काठमाडौं । नेकपा (एमाले) का महासचिवशंकर पोखरेलले पार्टी एकताको महत्वलाई जोड दिँदै हाल देश र पार्टी सामु खडा भएकाचुनौतीहरुलाई एकताबद्ध ढंगले सामना गर्नुपर्ने आवश्यकताऔँल्याएका छन् ।
एमाले केन्द्रीय कमिटीको १० औं बैठकलाई सम्बोधनगर्दै महासचिवपोखरेलले मुलुकमासिर्जना भइरहेको राजनीतिकअस्थिरता र षड्यन्त्रहरुको विरुद्धमा पार्टी एकजुट भएर अघि बढ्नुपर्ने बताएकाहुन् ।
उनले भने, ‘राष्ट्रका सामु उत्पन्नभएकाचुनौतिहरूलाई सिंगो पार्टीले कसरी सामना गर्ने भन्ने प्रश्नमा जब पार्टीमाथिचुनौतीहरू आउँछन्, त्यतिखेर एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहन्छ। षड्यन्त्रहरूलाई सामना गर्न एकताको ठूलो अर्थ हुन्छ भन्ने कुरा मनन गर्नु अत्यन्तै जरुरी छ ।’
उनले युवाहरूको दुरुपयोग गर्दै मुलुकलाई प्रतिगमनतर्फ लैजानखोज्ने प्रयास भइरहेको आरोप पनिलगाए। पोखरेलले भने, ‘मुलुकलाई प्रतिगमनतर्फ लैजानकालागियुवाहरूको दुरुपयोग गर्ने प्रयत्नभइरहेको छ। तर एमालेले युवाहरूलाई मूलधारको राजनीतिमा जोड्नुपर्छ भन्ने स्पष्ट सन्देशसहितको काम गरिरहेको छ ।’











