काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मंगलबारभित्र सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेकी छन् । राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका भट्टराईले भने, ‘निर्वाचन आयोगले चुनावी प्रतिवेदन बुझाइसकेको छ, अब राष्ट्रपितज्यूले ढिलो गर्नुहुन्न । सम्भवत: आउँदो मंगलबारभित्र उहाँले नयाँ सरकार गठनको आह्वान गर्नुहुन्छ ।’ संविधानमा निर्वाचन आयोगले चुनावको अन्तिम परिणाम बुझाएको ३५ दिनभित्र प्रधानमन्त्री नियुक्तिसम्बन्धी प्रक्रिया पूरा गर्नुपर्ने प्रावधान छ । नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसारको सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्नेछिन् ।…
"राष्ट्रपति भण्डारीले आगामी मंगलबारभित्र सरकार गठनका लागि आह्वान गर्ने"Category: मुख्य समाचार
बागलुङ। बागलुङमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ। बर्षेनि व्यावसायिकरूपमा उत्पादन हुँदै आएको सुन्तला गत वर्षभन्दा २० प्रतिशतले वृद्धि भएको हो। यस वर्ष बागलुङमा चार हजार तीन सय ८० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिए। उनका अनुसार गत वर्ष यहाँ कुल तीन सय ४५ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाको बोटबाट तीन हजार ६ सय ५० मेट्रिक टन उत्पादन भएको थियो। गत वर्ष जिल्लाभर २० करोड सात लाख ५०…
"बागलुङमा यस वर्ष चार हजार तीन सय ८० मेट्रिक टन सुन्तला उत्पादन"म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटना भएको तारा एयरको जहाजका भग्नावशेष सात महिनापछि सङ्कलन गरिएकोे छ । गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज दुर्घटना हुँदा चालक दलका तीनसहित २२ जनाको मृत्यु भएको थियो । भौगोलिकरूपमा विकट र दुर्गम पहाडको खोंच र पाखोमा छरिएका जहाजका पाटपुर्जालाई सङ्कलन गर्न तारा एयरले मङ्सिर १९ गतेदेखि मजदुरको टोली परिचालन गरेको थियो । टोलीको नेतृत्व गरेका इन्द्रसिंह शेरचनले समुद्री सतहबाट चार हजार तीन सय…
"तारा एयरको जहाजका भग्नावशेष सात महिनापछि सङ्कलन"काठमाडौं। निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसभित्र भावी प्रधानमन्त्रीलाई लिएर विभिन्न अड्कालबाजी सुरु भएको छ। सभापति शेरबहादुर देउवा फेरि प्रधानमन्त्री बन्ने दौडमा सबैभन्दा अगाडि छन्। संसदीय दलमा पनि देउवाको स्पष्ट बहुमत छ। संसदीय दलको निर्वाचनमा महामन्त्री गगन थापाले आफू प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छन्। तर गगन थापालाई रोक्दै संस्थापन इतर समूहबाट डा. शेखर कोइरालामाथि दलको नेता बन्न दबाव बढ्न थालेको छ। कोइराला समूहका सांसदहरुले गगनलाई नेता स्वीकार गर्न आनाकानी गर्दै संसदीय दलको निर्वाचनमा प्रतिस्पर्धा…
"संस्थापन इतर समूहबाट डा. शेखर कोइरालामाथि दलको नेता बन्न दबाव"काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा आज बुधबार सार्वजनिक गर्ने भएको छ । ४ मंसिरमा भएको निर्वाचनको अन्तिम नतिजा घोषणा गर्न आयोगले आज मध्याह्न साढे १ बजे पत्रकार सम्मेलन आयोजना गरिएको जनाएको छ । आयोगले आज प्रतिनिधिसभातर्फ १ सय ६५ र प्रदेशसभातर्फ ३ सय ३० क्षेत्रसँगै समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न लागेको हो ।आयोगले निर्वाचन अन्तिम नतिजा घोषणापछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने छ । त्यसपछि राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि…
"निर्वाचन आयोगले निर्वाचनको अन्तिम नतिजा आज सार्वजनिक गर्ने"कतारमा जारी फिफा विश्वकप २०२२ अन्र्तगत आज दोस्रो सेमिफाइनल खेल हुँदै छ। नेपाली समय अनुसार राति पौने १ बजे हुने खेलमा फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने छ। आजको विजेताले फाइनलमा अर्जेन्टिनासँग खेल्ने छ। अर्जेन्टिनाले गत संस्करणको फाइनल खेलेको क्रोएशियालाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरिसकेको छ। यस विश्वकपमा मोरक्कोले एक मात्र गोल खाएको छ। त्यो पनि मोरक्कन खेलाडीको गल्तीले। मोरक्कोले क्यानडाविरुद्ध गोल खाएको थियो। डिफेन्डिङ च्याम्पियन फ्रान्सले एउटा पनि नकआउट खेललाई पेनाल्टी…
"विश्वकप २०२२, फ्रान्स र मोरक्कोबीच दोस्रो सेमिफाइनल खेल हुने"काभ्रे। काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका ४ चलाल गणेस्थानमा मंगलबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाएका १७ मध्ये १३ जनाको सनाखत भएको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार मृत्यु हुनेमा बनेपा नगरपालिका ११ की ७९ वर्षीया निर्मला तामाङ, ११ वर्षीय योगेश तामाङ, ५० वर्षीय अंकुर तामाङ, ४३ वर्षीया हेमा तामाङ, १० वर्षीय पुष्कर तामाङ, २५ वर्षीया कोपिला तामाङ र ६ वर्षीया श्रेया तामाङ रहेका छन्। त्यस्तै बनेपा नपा–१४ का ३९ वर्षीय राजकुमार तामाङ, २८…
"काभ्रेपलाञ्चोक बस दुर्घटनामा ज्यान गुमाएका १७ मध्ये १३ जनाको सनाखत"काभ्रेपलान्चोक बेथानचोकको च्यासिङखर्कबाट पनौती फर्कँदै गरेको एक यात्रु वाहक बस दुर्घटना भएको छ।बेथानचोक गणेशस्थानमा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।मृतकको संख्या अझ बढ्न सक्ने बताइएको छ । च्यासिङखर्कमा आयोजना भएको छेवर(ब्रतवन्ध)कार्यक्रममा भागलिएर फर्कने क्रममा उक्त दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।उक्त दुर्घटनामा परी घाइते भएकाको बनेपास्थित सिरमेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । थप विवरण आउन बाँकी छ।
"काभ्रेपलान्चोकमा रिजर्भ बस दुर्घटना ।"काठमाडौं, २७ मंसिर । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको अन्तिम सूची आज सार्वजनिक गर्ने तयारी गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अुनसार गत सोमबार दलहरूले बुझाएको अन्तिम सूची रुजु गर्ने काम सकिएको छ । आज नामावली सार्वजनिक हुनेछ । आयोगले समानुपातिकतर्फको सिट निर्धारण यसअघि नै गरिसकेको छ । जसअनुसार प्रतिनिधिसभामा एमालेले ३४, कांग्रेसले ३२, माओवादीले १४, स्वतन्त्र पार्टीले १३, राप्रपाले ७ तथा जसपा र जनमतले ५(५ सिट पाएका छन् ।
"निर्वाचन आयोगले आज समानुपातिकतर्फको अन्तिम सूची सार्वजनिक गर्ने"काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले सरकारविरुद्ध प्रदर्शन गरेको छ। अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीले अपराधीहरुलाई अध्यादेश ल्याएर उन्मुक्ति दिन लागेको भन्दै क्याम्पस अगाडि प्रदर्शन गरेको हो । सरकारले कानुनी राज्यको धज्जी उडाउँदै संविधानमाथि ठाडो हस्तक्षेप गरेको अनेरास्ववियुको आरोप लगाएको छ प्रदर्शनपछि घण्टाघर अगाडि आयोजित कोणसभामा विद्यार्थी नेताहरुले अपराधीहरुलाई छुटाउन अध्यादेशको सहारा लिन खोजेको भन्दै सरकारको आलोचना गरेका थिइ । उनीहरुले रेशम चौधरीको बहानामा कांग्रेस नेता मोहम्मद अफ्ताव आलमलाई छुटाउन खोजिएको आशंकासमेत गरेका छन्…
"अध्यादेशको विरोधमा एमाले निकट विद्यार्थी सङ्गठनअनेरास्ववियुको प्रदर्शन"



















