लक्षित वर्ग उपचारका लागि वीर अस्पतालमा कक्ष स्थापना गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । विपन्न, असहाय र वेवारिसेले निःशुल्क प्राप्त गर्ने लक्षित वर्गको उपचारलाई प्रभावकारी बनाउन काठमाडौं महानगरपालिकाले वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्ने भएको छ । यसका लागि महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख दिपक के.स. र अस्पतालका निर्देशक प्रा. डा. दिलिप शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अस्पतालले सहजीकरण कक्षका लागि स्थान उपलब्ध गराउनेछ । कक्षमा नर्सिङ् विषय अध्ययन गरेका ३ जना जनशक्ति करार सेवामा राख्नेछ । यसरी राखिएका जनशक्तिको पारिश्रमिक महानगरपालिकाले उपलब्ध गराउनेछ…

"लक्षित वर्ग उपचारका लागि वीर अस्पतालमा कक्ष स्थापना गर्दै काठमाडौं महानगरपालिका"

राउटे समुदायमा बिरामीको संख्या बढ्दै, उपचार गर्न नमान्दा समस्या

सुर्खेत । फिरन्त जीवन जिउँदै आएका लोपोन्मुख राउटे समुदायका अधिकांश बिरामी परेका छन् । लेकवेशी नगरपालिका–८ मा बस्दै आएका राउटे समुदायमा विरामीको सख्या बढ्दै गएको छ । पछिल्लो एक हप्तामा यो समुदायका २५ जना विरामी छन् । अस्पतालमा गएर उपचार गर्न नमान्ने राउटे समुदामा बिरामीको संख्या बढ्दै गए पछि समस्या देखिएको छ ।सुरुमा दुई जना बिरामीबाट सुरु भएको संक्रमण २५ जनामा फैलिएको राउटेकी उपचारमा खटिएका स्वास्थ्यकर्मी अनुजा पन्तले बताइन् । बस्तीमा बिरामी पर्ने राउटेको संख्या…

"राउटे समुदायमा बिरामीको संख्या बढ्दै, उपचार गर्न नमान्दा समस्या"

तिहारको उत्सव, फूलको महोत्सव

नर्सरी व्यवसायी सङ्घ नेपालले ‘तिहारको उत्सव, फूलको महोत्सव’ भन्ने नाराका साथ यस वर्ष पनि तिहार फ्लोरा एक्स्पो–२०८२ आयोजना गरेको छ । तिहारलाई लक्षित गरी फूल, बोटबिरुवा तथा नर्सरी व्यवसायको प्रवद्र्धनको उद्देश्यले यही आज असोज २८ गतेदेखि कात्तिक १ गतेसम्मको लागि एक्सपो आयोजना भएको हो ।  

"तिहारको उत्सव, फूलको महोत्सव"

केरा बिक्री नहुँदा किसान चिन्तित

दाङ।राप्ती गाउँपालिका– ७ सिसहनिया निवासी रणप्रसाद सुवेदीले व्यावसायिक रुपमा केराखेती गरेको सात वर्ष भयो । उमेरले ५४ वर्ष भएका सुवेदी यस वर्ष भने केरा बिक्रीमा समस्या हुँदा चिन्तित छन् । सुरुमा दुई बिघाबाट केराखेती सुरु गरेका उनले हाल भने ५४ बिघा क्षेत्रफलमा खेती गर्दै आएको बताए । केरा बिक्री नभएर बारीमै कुहिएर जाँदा यस वर्ष आम्दानी घटेको उनले बताए । बजारमा दर्जनलाई १२० रुपैयाँ भन्दा बढी मूल्यमा बिक्री भइरहेको केरा व्यवसायीले भने २५ रुपैयाँमा दिँदासमेत…

"केरा बिक्री नहुँदा किसान चिन्तित"

तिहार नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको चहलपहल बढ्दै

काठमाडौं। तिहार सुरु हुन अझै केही दिन बाँकी भए पनि सङ्घीय राजधानी काठमाडौँका विभिन्न स्थानका बजारमा अहिले किनमेल गर्नेको चहलपहल बढेको छ । यसपटक तिहार आगामी कात्तिक २ गतेदेखि सुरु हुँदैछ । तर, तिहारमा आवश्यक पर्ने सामग्री पहिले नै किन्न उपभोक्ता बजारमा धाउन थालेका कारण चहलपहल बढेको व्यापारीहरू बताउँछन् । राजधानीका मुख्य व्यापारिक क्षेत्रहरू न्युरोड, असन, इन्द्रचोक, भोटाहिटी, लगनखेल, बानेश्वर, कोटेश्वर, थिमिलगायत स्थानमा तिहारको सामान किन्ने ग्राहकको चाप दिनप्रतिदिन बढ्दै जान थालेको छ । उपत्यका…

"तिहार नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको चहलपहल बढ्दै"

सर्लाहीको चन्द्रनगरमा ईन्धन मै अनियमितताः अध्यक्ष महतोद्वारा एक लाख ८७ हजारको नियमविपरीत खर्च

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आर्थिक वर्ष २०८०÷०८१ मा ईन्धन खर्चमा व्यापक अनियमितता भएको महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदनले औंल्याएको छ।प्रतिवेदन अनुसार गाउँपालिकाका अध्यक्ष राज कुमार महतोले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूले पाउने सुविधासम्बन्धी ऐन, २०७७ को प्रावधानविपरीत तोकिएको परिमाणभन्दा बढी ईन्धन खर्च लिएको पाइएको छ। यसले पालिकाको वित्तीय अनुशासनमाथि गम्भीर प्रश्न उठाएको छ। ऐनविपरीत ईन्धन खर्चआन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्रकाशित उक्त ऐनमा स्थानीय तहका पदाधिकारीहरूले मासिक रूपमा पाउने ईन्धनको परिमाण स्पष्ट रूपमा तोकिएको…

"सर्लाहीको चन्द्रनगरमा ईन्धन मै अनियमितताः अध्यक्ष महतोद्वारा एक लाख ८७ हजारको नियमविपरीत खर्च"

हेटौंडामा ३४ लाख बराबरको अवैध कपडा र पटका बरामद, दुई जना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडा–१५, रातोमाटेस्थित चार्जिङ स्टेशन अगाडिबाट ३४ लाख रुपैयाँ बराबरको अवैध कपडा र प्रतिबन्धित पटका बरामद गरेको छ । शुक्रबार बिहान ४ः१० बजे वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको म प्र ०३–००१ च ९०२३ नम्बरको ‘योद्धा’ गाडीमा सुरक्षा जाँचका क्रममा उक्त सामानहरू फेला पारिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले गाडीका चालक रौतहट बृन्दावन नगरपालिका–९ का २० वर्षीय प्रदिप कुमार चौधरी र सवारीमा सवार गरुडा नगरपालिका–४ का ३१ वर्षीय विजय साहलाई नियन्त्रणमा लिएको…

"हेटौंडामा ३४ लाख बराबरको अवैध कपडा र पटका बरामद, दुई जना पक्राउ"

सर्पदंशपछि धामीझाँक्रीको भरपर्दा महिलाको मृत्यु

सर्लाही । सर्लाहीको कौडेना गाउँपालिका–२, फूलपरासीमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । बुधबार दिउँसो गोमन सर्पको टोकाइबाट ४२ वर्षीया नयनदेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय रविन्द्र यादवकी श्रीमती नयनदेवीलाई सर्पले डसेपछि परिवारका सदस्यले तुरुन्त अस्पताल लैजानुको साटो नजिकै रहेको विषहरा बाबा मन्दिरमा झारफुकका लागि लगेका थिए । झारफुकपछि पनि अवस्था गम्भीर बनेपछि मात्र उनलाई प्रादेशिक अस्पताल मलङ्गवा पु-याइएको थियो । तर अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको…

"सर्पदंशपछि धामीझाँक्रीको भरपर्दा महिलाको मृत्यु"

प्रदर्शनकारीहरुको अवरोधले समयमा सिंहदरबारको आगो निभाउन सकिएन : बालेन शाह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा महानगरपालिकाले जलेका संरचनाहरू नजोगाएको भन्ने आरोपको स्पष्टीकरण दिएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आन्दोलन सुरु भएदेखि २८ गतेसम्म कुन कुन दिन कुन कुन स्थानमा दमकल पुगेर आगलागी निभाइयो भन्ने सम्पूर्ण जानकारी गराएका हुन् । यत्रो सिंहदरबार जल्दा काठमाडौँ महानगरको दमकल कहाँ गयोरु सिंहदरबार जलाउने नै बालेन शाह हो जस्ता प्रश्न र आरोप केही दिनदेखि उठिरहेको भन्दै उनले…

"प्रदर्शनकारीहरुको अवरोधले समयमा सिंहदरबारको आगो निभाउन सकिएन : बालेन शाह"

बाढीपहिरोबाट क्षति पुगेका सडकको पुनर्निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान

काठमाडौं । असोज १८ देखि २० गते सम्म र त्यस अगाडिको बाढीपहिरोका कारण क्षति पुगेका सडक संरचनाको पुनर्निर्माणका लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको मनसुनजन्य विपद्बाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि १० अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ । गत वर्षको विपद्बाट क्षति पुगेका संरचना पुनर्निर्माणका लागि १ अर्ब ७० करोड रुपैयाँ बाँकी…

"बाढीपहिरोबाट क्षति पुगेका सडकको पुनर्निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान"