नेकपा एमालेका नेता भीम रावलले आज कैलालीको धनगढीमा पत्रकार सम्मेलन गर्दै आफू एमालेमै रहिरहन अन्तिम विन्दुसम्म प्रयास गर्ने बताएका छन् ।नेकपा एमालेका नेता भीम रावलले आफूलाई एमालेमा बस्न नदिने उद्देश्यले घचेटिराखे नयाँ पाइला चाल्ने बताएका छन् । राष्ट्रियता, विधि, पद्धतिका विषयमा आवाज उठाउँदा आफूलाई एमालेबाट घचेट्ने काम भएको भन्दै नेता भीम रावलले यही प्रक्रिया चलिरहे कार्यकर्ता र जनताको सल्लाहमा नयाँ पाइला चाल्ने बताए ।त्यो अन्तिम बिन्दु कुन हुनेछ भनेर अहिले भन्न नसक्ने उनले बताए । अछाममा…
"अन्तिम बिन्दुसम्म पनि एमालेमा रहन प्रयास गर्छु :भीम रावल"Category: मुख्य समाचार
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले मिटर ब्याज पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै पीडितहरूको माग छिटोभन्दा छिटो मन्त्रिपरिषद्बाट सम्बोधन गर्नुपर्ने बताएका छन् । मेयर बालेनले खुलामञ्च निषेधित क्षेत्र नभएको भन्दै माइतीघरमा आन्दोलन गर्नेहरूका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारी भने शंकास्पद भएका बताएका हुन् । मिटर ब्याज पीडितहरूलाई खुलामञ्च प्रवेशमा रोक लगाएको भन्दै आलोचना भइरहेको बेला मेयर साहले सामजिक सन्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् । बर्दिवासबाट १२ दिन पैदल हिँडेर सोमबार काठमाडौँ आइपुगेका…
"मिटर ब्याज पीडितहरूको आन्दोलनमा बालेनको ऐक्यबद्धता"काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता एवं संघीय सांसद शेखर कोइरालाले नागरिकको विश्वास र संसदको समर्थनवाट देशमा देखापरेको अर्थतन्त्रको संकट सम्वोधन गरेर समृद्धिको यात्रा तय गर्नुपर्नेमा जोड दिएका छन् । नेता कोइरालाले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि चुनौति देखिएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले अहिले मुलुकमा अकल्पनीय राजनीतिक द्वन्द्व सुरु भएको बताएका हुन् । उनले यसको कारण स्वयं राजनीतिक दल र आफूहरु भएको उनले बताए ।…
"राष्ट्र सिकिस्त बिरामी छ: शेखर कोइराला"काठमाडौं – आज बसेको मन्त्रिपरिषद् बैठकले वसन्त कुँवरलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।सरकारले नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षकको वरियता क्रममा १ नम्बरमा रहेका कुँवरलाई महानिरीक्षकमा बढुवा गरेको हो । आइजिपीका लागि कुँवरसँगै एआइजीहरू टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य दाैडमा थिए ।उनले एक वर्ष प्रहरीको नेतृत्व सम्हाल्नेछन् । प्रहरी महानिरीक्षकमा नियुक्त भएका कुँवरले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन्।प्रधानमन्त्री कार्यालयमा भएको भेटमा आईजीपी कुँवरलाई प्रधानमन्त्रीले बधाई दिएका थिए।
"वसन्त कुँवरलाई प्रहरी महानिरीक्षक बनाउने सरकारकाे निर्णय"चितवन-२ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले गत निर्वाचनका उम्मेदवार रहेका उमेश श्रेष्ठसहित ११ जनाको नाम सिफारिस गरेर केन्दमा पठाउने निर्णय गरेको छ । आगामी वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनका लागि गत निर्वाचनका उम्मेदवार रहे उमेश श्रेष्ठसहित देवेन्द्र गुरूङ, जीतनारायण श्रेष्ठ, राजेश्वर खनाल, मिलनबाबु श्रेष्ठ, राजन कार्की, कैलाश कोइराला, विपीन रामुदामु, देवकी गौतम, पार्वती शाह ठकुरी र गौरी श्रेष्ठ केन्द्रमा सिफारिस भएका छन् । साथै, पुर्व जिल्ला सभापति विकास कोइरालालगायतको कारबाही फुकुवाको निर्णय लिदै केन्द्रमा…
" चितवन-२ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसवाट उमेश श्रेष्ठसहित११ जनाको नाम सिफारिस "काठमाडौँ । आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत् राख्ने निर्णय गरेको छ । सरकारले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने निर्णय गरेको छ ।बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले…
"रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने निर्णय"काठमाडौं । पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघकी ज्योति पनेरु विजयी भएका छन् । उनले अखिल क्रान्तिकारीका त्रिसना आले मगरलाई पराजित गरेका हुन् । नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका विष्णु ढुंगेल निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धन (नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियू) का संयुक्त उम्मेदवार ढुंगेलले एमाले निकट अनेरास्ववियुका उम्मेदवार कैलाश तामाङलाई पराजित गरेका हुन् ।गठबन्धनको तर्फबाट अखिल क्रान्तिकारीले सभापति र नेविसंघले सचिव पद लिएर तालमेल भएको थियो ।
"पद्मकन्या क्याम्पसमा ज्योति पनेरु र नेपाल ल क्याम्पसमा विष्णु ढुंगेल निर्वाचित"सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुरुप प्रधानमन्त्रीपुष्पकमल दाहालले प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने बैठकबाट दोस्रो पटक विश्वासको मत लिँदै छन्। राष्ट्रपति र उपराष्ट्रपति चयनका सन्दर्भमा अघिल्लो गठबन्धनबीच मतैक्यता हुन नसकेपछि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्रीलाई विश्वासको मत लिनुपर्ने परिस्थिति सिर्जना भएको थियो।सत्ता समिकरण बदलिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज दोस्रो पटक विश्वासको मत लिँदै छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल गत…
"प्रधानमन्त्री पुष्पकमल दाहालले आज दिउँसो १ बजे दोस्रो पटक विश्वासको मत लिँदै"काठमाडौँ । निजामती कर्मचारी अस्पतालका कर्मचारीहरुले कार्यकारी निर्देशकको राजिनामा सहितका माग राखेर आन्दोलन सुरु गरेकाछन् । अस्पतालले केहिदिन अघि बिभिन्न पदका लागि ३ सय ५० भन्दा बढी संख्यामा कर्मचारी माग गरेपछि अस्पताल ब्यवस्थापन पक्ष र कार्यरत कर्मचारीहरु वीच विवाद उत्पन्न भएको थियो ।असन्तुष्ट चिकित्सक, कर्मचारीहरुले अस्पतालका कार्यकारी निर्देशक डा विधाननीधि पौडेलको राजिनामा मागेका हुन् । अस्पताल ब्यवस्थापनले एकलौटी ढंगबाट कर्मचारी भर्ना गर्न खोजेको कर्मचारीहरुको आरोप छ । बर्षौदेखि कार्यरत कर्मचारीको हित र मर्म विपरित ब्यवस्थापन एकलौटी…
"निजामती कर्मचारी अस्पतालका कर्मचारीहरु आन्दोलित ।"स्थनिय निकायले आर्थिक सहयोग रोक्का गरेपछि ब्रह्मायणी मन्दिरमा लिच्छविकाल देखि सञ्चालन हुँदै आएको फागुजात्रा समस्यामा परेको छ। काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिकास्थित यस मन्दिरमा बर्सेनि फागुजात्रा सञ्चालन गर्न पञ्चायतकालदेखि राज्यले आर्थिक सहयोग उपलब्ध गराउन थालेको हो। पालिकाले रकम उपलब्ध गराउन नमिल्ने भन्दै एक्कासि सञ्चालन खर्च रोक्का गर्ने निर्णय गरेको छ। पञ्चायतकालमा २० हजार रुपियाँ जात्रा खर्च उपलब्ध गराउने गरिएकोमा वृद्धि हुँदै गत वर्ष ९७ हजार रुपियाँ उपलब्ध गराइएको थियो। मण्डनदेउपुरका नगरप्रमुख टोकबहादुर वाइबासँग स्थानीयले सहयोग माग्न जाँदा…
"स्थनिय निकायले आर्थिक सहयोग रोक्का गरेपछि मन्डनदेउपुरको फागुजात्रा समस्यामा"




















