काङ्ग्रेस केन्द्रिय सदस्यद्वय मधु आचार्य र गणेश लामालाई कार्वाहीको लागि सिफारिस

नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति काभ्रेको आज बसेको बैठकले भर्खरै सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई अन्तर्घात गरेको भन्दै पार्टीका केन्द्रिय सदस्यद्वय मधु आचार्य र गणेश लामालाई कार्वाहीको लागि सिफारिस गरेको छ ।बैठकले पाँचखाल नगरपालिका प्रमुख महेश खरेललाई पनि कार्वाहीका लागि सिफारिस गरेको छ ।

उक्त बैठकले उहाँहरुलाई साधारण सदस्य समेत नरहेगरी कार्वाही गर्न सिफारिस गरेको हो ।

पार्टीको केन्द्रीय परिपत्र अनुसार काभ्रे काङ्ग्रेसको प्रदेश सभा क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमितिले गएको निर्वाचनमा पार्टीको उम्मेदवारलाई अन्तरघात र असहयोग गरेको भन्दै कार्वाहीको लागि सिफारिस गरेको हो ।