जनकपुर। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार जनकपुर स्थित जानकी मन्दिरको दर्शन गर्नुभएको छ । राष्ट्रपति भएपछि पहिलोपटक जनकपुर आउनुभएका राष्ट्रपति पौडेलले प्रसिद्ध जानकी मन्दिरको दर्शन एवम पुजा अर्चना गर्नुभएको हो । उहाँ अखण्ड किर्तन, दीप प्रज्जवलन तथा आरतीमा सहभागी हुनुभयो । राष्ट्रपतिलाई जानकी मन्दिरमा मूल महन्त रामतपेश्वर दासले स्वागत गर्नुभयो । महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको भवन उदघाटन तथा नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुने क्रममा राष्ट्रपति पौडेल आज बिहान जनकपुर आउनुभएको हो । राष्ट्रपति पौडेललाई जनकपुर…
"राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरको दर्शन"Author: लोकनीति अनलाइन
काठमाडौं ।नेपाल र चीनबीच १३ बुँदे सम्झौता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङको उपस्थितिमा दुई देशबीच १३ बुँदे सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । सोमबार ग्रेट हल अफ दी पिपलमा भएको द्विपक्षीय वार्तापछि नेपालका तर्फबाट सम्बन्धित मन्त्रालयका सचिव तथा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ अधिकारीबीच १० वटा सम्झौता र ३ वटा समझदारी पत्र हस्ताक्षर गर्दै आदानप्रदान गरेका हुन् । नेपालको उत्तरी पहाडी क्षेत्रमा विभिन्न वस्तुको उत्पादन…
"नेपाल–चीनबीच १३ बुँदे सम्झौता"काठमाडौं ।माइतीघर-वानेश्वर सडक ढाकेर आज पनि शिक्षकहरूले आन्दोलनलाई निरन्तरता दिइरहेका छन् ।संसदमा प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक आन्दोलित बनेका हुन् । शिक्षकहरूको विरोध प्रदर्शनले काठमाडौंको ट्राफिक अस्तव्यस्त बनेको छ । आज बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा शिक्षक नेतृत्वसँगको भएको वार्ता निष्कर्षविहीन टुंगियो । शिक्षक महासंघले विधेयक फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रम फिर्ता नहुने बताएका छन् । विभिन्न जिल्लाबाट शिक्षक-शिक्षिका आन्दोलनका लागि काठमाडौं आएका छन् । सामुदायिक विद्यालयहरुको छाता संगठन नेपाल शिक्षक महासंघको…
"शिक्षकआन्दोलनलेआज पनि माइतीघर-बानेश्वर सडकअस्तव्यस्त"काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिवार भेट गर्नुभएको छ । राष्ट्रपति भवन शीतलनीवासमा भएको सो भेटमा प्रधानमन्त्री दाहालले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । साथै सो भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ ।
"राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट"शुक्रबारकाे मन्त्रिपरिषद् बैठकले संविधान दिवसको अवसरमा विभूषण र मानपदवी वितरण नहुने निर्णय गरेको छ।उक्त बैठकले विभूषण प्राप्त गर्नेको नाम सार्वजनिक हुने आमअनुमानविपरीत यसपालि त्यसलाई स्थगित गरेको छ। मन्त्रिपरिषद बैठकको निर्णयमा भनिएको छ- “संविधान दिवसको अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट प्रदान गरिने विभूषण वितरण कार्यलाई मर्यादित एवं थप व्यवस्थित गरी विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानका रूपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानुनसमेतको अध्ययन गरी ३ महिनाभित्र प्रतिवेदन पेस गर्ने गरी कार्यदल गठन गर्ने, हाललाई विभूषण वितरण…
"संविधान दिवसमा विभूषण र मानपदवी वितरण नहुने"काठमाडौँ । कोशी सरकारविरुद्धको मुद्दाको फैसला आजै गर्ने गरी इजलासले तयारी गरिरहेको बुझिेएको छ ।कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत संविधानसम्मत नभएको भन्दै दायर रिटमा जवाफी बहस सकिएको छ । मंगलबार विपक्षीका तर्फबाट बहस सकिएकाले आज रिट निवेदकको तर्फबाट जवाफी बहस भएको हो । सर्वोच्च अदालतका न्यायाधीशहरु सपना प्रधान मल्ल, डा. कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा सोमबारबाट उक्त मुद्दाको सुनुवाइ भएको थियो ।आज अधिवक्ताहरु टिकाराम भट्टराई , सुरेन्द्र भण्डारीले लगायतले…
"कोशी सरकारविरुद्धको रिटको फैसला आजै आउने !"काठमाडौं ।क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ ।आज काठमाडौँ जिल्ला अदालतमा न्यायाधिस सकुन्तला कार्कीको इजलासमा पेशी तोकिएको छ। काठमाडौँ जिल्ला अदालतमा विचाराधीन रहेको लामिछानेविरुद्धको बलात्कार मुद्दाको अन्तिम बहस पटक पटक स्थगित हुँदै आएको छ । भदौ १० गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी रहेको थियो । तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेपछि अदालतले आजका लागि अर्को पेसी तोकेको हो । प्रतिक्रिया
"क्रिकेटर सन्दिप विरुद्धको मुद्दाको पेसी आज"काठमाडौं । मन्त्रिपरिषद्बाट केहि दिन अगाडी स्वीकृति नागरिकता नियमावलीले गैरआवासीय नेपालीलाई नेपाली नागरिकता लिने प्रक्रिया र मापदण्ड प्रष्ट पारेको छ साथै नेपाली नागरिकले नागरिकताविहीन हुनुपर्ने स्थितिको अन्त्य भएको छ । नियमावलीले गैरआवासीय नेपालीले नेपाली नागरिकता लिन निवेदन दिने व्यक्ति वा उनको आमा–बुबा, हजुरबुबा–हजुरआमा साबिकमा नेपालको नागरिक रहेको प्रमाण पेस गर्नुपर्ने हुन्छ । यस्तो नागरिकता पाउनेले भोट हाल्न तथा राजनीति गर्न भने पाउने छैनन् । साथै, सरकारी पदमा पनि बस्न पाउँदैनन् । व्यवसाय गर्न पाउनुका साथै…
"नागरिकता नियमावली मन्त्रिपरिषदबाट स्वीकृत:गैरआवासीय नेपालीले नागरिकता पाउने"वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा नेपाली काङ्ग्रेस पार्टीले आयोजना गर्न लागेको साहित्य महोत्सव तयारी समितिमा बिना सल्लाह र जानकारी नाम थपेको प्रति नेपाली काङ्रग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले असहमति जनाएका छन् । बुधबार एक विज्ञप्ति प्रकाशन गर्दै विना सल्लाह र जानकारी पछिल्लो पटक सो समितिमा सदस्य बनाईएको भन्दै लम्सालले सदस्यता अस्वीकार गरेका हुन् । पछिल्लोपटक आफू सहितका सदस्यहरू थप गर्दा आफूसँग कुनै सल्लाह नै नगरी आफ्नो समेत नाम राखिएको प्रती उनको बिमती…
"युनियन अध्यक्ष लम्सालद्वारा बिपि साहित्य महोत्सव तयारी समितीको सदस्य अस्विकार !"ललितपुर ।राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज पाटनस्थित कृष्ण मन्दिर गई भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गर्नुभएको छ । प्रत्येक वर्ष भाद्र कृष्णाष्टमी अर्थात् आजका दिन राष्ट्राध्यक्षले पाटन कृष्ण मन्दिरमा पूजा एवं दर्शन गर्ने परम्परा रहिआएको छ। सो अवसरमा राष्ट्रपति पौडेलले मन्दिरका पुजारीबाट फूल एवम् प्रसाद ग्रहण गर्नुभयो । राष्ट्रपति पौडेललाई ललितपुर क्षेत्र नम्बर १ का सांसद उदयशम्सेर राणा, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले स्वागत गर्नुभएको थियो ।
"राष्ट्रपति पौडेल कृष्ण मन्दिरमा"




















