प्रधानमन्त्री प्रचण्ड र विप्लवबिच भेटवार्ता

काठमाडौ । प्रधानमन्त्री प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवबिच भेटवार्ता भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा हिजो दुई नेताबिच भेटबार्ता भएको हो। भेटघाटमा देशको समसामयिक राजनीतिक समस्याको विषयमा गम्भीरतापुर्वक छलफल भएको बताइएको छ ।बिशेषत ‘समाजवादी मोर्चा ‘ गठनको विषयमा नेताहरू विच सकारात्मक कुराकानी भएको बताईएको छ । भेटघाटको क्रममा नेकपा सम्बद्ध बन्दीहरुको रिहाई र झुटा मुद्धा खारेजीको विषयमा समेत कुराकानी भएको र बन्दीहरू रिहा गर्न प्रधानमन्त्री प्रचण्ड सकारात्मक रहेको कुरा महासचिव विप्लवको सचिवालयले जानकारी दिएको छ…

"प्रधानमन्त्री प्रचण्ड र विप्लवबिच भेटवार्ता"

डा. स्वर्णिम वाग्ले तनहुँ -१ मा फराकिलो मतान्तरसहित विजयी 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित विजयी भएका छन्। हालै नेपाली कांग्रेस परित्याग गरी रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका वाग्लेले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ३ सय ८८ मतले हराएका हुन्। वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याउँदा भट्टराईले २० हजार ९२ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ५ सय ५५ मत प्राप्त गरेका छन्। तनहुँ-१ मा १ लाख २३ हजार ३ सय ५…

"डा. स्वर्णिम वाग्ले तनहुँ -१ मा फराकिलो मतान्तरसहित विजयी "

आठौं पटक मन्त्रिपरिषद् विस्तार,परराष्ट्रमन्त्रीमा एनपी साउद

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।मन्त्रिपरिषद् विस्तार गर्दा परराष्ट्रमन्त्रीमा एनपी साउद चयन भएका छन् ।  राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतलनिवासमा नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् ।नवनियुक्त राज्यमन्त्री नेकपा एकीकृत समाजवादीकी नन्दा चपाईलाई प्रधानमन्त्री प्रचण्डले शपथ गराए । आठौंपटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि मन्त्रिपरिषद्ले अझै पूर्णता पाएको छैन ।

"आठौं पटक मन्त्रिपरिषद् विस्तार,परराष्ट्रमन्त्रीमा एनपी साउद"

रघुजीको प्रधानमन्त्री हराएको सूचना, रामहरिको प्रतिवाद

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संसदमा प्रधानमन्त्री हराएको सूचना सुनाएका छन् । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अनुपस्थित भएपछि एमाले सांसद पन्तले व्यंग्य गरेका हुन् । उनले केही दिनअघि प्रधानमन्त्रीलाई संसद बैठकमा झुलुक्क देखेको र त्यसपछि नदेखिएको भन्दै व्यंगात्मक शैलीमा प्रधानमन्त्रीको खोजीका लागि सूचना प्रस्तुत गरेका हुन् । पन्तले सुनाए को सूचना यस्तो थियो:- नागरिकताको नाम श्री पुष्पकमल दाहाल। चलनचल्तीको नाम प्रचण्ड। स्थायी ठेगाना फेरिइ राख्ने। अस्थायी ठेगाना कहिले खुमलटार, कहिले बालुवाटार। हुलिया पहिलेपहिले…

"रघुजीको प्रधानमन्त्री हराएको सूचना, रामहरिको प्रतिवाद"

ब्याजदर एकल अंकमा घटाउने बैंकर्स संघको निर्णय

काठमाडौं । वाणिज्य बैंकहरुले नयाँ बर्ष देखि लागू हुने गरी निक्षेपको ब्याजदर एकल अंकमा घटाउने भएका छन् । । बुधबार बिहान बसेको बैंकर्स संघको बैठकले एक वर्षे मुद्दतीको ब्याज ११ प्रतिशतबाट ९.९९ प्रतिशतमा झार्ने निर्णय गरेको हो । त्यस्तै संस्थागत निक्षेपकर्ताको ब्याजदर ७.९९ प्रतिशतमा आएको छ । बचतको ब्याजदर ५.४ देखि ७.४ प्रतिशतमा झारेको छ । अहिले झरेको निक्षेपको ब्याजको असर आधार दरमा साउनदेखि पर्ने छ । यद्यपि बचतको ब्याजदर तत्कालै घट्ने भएकाले आधार दर…

"ब्याजदर एकल अंकमा घटाउने बैंकर्स संघको निर्णय"

नेपाली कांग्रेससँगको वार्ता समाप्त: गोविन्दराज जोशी

कांग्रेसले स्पष्ट कुरा नगरी अल्मल्याउने र आलटाल गरेको भन्दै गोविन्दराज जोशी समूहले नेपाली कांग्रेससँगको वार्ता समाप्त भएको घोषणा गरेको छ। जोशीले बुधबार विज्ञप्ति निकालेर यो चरणको वार्ता समाप्त भएको घोषणा गरेका हुन् ।जोशीले विज्ञप्तिमा नेपाली कांग्रेसका प्रतिनिधिहरूसँग भएको भनिएको हाम्रो वार्ता हामीलाई झुक्याउने, स्पष्ट कुरा नगरी अल्मल्याउने र आलटाल गर्ने प्रयत्न भएको महसुस हामीले गरेका छौं,’ आजदेखि कांग्रेससँग हाम्रो यो चरणको वार्ता समाप्त भएको घोषणासमेत गर्दछौँ ।’

"नेपाली कांग्रेससँगको वार्ता समाप्त: गोविन्दराज जोशी"

आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रति लिटर रु ३, डिजेल र मट्टितेलमा प्रति लिटर रु १०, हवाई इन्धन (आन्तरिकतर्फ) प्रति लिटर रु १० र हवाई इन्धन (वाह्यतर्फ) प्रति लिटर अमेरिकी डलर ७० (अर्थात् करिब रु १० प्रति लिटर) ले घटाइएको निगमले जनाएको छ । घटेको मूल्य अनुसार अब निगमको डिपो कार्यालयदेखि १५ किलोमिटरसम्म पेट्रोल रु १७५ प्रतिलिटर, डिजेल र मट्टितेल रु १७०, हवाई इन्धन (आन्तरिक) रु…

"आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो"

नेपाली कांग्रेसकातर्फबाट गोविन्द भट्टराईले गरे तनहुँ १ मा मनोनयन दर्ता

तनहुँ ।  आगामी बैशाख १० मा हुने उपनिर्वाचनका लागि तनहुँ १ मा नेपाली कांग्रेसकातर्फबाट गोविन्द भट्टराईले मनोनयन दर्ता गरेका छन् ।उनको प्रस्तावकमा श्यामकुमार मौराती र समर्थकमा सरिता गुरुङ छन् । यहाँ नेकपा एमालेबाट सर्वेन्द्र खनालले मनोनयन दर्ता गराइसकेका छन् भने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेले पनि मनोनयन दर्ता गराउँदै छन् ।

"नेपाली कांग्रेसकातर्फबाट गोविन्द भट्टराईले गरे तनहुँ १ मा मनोनयन दर्ता"

रास्वपा सभापति रवि लामिछानेले दर्ता गराए चितवन २ बाट उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ बाट उमेदवारी दर्ता गराएका छन् । उनले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सुरुमै उम्मेदवारी दर्ता गराएका हुन् । वैशाख १० गते हुने उपनिर्वाचनका लागि रविले चितवन–२ बाट उमेदवारी दिएका हुन् । गत प्रतिनिधि सभा चुनावमा उनी सोही क्षेत्रबाट भारी मतसहित निर्वाचित भएका थिए । उनले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सुरुमै उम्मेदवारी दर्ता गराएका हुन् । सोही क्षेत्रबाट सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेका रामप्रसाद न्यौपाने, राप्रपाका…

"रास्वपा सभापति रवि लामिछानेले दर्ता गराए चितवन २ बाट उम्मेदवारी"

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्दै छ।  मन्त्रिपरिषदको पूर्णता, उपनिर्वाचन, समयसमायिक राजनीतिक बिषयमा छलफल गर्नका लागि कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।बैठकले बारा क्षेत्र नम्बर २ मा हुने उपचुनावमा पार्टीका तर्फबाट उठ्ने उम्मेदवारबारे निर्णय गर्ने बताइएको छ। यसअघि यही चैत १६ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चितवन २ मा जितनारायण श्रेष्ठ र तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने केन्द्रीय समितिको निर्णयलाई अनुमोदन गरिसकेको…

"कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै"