काठमाडौं । असोज १७ गतेदेखि २० गतेसम्म परेको अबिरल वर्षाका कारण देशभर ४८ जनाको ज्यान गएको छ भने ६ जना अझै बेपत्ताको सूचीमा छन् । वर्षासँगै आएको बाढी, पहिरो, र चट्याङले जनधनमा ठूलो क्षति पु-याएको छ । गृह मन्त्रालयको तथ्यांकअनुसार, सबैभन्दा धेरै क्षति पहिरोका कारण भएको छ । इलाम जिल्लामा मात्रै ३७ जनाको मृत्यु पहिरोबाट भएको छ भने पाँचथरमा १ र काभ्रेपलाञ्चोकमा १ जनाको ज्यान गएको छ । बाढीका कारण पाँचथर, खोटाङ, मोरङ, सुनसरी, उदयपुर,…
"अबिरल वर्षाले देशभर ४८ जनाको ज्यान गयो, ६ जना अझै बेपत्ता"Category: समाज
काठमाडौं । गत भदौ २३ र २४ गते देशभरी भएको जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारहरुबाट कैदीबन्दीहरु भागेका छन् । जसमा २०८२ असोज २० गतेको बेलुका ६ बजेसम्मको विवरण अनुसार देशभरका कारागारमा जम्मा कैदी ३० हजार ६ सय ४६ जना रहेका छन् । जसमध्ये २९ हजार २ सय २४ जना कारागारका छन् भने १ हजार ४ सय २२ जना सुधारगृहका कैदी हुन् । यसमध्ये, जेनजी आन्दोलनमा कुल १४ हजार ५ सय ५६ जना कैदी भागेका थिए…
"कारागारबाट भागेका कैदीहरुको संख्या १३ हजार ५ सय ८९ जना"आज बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमा। कोजाग्रत पूर्णिमाको दिन सोमबार पोखराको ताल बाराही मन्दिरमा बिहानै देखि दर्शन गर्न भक्तजनहरुको भीड लागेको छ। दसैँको अन्तिम दिन सोमबार तालबाराही मन्दिर सहित अन्य शक्तिपीठहरुमा भक्तजनहरुको भीड लाग्ने गर्छ। पूर्णिमाको दिन मन्दिर दर्शन गरेर भक्तजनहरु राती जाग्राम बसेर आराधन गर्ने प्रचलन रहँदै आएको छ।
"पूर्णिमाको दिन तालबाराही मन्दिरमा दर्शनार्थीको भीड"काठमाडौं । सुक्खा पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पु्नः अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका– ५ स्थित तुइन खोला नजिकै सुख्खा पहिरो जाँदा आज दिउँसोबाट दुईतर्फी सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । गत शुक्रबार साँझ खसेको पहिरो हटाएपछि तीन दिनपश्चात यातायात सुचारु भएको थियो । तर कार्यालयका अनुसार पहिरो झर्ने क्रम जारी नै भएकोले पहिरो झर्न रोकिएपछि मात्र डिभिजनबाट पहिरो हटाउने कार्य सुचारू हुने जनाइएको छ ।पहिरो अवधिभरि रोकिएका सवारीसाधनहरू लेन…
"तुइन खोलामा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध"नवरात्रको चौंथो दिन काठमाडौँको शक्तिपीठ नक्साल भगवती मन्दिरमा बिहीबार बिहानदेखि नै पूजाअर्चना गर्न भक्तजनको चहलपहल छ । नक्साल भगवती काठमाडौं उपत्यकाको प्रमुख शक्तिपीठहरूमध्ये एक शक्तिपीठ मानिन्छ । हरेक वर्ष नवरात्रिमा विशेष पूजा गरिने यस मन्दिरमा सोह्र भूजायुक्त देवीको मूर्ति रहेको छ। दशैको अष्ठमीको दिन राष्ट्रपतिले यस मन्दिरको दर्शन गर्ने परम्परा छ ।
"दशैंको चौंथो दिनःनक्साल भगवती मन्दिरमा भक्तजनको चहलपहल"हिन्दुहरूको महान पर्व दशैंको आगमनसँगै जनकपुरधाममा अवस्थित विभिन्न मन्दिरलाई विशेष रूपमा सिंगार्न थालिएको छ । हरेक वर्ष दशैंको समयमा देवी दुर्गाको विशेष पूजा र आराधना गरिने यी मन्दिरहरु यस पटक पनि भव्यताकासाथ सिंगार्न थालिएको हो । पर्यटकहरुलाई आकर्षित गर्न पनि मन्दिरहरुलाई विशेष तरिकाले सजावट गरिएको छ ।
"दशैंका लागि सिंगारिएको जनकपुरधाम"बाजुरा । कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख जसिराम साहानीले कृषकले उत्पादन गरेका स्याउ कुहिन नदिने बताएका छन् । बाजुराका स्याउ कृषकले आफ्नो बारीमा उत्पादन गरेका स्याउ कुहिन नदिई सहज रुपमा देशका ठुला शहरमा सहज बजारीकरण गरिने उनले बताए । ढुवानी नहुँदा चिन्तामा परेका कृषकहरुलाई ज्ञान केन्द्र प्रमुख साहानीले कुनै चिन्ता नलिन हुन आग्रह समेत गरेका छन् । कतिपय कृषकका स्याउ कर्णाली करिडोर हुँदै बजारीकरण भइरहेको र अन्य कृषकहरुका पनि स्याउ बजारीकरण गरिने बताएका हुन्…
"कृषकका स्याउ कुहिदैनन्, सहज रुपमा बजारीकरण गरिन्छ : ज्ञानकेन्द्र प्रमुख"आजदेखि सोह्र श्राद्ध सम्पन्न भएको छ। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध यस वर्ष पनि धार्मिक विधिपूर्वक सम्पन्न भएको हो। श्राद्धको अन्तिम दिन परेका कारण आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा श्रद्धालुहरूको ठूलो भीड देखिएको छ। आफ्ना दिवंगत पितृहरूको सम्झनामा तर्पण, पिण्डदान तथा अन्य धार्मिक कार्य गर्न भक्तजनहरू बिहानैदेखि पशुपतिमा छन् ।
"सोह्र श्राद्ध समाप्त, पशुपतिमा श्रद्धालुको पिण्डदान"रामेछाप । पितृ पक्ष सकिएसँगै नेपालीहरूको महान् चाड दशैँ सुरु भएको छ ।भोलि घर घरमा घटस्थापना गरी जमरा राखिँदै छ । रामेछापको ऐतिहासिक शक्तिपीठ खाँडादेवीमा भने घटस्थापनाको अघिल्लो दिन जमारे औँसी अर्थात् आजै जमरा राखिएको छ। सर्वसाधारणले लगाउने जमरा घटस्थापनाको दिन राखिने भएपनि देवीले लगाउने जमरा त्यसो अघिल्लो दिन नै राख्ने परम्परा रहँदै आएको छ । सोही परम्परा अनुसार आज खाँडादेवीमा जमरा राखिएको छ । खाँडादेवी विकास कोषको आयोजनामा खाँडादेवी मन्दिरमा जमरा राखिएको हो ।…
"दशैँ लाग्यो, खाँडादेवीमा जमरा राखियो"सुर्खेत । जेन–जी पुस्ताले भदौ २३ र २४ गते गरेको आन्दोलनमा कर्णालीका ६० भौतिक संरचना र ४५ वटा सवारी साधनमा क्षति भएको छ । प्रदर्शनकारीहरुले सरकारी भवन, राजनितक दलका कार्यालय र निजि घरहरु समेतमा आगजनी र तोडफोड गरेका छन् । आन्दोलनको क्रममा ४५ सवारी साधनमा आगजनी गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक०ले कर्णालीका १० ओटै जिल्लामा गरेको मिडिया मोनिटरिङ तथा इन्सेकका जिल्ला प्रतिनिधीको प्रतिवेदनका आधारमा आन्दोलनमा भएको क्षतीको प्रारम्भिक तथ्याङक संकलन गरिएको इन्सेक…
"जेन–जी आन्दोलनमा कर्णालीका ६० संरचना र ४५ सवारी साधनमा क्षति"


















