प्रतिनिधिसभा विघटनको विषयमा दलहरूसँग छलफल गर्ने तयारीमा सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका दलहरूलाई छलफलका लागि बोलाएका छन् । बुधबार बिहान ९ बजे प्रतिनिधिसभा विघटनको विषयमा दलहरूको धारणा बुझ्नको लागि उनले सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा छलफलका लागि दलहरूलाई बोलाएका हुन् । दलका प्रतिनिधिहरूलाई छलफलमा आउँदा पार्टीको आधिकारिक धारणा लिएर आउन पनि भनिएको छ । दलहरूसँगको धारणा लिएपछि पूर्वमहान्यायाधिवक्ता, नेपाल बार एशोसिएसन, सर्वोच्च बारलगायतका पदाधिकारीसँग छलफल गर्ने सभामुखको तयारी छ ।

"प्रतिनिधिसभा विघटनको विषयमा दलहरूसँग छलफल गर्ने तयारीमा सभामुख"

हस्ताक्षर फिर्ता गराइएका चारजना विशेष महाधिवेशनकै पक्षमा

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेका चार जनाले आफूहरूको हस्ताक्षर फिर्ता नभएको स्पष्ट पारेका छन् । मोरङका चारजना महाधिवेशन प्रतिनिधिहरूले सुरुमा विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेपनि जिल्लाका पदाधिकारीहरूले आफूहरूलाई झुक्याएको आरोप लगाएका छन्। पदाधिकारीहरूले विशेष महाधिवेशनका लागि भन्दै नियमित महाधिवेशनमा हस्ताक्षर गराएकाले फिर्ता लिएको उनीहरूको भनाइ छ । मोरङको क्षेत्र नम्बर २ का महाधिवेशन प्रतिनिधि निरा कट्टेल तथा जानकी कुमारी केवरत र मोरङ ५ का महाधिवेशन प्रतिनिधि जिरालाल मण्डल तथा बिमलादेवी…

"हस्ताक्षर फिर्ता गराइएका चारजना विशेष महाधिवेशनकै पक्षमा"

लक्षित वर्ग उपचारका लागि वीर अस्पतालमा कक्ष स्थापना गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । विपन्न, असहाय र वेवारिसेले निःशुल्क प्राप्त गर्ने लक्षित वर्गको उपचारलाई प्रभावकारी बनाउन काठमाडौं महानगरपालिकाले वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्ने भएको छ । यसका लागि महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख दिपक के.स. र अस्पतालका निर्देशक प्रा. डा. दिलिप शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अस्पतालले सहजीकरण कक्षका लागि स्थान उपलब्ध गराउनेछ । कक्षमा नर्सिङ् विषय अध्ययन गरेका ३ जना जनशक्ति करार सेवामा राख्नेछ । यसरी राखिएका जनशक्तिको पारिश्रमिक महानगरपालिकाले उपलब्ध गराउनेछ…

"लक्षित वर्ग उपचारका लागि वीर अस्पतालमा कक्ष स्थापना गर्दै काठमाडौं महानगरपालिका"

तिहारको उत्सव, फूलको महोत्सव

नर्सरी व्यवसायी सङ्घ नेपालले ‘तिहारको उत्सव, फूलको महोत्सव’ भन्ने नाराका साथ यस वर्ष पनि तिहार फ्लोरा एक्स्पो–२०८२ आयोजना गरेको छ । तिहारलाई लक्षित गरी फूल, बोटबिरुवा तथा नर्सरी व्यवसायको प्रवद्र्धनको उद्देश्यले यही आज असोज २८ गतेदेखि कात्तिक १ गतेसम्मको लागि एक्सपो आयोजना भएको हो ।  

"तिहारको उत्सव, फूलको महोत्सव"

भौगोलिक दृष्टिले नेपाल सुन्दर भए पनि त्यति नै जोखिमपूर्ण छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्राकृतिक तथा मानवजनित विपद्का दृष्टिकोणले अति संवेदनशील मुलुक भएको बताएका छन् । उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरणसम्बन्धी चौथो राष्ट्रिय सम्मेलनमा सोमबार बोल्दै प्रत्येक वर्ष विपद्का कारण मुलुकमा ठूलो मात्रामा जनधनको क्षति हुने गरेको बताए । मन्त्री अर्यालले भौगोलिक दृष्टिले नेपाल सुन्दर भएपनि त्यति नै जोखिमपूर्ण पनि रहेको उल्लेख गरे । उनले भने, ‘नेपाल भूकम्प, बाढी, पहिरो, डुबान, आगलागी, सुख्खाजस्ता प्राकृतिक विपद् र अन्य मानवजनित विपद्को जोखिममा परेको देश हो…

"भौगोलिक दृष्टिले नेपाल सुन्दर भए पनि त्यति नै जोखिमपूर्ण छ : गृहमन्त्री अर्याल"

११औं महाधिवेशन मंसिरको अन्तिम साता गर्ने नेकपा एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन मंसिरको अन्तिम साता हुने पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । आइतबार बसेको सचिवालय बैठकले मंसिर अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेपनि स्थान र मितिको टुङगो केन्द्रिय कमिटीको बैठकले तय गर्ने ज्ञवालीले बताएका हुन् ।उनले भने, ‘नेकपा एमालेको सचिवालय बैठकले चार वटा महत्वपूर्ण निर्णय गरेको छ । नेकपा एमालेको ११औं महाधिवेशन मंसिरको अन्तिम साता आयोजना हुनेछ । स्थान र मितिको टुङगो हामीले केन्द्रिय कमिटीको बैठकबाट गर्ने छौ ।’…

"११औं महाधिवेशन मंसिरको अन्तिम साता गर्ने नेकपा एमालेको निर्णय"

भाइमसला सहित तिहारका समानको व्यापार सुरु

नेपालीहरुको महान चाड तिहार नजिकिँदै गर्दा बजारमा तिहारको सामान किन्ने र बेच्नेहरुको संख्या क्रमश बढ्दै गएको छ । तिहार लागेसँगै काठमाडौं उपत्यकाका मुख्य व्यापारिक क्षेत्रहरुमा सामान खरिद गर्ने र विक्री गर्नेहरुको भीड देखिएन थालेको हो । काठमाडौंको असन, इन्द्रचोक, नयाँ सडक, भोटाहिटीलगायतका क्षेत्रमा सर्वसाधारणको चहलपह सुरु भएको छ ।

"भाइमसला सहित तिहारका समानको व्यापार सुरु"

जेनजी युवाहरुबीचको विवादका कारण राष्ट्रपतिसँगको छलफल अनिश्चित

काठमाडौं । जेनजी प्रतिनिधिहरुसँग राष्ट्रपति रामचन्द्र पौडेलको छलफल अनिश्चित भएको छ । सोमबार राष्ट्रपति पौडेल र जेनजीहरुबीच हुने भनिएको वार्ता अनिश्चित भएको हो ।शनिबार वार्ता कार्यक्रम राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या आएपछि वार्ता आज९सोमबार०का लागि सारिएको थियो । तर, जेनजी युवाहरुबीच नेतृत्वको विषयमा विवाद हुँदा वार्ता एवम छलफल अनिश्चित बनेको छ । शनिबार सरकारले छानेका जेनजी प्रतिनिधिहरुप्रति केही युवाहरु असन्तुष्ट भई नाराबाजी गरेका थिए तर सरकारमा कसलाई पठाउने भन्नेबारे उनीहरुबीच विवाद टुङगिन सकेको छैन । प्रधानमन्त्री…

"जेनजी युवाहरुबीचको विवादका कारण राष्ट्रपतिसँगको छलफल अनिश्चित"

२० जीवित बन्धकहरूको सूचीमा विपिनको नाम समावेश नभएको जानकारी

काठमाडौं ।हमासको सैन्य शाखाले आज रिहा हुने २० जीवित बन्धकहरूको नाम सार्वजनिक गरेको छ । अमेरिकाको पहलमा इजरायल र हमासबिच युद्धविराम भएपछि आज हमासको नियन्त्रणमा रहेका जीवित र मृतक बन्दीहरु रिहा गर्ने कार्यक्रम छ तर आज छाड्न लागिएका २० जनाको सूचीहरुमा विपिनको नाम छैन । इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी भने जीवित नरहेको इजरायली सेनाका अधिकारीले जानकारी इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितलाई दिएका दिएको बीबीसीले उल्लेख गरेको छ । उनले आज बिहान साढे…

"२० जीवित बन्धकहरूको सूचीमा विपिनको नाम समावेश नभएको जानकारी"

तिहार नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको चहलपहल बढ्दै

काठमाडौं। तिहार सुरु हुन अझै केही दिन बाँकी भए पनि सङ्घीय राजधानी काठमाडौँका विभिन्न स्थानका बजारमा अहिले किनमेल गर्नेको चहलपहल बढेको छ । यसपटक तिहार आगामी कात्तिक २ गतेदेखि सुरु हुँदैछ । तर, तिहारमा आवश्यक पर्ने सामग्री पहिले नै किन्न उपभोक्ता बजारमा धाउन थालेका कारण चहलपहल बढेको व्यापारीहरू बताउँछन् । राजधानीका मुख्य व्यापारिक क्षेत्रहरू न्युरोड, असन, इन्द्रचोक, भोटाहिटी, लगनखेल, बानेश्वर, कोटेश्वर, थिमिलगायत स्थानमा तिहारको सामान किन्ने ग्राहकको चाप दिनप्रतिदिन बढ्दै जान थालेको छ । उपत्यका…

"तिहार नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको चहलपहल बढ्दै"