काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै यस वर्ष दशैं, तिहार र नेपाल संवत्का साथै छठ पर्वका सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुन नसकेको जानकारी दिए । थापाले काठमाडौं र मधेशका छठ पर्व आयोजकहरूलाई निम्तो दिएकोमा आभार व्यक्त गर्दै क्षमायाचना पनि गरेका छन् । उनले लेखेका छन्, ‘मलाई निम्तो गर्नु भएका काठमाडौं र मधेशका सबै छठ आयोजक मित्रहरूलाई हार्दिक आभार प्रकट गर्दछु…
"कांग्रेस महामन्त्री गगन थापाद्वारा छठ पर्वको शुभकामना"Category: मुख्य समाचार
काठमाडौं । ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका सिँचाइतर्फका १२ रुग्ण ठेक्का तोडिएको छ । साविकको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं २ जलेश्वर महोत्तरी अन्तर्गतका १२ रुग्ण ठेक्का तोडिएको छ । बबई सिँचाइ आयोजनाका ६ रुग्ण ठेक्का तोड्न ३० असोजमा १५ दिने सार्वजनिक सूचना प्रकाशित भइसकेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति…
"सिँचाइका १२ रुग्ण ठेक्का तोडियो"काठमाडौं कात्तिक ९,। नेपाली बजारमा आइतबार् सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको हो । यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । तिहार बिदाअघि कात्तिक ३ गते छापावाल सुन प्रतितोला दुई लाख ५३ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । चाँदीको मूल्य पनि तोलामा २६५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला तीन हजार १५ रुपैयाँमा…
"सुनको मूल्य घट्यो, कतिमा हुदैँछ किनबेच ?"काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् ।मन्त्रिपरिषद् विस्तार भएसँगै चारजना मन्त्रीहरुको नाम तय भएको हो । तय भएकाहरुमा जसमा सुधा गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्री, गणपतिलाल श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री, खगेन्द्र सुनार श्रम तथा रोजगार मन्त्री र बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री बन्ने भएका छन् । चारै मन्त्रीलाई आजै शपथ खुवाउने तयारी छ ।
"प्रधानमन्त्री कार्कीद्वारा तेस्रोपटक मन्त्रिपरिषद् विस्तारको तयारी"काठमाडौं । छठ पर्वको दोस्रो दिन आज व्रतालुहरू ‘खरना’ विधिको तयारीमा जुटिसकेका छन् । कात्तिक शुक्ल चतुर्थी तिथिका दिन ‘नहाय–खाय’ विधिबाट सुरु भएको छठ पर्व आज पञ्चमी तिथिका दिन ‘खरना’ विधि गरिन्छ । सूर्योदयपूर्व स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सक्खरमा पकाइएको खीर कुलदेवता र छठी देवीलाई चढाइन्छ । व्रतालुले कुलदेवता र छठी देवीलाई चढाएको खीर प्रसादस्वरुप खाने चलन छ, त्यस विधिलाई नै मिथिलामा ‘खरना’ भनिन्छ । छठ महापर्वको पहिलो दिन अर्थात् कात्तिक…
"छठ पर्वको दोस्रो दिन आज ‘खरना’ विधि गरिँदै"काठमाडौं । अमेरिकाको टेक्सासमा सम्पन्न ‘बिजनेस एण्ड इन्भेष्टमेन्ट कन्क्लेभ २०२५’ मा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालको आर्थिक सम्भावना र लगानीका अवसरबारे प्रष्ट पार्दै अमेरिकामा रहेका नेपाली व्यवसायीहरूलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् । ढकालले अमेरिकामा रहेका नेपाली व्यवसायी, लगानीकर्ता र सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै नेपालमा जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार र वित्तीय सेवा लगायतका क्षेत्रमा विशाल सम्भावना रहेको बताए । उनले भने, ‘नेपालमा लगानीका लागि अनुकूल वातावरण बनाउन सरकारसँग मिलेर महासंघ…
"नेपालमा लगानी गर्न अमेरिकास्थित नेपाली व्यवसायीहरुलाई ढकालको आग्रह"काठमाडौं । डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम बुझाउन नेपाल विद्युत प्राधिकरणले दिएको पछिल्लो समय आज सकिँदै छ । उद्योगीहरुलाई प्राधिकरणले दिएको किस्ताबन्दी सुविधा अनुसार आज बेलुका सम्म पनि किस्ता बुझाउन नगए प्राधिकरणले उद्योहरुमा लाइन काट्ने सम्मको चेतावनी दिएको छ । बक्यौता तिर्न चाहने उद्योगीहरुका लागि प्राधिकरणले २८ महीनाको किस्ताबन्दी सुविधा दिएको छ । यसअघि १२ असोजमा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले प्रशासकीय पुनरवलोकनसँग सम्बद्ध सम्पूर्ण कामकारबाही खारेज गर्दै १७ कात्तिकभित्र बक्यौता भुक्तानी गर्न सूचना…
"डेडिकेटेड ट्रंक लाइन बक्यौता विवादः प्राधिकरणले दिएको समय आज सकिँदै"काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज (आइतबार) पत्रकारहरूसँग अन्तरक्रिया गर्ने भएका छन् । आइतबार दिउँसो १ बजे एमाले केन्द्रीय कमिटीको बैठक भएको झम्सीखेलको रामबाग महलुमै अध्यक्ष ओलीले अन्तरक्रिया गर्न लागेका हुन् । भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनपछि ओलीले पहिलो पटक पत्रकारहरूसँग अन्तरक्रिया गर्न लागेका हुन् ।
"अध्यक्ष ओलीले आज पत्रकारहरूसँग अन्तरक्रिया गर्दै"काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको गुटबन्दी बन्द गर्नुर्नेमा जोड दिएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले विगतका मापदण्ड बदलेर गुटबन्दी अन्त्य गर्नुपर्ने बताए । उनले अब पार्टीभित्र नाटक र अलमल गर्ने समय नभएको पनि बताए । उनले भनेका छन्,‘विगतका मापदण्ड बदल्नु पर्दछ । गुटका दुकान बन्द गर्दै विचारका दुकान खोल्नु पर्दछ ।नाटक अब चल्दैन ।नेतृत्व कसिमा उत्रनु पर्दछ। अब अलमल गर्नु हुँदैन । खरानी हात परेको छ । सफा अब…
"पार्टीभित्रको गुटबन्दी बन्द गर्दै विगतका मापदण्ड बदल्नुपर्छ : नेता भण्डारी"रौतहट । रौतहटको विभिन्न स्थानमा रहेको नदीतथापोखरीहरुमाछठीमाईको पूजाकालागितयारीको काम सुरु गरिएको छ। तिहारको रौनकसँगै यहाँ छठ पूजाको पनितयारी थालिएको हो । छठ पर्व पनिनजिकिँदै गएपछिचाँदी, लालबकैया, बागमति, झाँझलगायतकानदीतथाविभिन्नपोखरीलाई स्थानीयवासीतथाक्लबहरूको सहयोगमाविशेष रूपमासिँगार्न थालिएको छ । छठ पर्वको मुख्यदिनछठीमाईको पूजाकालागिअहिले जलाशयलाई सरसफाई, माटोको मुर्ति र टेण्ट हाल्ने लगायतकाकार्यहरु भइरहेका छन् । चन्द्रपुर नगरपालिकामा रहेको चाँदीनदीमाअहिले सजावटको तयारी भइरहेको चन्द्रपुर मिडियाप्रालिकाअध्यक्षमनोज कुमार साहले बताए । उनकाअनुसार दुर्गा तथा छठ पूजा समिति सहितचन्द्रपुर मिडियाप्रालिको सहयोगमा छठ घाट सजाउने कार्य…
"छठ पूजाका लागि जलाशय सजावट सुरु"




















