काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले नेपाल प्रहरीलाई साधन स्रोतले भरिपूर्ण बनाउने काम गृह मन्त्रालयको प्रमुख प्राथमिकतामा रहेको बताएका छन् । शुक्रबार ७० औँ प्रहरी दिवस, २०८२ को अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा उनले समाजका हरेक घटनामा प्रहरीले नै पहिला काम गर्ने र कानून कार्यान्वयनमा प्रहरी नै अग्र पङ्क्तिमा रहने भएका कारण हरेक कुरामा प्रहरी निसानामा पर्ने गरेको बताए । उनले प्रहरीलाई आवश्यक स्रोत, साधन उपलब्ध गराउने काम सरकारको प्राथमिकतामा रहेको बताए ।…
"प्रहरीलाई साधनस्रोत सम्पन्न नबनाए फागुन २१ को निर्वाचन प्रभावित हुन्छ : गृहमन्त्री"Category: मुख्य समाचार
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसको पुस्तान्तरण तथा रुपान्तरणसहितको प्रस्ताव प्रस्तुत गर्दै यसअनुसार अघि बढेमा पार्टीले आगामी चुनावमा बहुमत ल्याउन सकिने तर्क गरेका छन् । सानेपामा जारी केन्द्रीय समिति बैठकमा शुक्रबार आफ्नो प्रस्ताव प्रस्तुत गर्दै उनले देशमा भएको जेनजी विद्रोहलाई शंकाका रुपमा नहेरी त्यसले उठाएका मुल मुद्दाको सम्बोधनमा क्रियाशिल हुनुपर्ने बताए । जेनजी पुस्ताको विद्रोहमा उठेको भ्रष्टाचार अन्त्य, सुशासन, आर्थिक विकास, युवा तथा रोजगारीजस्ता विषय जायज भएकाले यसलाई सम्बोधन गर्नु आवश्यक रहेको…
"जेनजी विद्रोहलाई शंकाको दृष्टिले नहेर्न र यसको लाभ कांग्रेसले लिनुपर्छ : प्रदीप पौडेल"काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओमानमा जारी टी–२० विश्वकप एसिया–इएपी छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै लगातार दोस्रो पटक टी–२० विश्वकपमा स्थान सुरक्षित गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् । दाहालले जारी गरेको सन्देशमा भनेका छन्, ‘देशमा राजनीतिक जटिलता र असहज वातावरण रहेको समयमा धैर्य, संयमता र अनुशासनका साथ देखाइएको असाधारण प्रदर्शन साँच्चै प्रशंसनीय उपलब्धि हो ।’ उनले नेपाली राष्ट्रिय टोली, प्रशिक्षक मण्डल, नेपाल क्रिकेट संघ (क्यान) र सम्पूर्ण खेल…
"प्रचण्डद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई, खेल क्षेत्रको विकासमा थप जोड दिन आग्रह"काठमाडौं । काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले नयाँ वानेश्वर क्षेत्रमा रहेका साना होटेल तथा रेष्टुरेण्ट व्यवसायमा अनुगमन गरेको छ। अनुगमनका क्रममा अधिकांश व्यवसाय मापदण्ड विपरीत सञ्चालनमा रहेका थिए। अनुगमन व्यवसायीलाई तर्साउने उद्देश्यले नभई, स्वच्छ र जिम्मेवार व्यवसाय सञ्चालनका लागि हौसला दिने उद्देश्यले गरिएको बताइएको छ। अटेर गरेमा भने कानुनबमोजिम कारवाही गर्ने महानगरले चेतावनी दिएको छ । विशेषगरी भान्छाको सरसफाइमा पूर्ण बेवास्ता गरिएको पाइएको छ। काठमाडौं महानगरपालिका कृषि तथा पशुपन्छी…
"काठमाडौं महानगरद्वारा साना होटेल रेष्टुरेण्ट व्यवसायमा अनुगमन, सुधारका लागि निर्देशन"सर्लाही । मधेश प्रदेशमा नयाँ सरकार गठनसँगै लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का नेता जितेन्द्र प्रसाद सोनल आज मुख्यमन्त्रीको रूपमा पद तथा गोपनियताको सपथ ग्रहण गर्दै छन् । बुधबार साँझ प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी थिइन् । सोनलले बुधबार बिहान दाबी पेश गरेका थिए। जसमा जसपा नेपालका १९, जनमतका १३, माओवादी केन्द्रका ९, लोसपाका ८ र नेकपा ९एकीकृत समाजवादी० का ७ जना गरी ५६ सांसदको समर्थन रहेको उल्लेख छ । बहुमतका…
"मधेशका मुख्यमन्त्री सोनलले आज पद तथा गोपनियताको सपथ लिँदै"काठमाडौं । आगामी फागुन २१ गते तय भएको निर्वाचनको तयारीको विषयमा निर्वाचन आयोगले आज राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गर्दैछ । छलफल बिहान साढे ११ बजे आयोगको कार्यालय कान्तिपथमा हुनेछ । आजको छलफलमा आयोगको निर्वाचनको तयारीका सन्दर्भमा प्रशासनिक काम र निर्वाचन तालिकाबारे जानकारी गराइने छ । गत भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलपछि प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि आगामी फागुन २१ गते निर्वाचन गर्ने निर्णय वर्तमान अन्तरिम सरकारले गरेको छ ।…
"निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै"काठमाडौं । प्रधानमन्त्री शुसीला कार्कीले विपिन जोशीको मृत्युप्रति दुःख व्यक्त गरेकी छन् ।बुधबार एक प्रेस विज्ञाप्ती जारी गर्दै उनले बन्धकमुक्त हुने दुई वर्षदेखिको अटुट आशा र सामूहिक प्रार्थनाबीच नेपाली विद्यार्थी विपिन जोशीको दुःखद मृत्यु पुष्टि हुने गरी मङ्गलबार आएको खबरले एकदमै दुखद तुल्याएको बताइन् । साथै, उनले अपहरणको खबर आएदेखि नै सरकार र सम्पूर्ण नेपाली जनता जोशीको सुरक्षित रिहाइका लागि एकचित्तले कामना गरिरहेको बेला उनको मृत्युको खबरले दुई वर्षका सम्पूर्ण आशा र सपनाहरूलाई छिन्नभिन्न पारेको…
"प्रधानमन्त्री कार्कीद्वारा विपिन जोशीको मृत्युप्रति दुःख व्यक्त"काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पिपिए)को प्रतिस्पर्धी दर तय गर्न विद्युत नियमन आयोगलाई आग्रह गरेका छन् । आयोगको गत आर्थिक वर्ष २०८१÷८२को वार्षिक प्रतिवेदन बुधबार बुझ्दै मन्त्री घिसिङले जलविद्युत आयोजनाबाट उत्पादित ऊर्जालाई थप सर्वसुलभ, प्रतिस्पर्धी र पारदर्शी बनाउन प्रतिस्पर्धी आधार दर तय गर्नुपर्ने आवश्यकता औंल्याएका हुन् । आयोगका अध्यक्ष रामप्रसाद धितालले प्रतिवेदन मन्त्री घिसिङ समक्ष पेश गरेका थिए…
"जलविद्युत आयोजनाको विद्युत् खरिदको प्रतिस्पर्धी दर तय गरौं : मन्त्री घिसिङ"काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जेनजी आन्दोलनका मागहरू पूरा नगरी संसद पुनःस्थापना गर्नु नहुने बताएका छन् । बुधबार सभामुख देवराज घिमिरेले दलहरूसँग संसद पुनःस्थापनाबारे गरेको छलफलपछि शाहीले आफ्नो पार्टीको स्पष्ट अडान प्रस्तुत गर्दै भने, “जेनजीका मागहरू पूरा नगरिकन संसद पुनःस्थापना गर्नु हुँदैन् । जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको माग पूरा गर्नुपर्छ र संसदबाट त्यसको प्रतिबद्धता सुनिश्चित भएपछि मात्र संसद पुनःस्थापना गर्न सकिन्छ ।” शाहीका अनुसार, राप्रपाले जेनजी आन्दोलनका प्रमुख…
"जेनजीका माग पूरा नभएसम्म संसद पुनस्थापना गर्न नहुने : राप्रपा प्रमुख सचेतक शाही"काठमाडौं । नेकपा (एमाले) का महासचिवशंकर पोखरेलले पार्टी एकताको महत्वलाई जोड दिँदै हाल देश र पार्टी सामु खडा भएकाचुनौतीहरुलाई एकताबद्ध ढंगले सामना गर्नुपर्ने आवश्यकताऔँल्याएका छन् । एमाले केन्द्रीय कमिटीको १० औं बैठकलाई सम्बोधनगर्दै महासचिवपोखरेलले मुलुकमासिर्जना भइरहेको राजनीतिकअस्थिरता र षड्यन्त्रहरुको विरुद्धमा पार्टी एकजुट भएर अघि बढ्नुपर्ने बताएकाहुन् । उनले भने, ‘राष्ट्रका सामु उत्पन्नभएकाचुनौतिहरूलाई सिंगो पार्टीले कसरी सामना गर्ने भन्ने प्रश्नमा जब पार्टीमाथिचुनौतीहरू आउँछन्, त्यतिखेर एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहन्छ। षड्यन्त्रहरूलाई सामना गर्न एकताको ठूलो अर्थ…
"राजनीतिकअस्थिरता र षड्यन्त्रकाविरुद्ध पार्टी एकजुट हुनुपर्छ : शंकर पोखरेल"



















