काठमाडौं।पेटमा स्वास्थ्य समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्।पौडेल शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् । उनलाई टिचिङ अस्पतालको भिभिआइपी कक्ष ६०१ मा राखिएको छ।हाल उनको चिकित्सकहरुको निगरानीमा उपचार भइरहेको अस्पतालद्वारा जारी बिज्ञप्तिमा भनिएको छ।
"राष्ट्रपति पौडेल चिकित्सकको निगरानीमा"Category: मुख्य समाचार
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।प्रधानमन्त्री प्रचण्डले कांग्रेसका ४ जनालाई मन्त्री नियुक्त गरेका छन् ।कांग्रेसको शेखर कोइराला समूहले मन्त्री बन्ने सांसदको नाम नबुझाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसबाट ४ जनालाई मात्र नियुक्त गरेका छन् । शुक्रबार बिहान बसेको कोइराला समूहको बैठकले सरकारमा सम्मानजनक सहभागिता नपाए सहभागी नहुने निर्णय गरेको थियो । कांग्रेसको भागमा परेका ८ मध्ये कम्तीमा ३ मन्त्रालय आफ्नो समूहले पाउनुपर्ने उसको अडान छ । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा…
"कोइराला समूहको असहमतिले सरकार अझै पूर्ण भएन"राजधानीमा जारी त्रिदेशीय प्रधानमन्त्री कप फुटबल प्रतियोगिताको आज साँझ ६ बजे दशरथ रंगशालामा हुने फाइनल खेलका लागि घरेलु टोली नेपाल र लाओस आमने सामने हुने छन् । यो प्रतियोगितामा नेपाल, भुटान र लाओस सहभागि थिए । जसमा नेपालले लओसलाई पराजित गर्दा भुटानसँग बराबरी खेल्दै फाइनल पुगेको हो । लाओसले भने भुटानमाथि जित दर्ता गर्दै नेपालसँग भेट पक्का भएको थियो । नेपाली टिममा युवा खेलाडीको बाहुल्यता रहेको छ । अधिकांश सिनियर खेलाडीले टिम छाडेर विदेश पलायन…
" त्रिदेशीय कप फुटबल प्रतियोगिताको फाइनल आज ,नेपाल र लाओस भिड्दै"काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकारमा कांग्रेस नेता सुनीलबहादुर थापा नियुक्त भएका छन् ।राप्रपाका संस्थापक नेता पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिल २०७७ कात्तिकमा कांग्रेस प्रवेश गरेका थिए । यस्तै राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार थापाको नियुक्ति बुधबार भएको हो।राष्ट्रपति पौडेलले आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल र कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरेका थिए । नेपाल पूर्व गभर्नर हुन भने कुँवर गण्डकी प्रदेशका पूर्व प्रमुख हुन् । राजनीतिक सल्लाहकारमा नियुक्त सुनीलबहादुर थापा कांग्रेस प्रवेश गरेसँगै सहमहामन्त्री बने,र१४औं…
"सूर्यबहादुर थापाका छोरा सुनिल राष्ट्रपतिका राजनीतिक सल्लाहकार"चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार गरेर शपथ गराउने प्रयासमा आफू रहेको बताएका छन् । भरतपुर विमानस्थलको टर्मिनल भवन शिल्यान्यास गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले यस्तो बताएका हुन् ।“आजै मन्त्रिपरिषद् विस्तार गरेर शपथग्रहण गराउने मेरो तयारी छ । आज सकिएन भने भोलि बिहान होला,” उनले भने, “काम त हाम्रो सकिएको छ । एक–दुईवटा मन्त्रालय टुंग्याउन थोरै बाँकी छ । यस्तै, प्रधानमन्त्री प्रचण्डले चितवनस्थित गौतम बुद्ध क्रिकेट रंगशाला अलपत्र पर्न नदिने पनि प्रतिबद्धता जनाएका…
"आजै साँझ वा भोलि बिहानसम्म क्याबनिेट विस्तार हुन्छ:प्रधानमन्त्री"काठमाडौं । नेपाली कांग्रेसले खाली रहेको तनहुँ क्षेत्र नम्बर–१ मा केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई र चितवन–२ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बिहीबार पार्टी कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उपनिर्वाचनका लागि २ क्षेत्रका उम्मेदवारको टुंगो लगाएको हो । नेपाल विद्यार्थी संघको ०५४ सालदेखि ०५७ सालसम्म अध्यक्ष भएर काम गरेका भट्टराई अहिले पार्टीका केन्द्रीय सदस्य छन् । भट्टराई अहिलेसम्म सार्वजनिक लाभको पदमा बसेका छैनन् ।श्रेष्ठ नेविसंघ चितवनका पूर्वअध्यक्ष र कांग्रेसका निवर्तमान जिल्ला सभापपति…
"कांग्रेसले तनहुँ–१ मा गोविन्द भट्टराई र चितवन–२ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने"बारा–२ बाट निर्वाचित सांसद रामसहाय प्रसाद यादव उपरास्ट्रपतिमा निर्वाचित भएपछी खाली भएको उक्त निर्वाचन् क्षेत्रबाट उम्मेद्वारी दिने तयारीमा रहेका ज स पा नेता उपेन्द्र यादव सङ चुनाव लड्ने तयारीका साथ नेकपा (माओवादी केन्द्र) का नेता शिवचन्द्र कुशवाहा जनमत पार्टीमा प्रवेश गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनी जनमत पार्टीमा प्रवेश गरेका हुन् ।माओवादी केन्द्रभित्र भएको अन्तरघातको कारणले आफूले थोरै मतले गत निर्वाचन हारेको उनले बताए र अहिलेको उपनिर्वाचनमा माओवादीले आफ्नो पार्टीबाट उम्मेदवार…
"बारा–२ मा उपेन्द्रसँग कुशवाहा भिड्ने"काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा जारी सत्ता साझेदार १० दलको बैठक निष्कर्षविहीन टुंगिएको छ ।सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तारमा सहमति जुटाउन सकेको छैन । मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालय भागबन्डा गर्न बुधबार बिहान बसेको गठबन्धन बैठक बिनानिष्कर्ष टुंगिएको छ । बैठकमा सहमति नजुटपछि दिउँसो ३ बजे बस्ने गरि नेताहरु बालुवाटारबाट बाहिरिएका छन् । मंगलबार साँझ भएको लामो छलफल पनि निष्कर्षविहीन भएपछि बुधबार बिहान १० दलका नेता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जम्मा भएका थिए ।
"सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन, पुनःअपरान्ह ३ बजे बस्ने"काठमाडौ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । मन्त्रालय भागबण्डाको बारेमा छलफलका लागि बैठक सुरु भएको हो ।आजको बैठकले मन्त्रालय भागबन्डामा सहमति जुटाउनुको साथै न्यूनतम साझा कार्यक्रमलाई अनुमोदन गर्ने तयारी छ । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको सत्तारुढ गठबन्धनको बैठक निष्कर्षविहीन टुङिएको थियो ।गठबन्धनमा मन्त्रालयको भागबण्डामा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ हुँदै आएको छ । हिजो बसेको बैठकमा नेपाली कांग्रेसले ९ वटा मन्त्रालयमा दाबी पेस गरेको थियो।यस्तै…
"प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी"काठमाडौं ।सरकारले गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा मिटरब्याज पीडितको समस्या समाधानका लागि वार्ता टोली गठन गरेको छ । सरकारले गठन गरेको समितिमा गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा,गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानून न्याय तथा संसदीय मामाला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गा रहेका छन् । समितिले पीडितहरूसँग वार्ता गरेपछि प्रधानमन्त्री प्रचण्डले आजै मिटर ब्याज पीडितसँग भेट्ने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । महोत्तरीको बर्दिबासबाट १२ दिनको पैदल…
"मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारले बनायो वार्ता टोली"




















