सत्ता समीकरणमा आएको परिवर्तन सकारात्मक: नेकपा एमाले

नेकपा एमाले सचिवालय बैठकले सत्ता समीकरणमा आएको परिवर्तन सकारात्मक भएको बताएको छ । आज बसेको सचिवालय बैठकले यो समीकरणमा सहभागी हुन अरु दललाई अपील पनि गरेको छ । पार्टीको सचिवालय बैठकले सत्ता समीकरण उचित समयमा परिवर्तन भएको र यसले देशका समस्या समाधान गर्ने निष्कर्ष निकालेको छ । यो परिवर्तनले जनतामा उत्साह जगाउने कुरामा सकारात्मक योगदान दिने एमालेको निचोड छ । मुलुकमा एक प्रकारको संकटको अवस्था सिर्जना भएको र त्यसलाई सकारात्मक दिशामा अघि बढाउने कुरामा जनतामा…

"सत्ता समीकरणमा आएको परिवर्तन सकारात्मक: नेकपा एमाले"

सुमना शिक्षा मन्त्री,बिराज खेलकुद !

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालय सहित चार मन्त्रालय पाउने सहमति भएको संगै सम्भावित मन्त्रीहरुको नाम सार्वजनिक भइरहेको छ । रास्वपा स्रोतले सुमना शिक्षा मन्त्री र बिराजभक्त श्रेष्ठ खेलकुद मन्त्री बन्ने जानकारी दिएको छ।पार्टी सभापति रबि लामिछाने गृह मन्त्री बन्ने पक्का हुँदा डोल प्रसाद अर्याल श्रम मन्त्री बन्नेछन। आज बालुवाटारमा बसेको नयाँ गठबन्धन बैठकमा रास्वपाले चार मन्त्रालय पाउने सहमति जुटेको थियो ।

"सुमना शिक्षा मन्त्री,बिराज खेलकुद !"

राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृह,शिक्षा, श्रम र युवा तथा खेलकुद मन्त्रालय !

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालय सहित चार मन्त्रालय पाउने सहमति भएको छ।गृह,शिक्षा, श्रम र युवा तथा खेलकुद मन्त्रालय रास्वपाले पाउने स्रोतले जानकारी दिएको छ। आज बालुवाटारमा बसेको नयाँ गठबन्धन बैठकमा रास्वपाले चार मन्त्रालय पाउने सहमति जुटेको बताइएको हो ।

"राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृह,शिक्षा, श्रम र युवा तथा खेलकुद मन्त्रालय !"

कार्यदलमा एमालेलाई ८, माओवादीलाई ५, रास्वपालाई ४ र जसपालाई २ मन्त्रालय राख्ने सहमति !

काठमाडौँ । नेकपा एमाले, नेकपा माओवादी,राष्ट्रिय स्वतन्त्र पार्टी ,जसपा नेपाल सहितको नयाँ गठबन्धनमा कार्यदलले मन्त्रालयको सिट संख्या बाँडफाँड टुंग्याएको बताइएकोछ । एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा नेपाल सम्मिलित चार दलीय कार्यदलमा भएको सहमति अनुसार प्रचण्ड सरकारको मन्त्रीमण्डलमा सिट संख्या लगभग टुंगिएको हो । स्रोतकानुसार  एमालेलाई ८, माओवादीलाई ५, रास्वपालाई ४ र जसपालाई २ मन्त्रालय राख्ने प्रारम्भिक सहमति भएको र बाँकी मन्त्रालय नेकपा एस लगायत गठबन्धनमा सहभागी दलहरुलाई दिइने बुझिएको छ । ‘

"कार्यदलमा एमालेलाई ८, माओवादीलाई ५, रास्वपालाई ४ र जसपालाई २ मन्त्रालय राख्ने सहमति !"

नेपाल–भारत सीमानाका जमुनाहामा अलपत्र नेपालीलाई गन्तव्यतर्फ पठाउन सुरु

बाँके ।नेपालगञ्जमा लागेको ‘कर्फ्यू’का कारण नेपाल–भारत सीमानाका जमुनाहामा अलपत्र परेका नेपालीलाई गन्तव्यतर्फ पठाउन सुरु गरिएको छ ।कर्फ्युका कारण सीमा क्षेत्रमा रोकिएका नेपालीलाई गन्तव्यसम्म पठाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक मीनबहादुर विष्टले बताउनुभयो । उहाँका अनुसार सीमा क्षेत्रमा दुई हजारको हाराहारीमा नेपाली अलपत्र अवस्थामा रहेका छन् ।उहाका अनुसार सीमा क्षेत्रमा २ हजारको हाराहारीमा नेपाली अलपत्र अवस्थामा रहेका छन् । यातायात व्यवसायीसँग समन्वय गरेर सीमा क्षेत्रमा रोकिएका सबै यात्रुलाई सुरक्षित गन्तव्यसम्म…

"नेपाल–भारत सीमानाका जमुनाहामा अलपत्र नेपालीलाई गन्तव्यतर्फ पठाउन सुरु"

माओवादी नेता डिलाराम आचार्य अस्वस्थ,हेलिकप्टर मार्फत नेपालगन्ज ल्याईयो

धनगढी ।नेकपा माओवादी केन्द्रका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज डिलाराम आचार्य अस्वस्थ भएपछि हेलिकप्टर मार्फत नेपालगन्ज पुर्याइएको छ। अछामको रामारोशन कार्यक्रममा सहभागी हुनका लागि साँफेबगर पुगेका आचार्यलाई एक्कासि स्वास्थ्यमा समस्या देखिएको हो । बुधबार बिहान एक्कासि समस्या देखिएपछि बयलपाटा अस्पतालमा प्रारम्भिक उपचार पछि हेलिकप्टर मार्फत नेपालगन्ज पुर्याइएको माओवादी केन्द्रका नेता खगराज भट्टले जानकारी दिए । उनको एकाएक बोली बन्द हुनुका साथै शरीरको दाहिने भागमा प्यारालाइसिस भएको भट्टको भनाइ छ । अहिले उनको नेपालगन्ज मेडिकल कलेजमा…

"माओवादी नेता डिलाराम आचार्य अस्वस्थ,हेलिकप्टर मार्फत नेपालगन्ज ल्याईयो"

भूकम्पबाट बझाङमा १ जनाको मृत्यु !

बझाङ ।बझाङमा हिजो गएको भूकम्पबाट एक जना माहिलाको ज्यान गएको छ ।ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ की ४० वर्षीया गुनमति धामी रहेकी छिन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो । प्रहरी टोली घटनास्थलमा गएको छ । भूकम्पबाट ११ जना घाइते भएका छन् । २ जना उपचारपछि घर फर्किएका छन् भने ९ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा जयपृथ्वी नगरपालिका–११ की सात वर्षीया सलिना जोशी, सोही…

"भूकम्पबाट बझाङमा १ जनाको मृत्यु !"

राहत शिक्षक र सरकारबीच ५ बुँदे सहमती,आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौं । सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँचबुँदे सहमति भएको छ । सहमतिसँगै शिक्षकहरुको आन्दोलनको कार्यक्रम स्थगित भएको छ । आज दिउँसो मन्त्रालयमा बसेको बैठकबाट आन्दोलनरत शिक्षक र मन्त्रालयबीच सहमति भएको हो ।बैठकमा शिक्षामन्त्री अशाेक राई,  शिक्षाराज्यमन्त्री प्रमिला कुमारी, सचिव सुरेश अधिकारी  सहभागी थिए ।  सहमतिमा राहत शिक्षकको सिमित प्रतिस्पर्धासम्बन्धी व्यवस्थालाई एक पटकका लागि आन्तरिकतर्फ शतप्रतिशत कायम गर्ने सहमति भएको छ ।परीक्षामा उत्तीर्ण भएका शिक्षकहरु स्थायी हुनेछन् भने अनुत्तीण भएका शिक्षकहरुलाई सरकारले आर्थिक…

"राहत शिक्षक र सरकारबीच ५ बुँदे सहमती,आन्दोलनका कार्यक्रम फिर्ता"

रोशी गाउँपालिकाले गर्यो एक हजार सात सय ८० परिवारको निःशुल्क स्वास्थ्य बिमा

काभ्रेपलाञ्चोक ।काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकाले एक हजार सात सय ८० परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ । साठी वर्षदेखि ७० बर्षसम्मका स्थानीयलाई निःशुल्क स्वास्थ्य बिमा गरेको जनाइएको छ । स्थानीय ३ हजार ७९ परिवारमध्ये दुई हजार छ सय ४८ घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा पाएका हुन् । यसमध्ये सरकारले आठ सय ६८ परिवार तथा गाउँपालिकाले एक हजार सात सय ८० परिवारको बिमा शुल्क ब्यहोरिएको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए । स्वास्थ्य शाखाका अनुसार ५४ पूर्ण अपाङ्गता…

"रोशी गाउँपालिकाले गर्यो एक हजार सात सय ८० परिवारको निःशुल्क स्वास्थ्य बिमा"

उपेन्द्र यादव अमेरिका प्रस्थान

काठमाडौँ । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादव आज बिहान अमेरिका प्रस्थान गरेका छन। अध्यक्ष उपेन्द्र यादवले कार्यवाहक अध्यक्षको जिम्मेवारी केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठलाई दिइएका छन । पार्टी अध्यक्ष उपेन्द्र यादव ,श्रेष्ठलाई जिम्मेवारी सुम्पिएर एन्टाको कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुन आज बिहान अमेरिका प्रस्थान गरेका हुन् । अध्यक्ष यादव फर्किएर नआउञ्जेलसम्मको लागि अध्यक्षले गर्ने कार्य गर्ने गरी श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो ।

"उपेन्द्र यादव अमेरिका प्रस्थान"