दशैंको चौंथो दिनःनक्साल भगवती मन्दिरमा भक्तजनको चहलपहल

नवरात्रको चौंथो दिन काठमाडौँको शक्तिपीठ नक्साल भगवती मन्दिरमा बिहीबार बिहानदेखि नै पूजाअर्चना गर्न भक्तजनको चहलपहल छ ।

नक्साल भगवती काठमाडौं उपत्यकाको प्रमुख शक्तिपीठहरूमध्ये एक शक्तिपीठ मानिन्छ । हरेक वर्ष नवरात्रिमा विशेष पूजा गरिने यस मन्दिरमा सोह्र भूजायुक्त देवीको मूर्ति रहेको छ। दशैको अष्ठमीको दिन राष्ट्रपतिले यस मन्दिरको दर्शन गर्ने परम्परा छ ।