपी साउद थाइल्यान्ड जाँदै"

प्रतिनिधिसभा बैठक अपराह्न १ः००बजे बस्दै

काठमाडौं । प्रतिनिधिसभा सङ्घीय संसद् बैठक अपराह्न १ः०० बजेका लागि बोलाइएको छ ।आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८०’ लाई प्रस्तुत गर्ने सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा उल्लेख गरिएको छ ।यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक २०८०’ माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

"प्रतिनिधिसभा बैठक अपराह्न १ः००बजे बस्दै"