प्रतिनिधिसभा बैठक अपराह्न १ः००बजे बस्दै

काठमाडौं । प्रतिनिधिसभा सङ्घीय संसद् बैठक अपराह्न १ः०० बजेका लागि बोलाइएको छ ।
आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८०’ लाई प्रस्तुत गर्ने सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा उल्लेख गरिएको छ ।
यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक २०८०’ माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।