परराष्ट्रमन्त्री एनपी साउद थाइल्यान्ड जाँदै

काठमाडौँ ।परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज थाइल्यान्ड जाने भएका छन् ।

थाइल्यान्डले आयोजना गर्ने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा भाग लिन आज त्यसतर्फ जाने भएका हुन् ।
परराष्ट्रमन्त्री साउदको नेतृत्वको प्रतिनिधिमण्डल आज दिउँसो १ः३० बजे थाई एयरवेजबाट बैंकक प्रस्थान गर्ने मन्त्रालयले जनाएको छ । उनी सोमबार बिमस्टेकका परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा सहभागी भई मंगलबार स्वदेश फर्कने कार्यक्रम छ ।

बिमस्टेक सन् १९९७ जुन ६ मा बैंकक घोषणापत्रमा हस्ताक्षर गरी स्थापना भएको एक क्षेत्रीय संगठन हो । प्रारम्भिक रूपमा यो संगठन ‘बिस्टेक’ ९बंगलादेश(भारत(श्रीलंका(थाइल्यान्ड आर्थिक सहयोग० को रूपमा थियो ।सन् १९९७ डिसेम्बर २२ मा म्यानमार तथा सन् २००४ फेब्रुअरीमा नेपाल र भुटान प्रवेश गरेपछि ७ सदस्य राष्ट्रहरू समावेश भई यो संगठन अब बिमस्टेकका रूपमा चिनिन्छ ।