काठमाडौँ ।सुन तस्करीमा संलग्नकाे आरोपमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि पनि मुद्दा चलाउन जाँचबुझ आयोगले सिफारिस गरेकाे छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले पूर्व सभामुखसमेत रहेका महरालाई मुद्दा चलाउन सिफारिस गरेको हाे । आयोगले बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो भने शुक्रबार गृहमन्त्री लामिछानेले उक्त प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएका थिए । करिब साढे ५ महिनापछि बुझाएको प्रतिवेदनमा महरालाई दोषी किटान गरिएको छ । महरालाई आयोगले बयान समेत…
"पूर्वसभामुख महरामाथि मुद्दा चलाउन जाँचबुझ आयोगको सिफारिस"Category: मुख्य समाचार
नेपाली राष्ट्रिय फुटबल टिमले आज मलेसियासँग मैत्रीपूर्ण खेल खेल्दै छ ।नेपाली टोली फिफा विश्वकप तयारीमा रहेका बेला मलेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाल र मलेसियाबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरुहुने छ । नेपाली टोली मैत्रीपूर्ण खेलका लागि बुधबार नै मलेसिया पुगिसकेको छ । त्यहाँको मैत्रीपूर्ण अभ्यासपछि नेपाली टोली उतैबाट बहराइन प्रस्थान गर्ने छ । नेपालको अन्तर्राष्ट्रिय स्तरको मैदान दशरथ रंगशाला प्रतियोगिताका लागि अयोग्य भएपछि विश्वकप छनोटको दुवै खेल बहराइनसँग…
"नेपाली राष्ट्रिय फुटबल टिमले आज मलेसियासँग मैत्रीपूर्ण खेल खेल्ने"काठमाडौं । सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रमुख एआईजी किरण बज्राचार्यलाई सरुवा गर्ने भएको छ । उनको सरुवाका लागि मन्त्रिपरिषद बैठक बस्नुपर्छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले एआईजी बज्राचार्यको सरुवा फाइल बनाउन निर्देशन दिएको गृहका एक अधिकारीले जानकारी दिए । गृहले मन्त्रिपरिषदमा प्रस्ताव लगेपछि उनको सरुवा हुनेछ । ६१ केजी सुन तस्करी प्रकरणको अनुसन्धानमा एआईजी बज्राचार्यले राजनीतिक दलका नेता र प्रहरीका उच्च अधिकारीलाई कारवाहीको दायरामा नल्याएको भन्दै सुन तस्करीबारे छानविन गर्न गठित…
"सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यको सरुवा !"काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले विवादस्पद व्यक्तिलाई किन उपप्रधान एवं गृहमन्त्री बनाएको भन्दै प्रधानमन्त्रीसँग जवाफ मागेको छन् । कांग्रेसका सांसदहरूले गृहमन्त्री रवि लामिछानेप्रति प्रश्न उठाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ मागेका हुन् । आजको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सहमहामन्त्री तथा सांसद बद्री पाण्डेले विवादास्पद व्यक्तिलाई गृहमन्त्री नियुक्त गरिएको भन्दै यसप्रति प्रधानमन्त्री प्रचण्डको धारणा माग गरेका हुन् ।उनले सहकारी पीडितहरू आन्दोलनमा उत्रिएको भन्दै आरोपित व्यक्ति नै गृहमन्त्री हुँदा अनुसन्धानमा प्रभावित हुने जिकिर गरे । गृहमन्त्री…
"गृहमन्त्रीमा विवादास्पद व्यक्तिलाई नियुक्त गरिएको भन्दै काँग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ"काठमाडौं । नेकपा (एमाले)का सांसद ठाकुर गैरेले सत्तामा रहँदा कानमा तेल हालेर बस्ने, प्रतिपक्षमा हुँदा क्रान्तिकारी बन्ने प्रवृत्ति त्याग्नुपर्ने’ बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले यस्तो बताएका हुन् । “संसदीय अभ्यासमा अमिल्दो प्रयोग हामीले गर्दै आइरहेका छौँ । सरकारमा बसेको बेला, सत्तापक्षको बेन्चमा बसेको बेला देशमा जतिसुकै समस्या परून्, विकास नहोस्, भ्रष्टाचार होस्, बेथिति बढून्, कानमा तेल हालेर बस्ने । त्यसमा कुनै चासो नराख्ने,” उनले भने, “तर, प्रतिपक्षमा पुग्नासाथ भयंकार क्रान्तिकारी बन्ने…
"“संसदीय अभ्यासमा हामीले अमिल्दो प्रयोग गर्दै आइरहेका छौँ :ठाकुर गैरे"काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाएका छन् । बुधबार प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा २ बमोजिम विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावमाथि मत विभाजन हुँदा उनको पक्षमा १५७ मत पर्यो भने ११० जनाले विपक्षमा मतदान गरे । एक जना भने तटस्थ रहे । बुधबार प्रधानमन्त्रीले विश्वासको मत माग्दा प्रतिनिधिसभाका २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरेका थिए । प्रतिनिधिसभामा…
"प्रचण्डले पाए विश्वासको मत"काठमाडौं । नेकपा एमालेका अध्यक्ष एबं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्री बनाउन यो गठबन्धन नबनाएको बताएका छन् । ओलीले गठबन्धनमा १५ महिना पश्चात् नयाँ प्रधानमन्त्री बन्ने सहमति नभएको बताएका हुन् ।बुधबार प्रतिनिधिसभा बैठकमा उनले १३ वा १५ महिना भनेर प्रधानमन्त्रीको भागबन्डा नभएको जिकिर गरे । प्रधानमन्त्रीको कार्यकाल बजारभरि बाँडेको देख्छु । यसले यो सरकार परिवर्तन किन भएको र सहकार्य किन गरेको भनेर गरिमा घटाएको छ । यो खबर…
"माधव नेपाललाई प्रधानमन्त्री बनाउन गठबन्धन नबनाएको ओलीको जवाफ"काभ्रपलाञ्चोक । नमोबुद्ध नगरपालिका वडा नम्बर ५ स्थित कोटतिमालमा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु भएको छ । आज बिहान ५९ बर्षीय धनविर परियारलाई आफ्नै श्रीमति करिब कमला परियारले लठ्ठीले टाउकोमा हानेर हत्या गरेको बताइएको छ । कमलाले मादक पदार्थ सेवन गरी आफ्नै घर भित्र रहेको निगालोको लठ्ठिले श्रीमानको टाउकोमा हाँन्दा उनको मृत्यु भएको विवरण जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले उपलब्ध गराएको छ । श्रीमति कमला परियारलाई प्रहरिले नियन्त्रणमा लिएर कोटतिमाल चौकीमा राखिएको जानकारी प्राप्त भएको छ ।
"नमोबुद्धमा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु"काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले रक्तदानलाई अभियानकै रुपमा सञ्चालन गर्नुपर्ने बताएकी छिन् । ब्लड डोनर्स एसोसिएसन नेपालको आयोजनामा आजदेखि यहाँ सुरु भएको दोस्रो अन्तरराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले स्वयंसेवी रक्तदाताको सङ्ख्या बढाउन सरकारी र गैरसरकारी क्षेत्रबाट निरन्तर अभियान सञ्चालन गर्नुपर्ने बताइन् । रक्तदानसम्बन्धी चेतना जागृत गर्न सरकारले ध्यान दिने बताउँदै सरकारले प्रदान गर्ने लोककल्याणकारी विज्ञापनमा रक्तदानसम्बन्धी चेतनामूलक सामग्री थप्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री शर्माले अन्य सार्वजनिक सूचना र सन्देशमा पनि…
"रक्तदानलाई अभियानकै रुपमा सञ्चालन गर्नुपर्छ :सञ्चारमन्त्री"काठमाडौँ । मिडफिल्डर अनिता केसीले प्रीति राईको स्थानमा भारतीय महिला आई लिग खेल्ने भएकी छिन् । नेपाल राष्ट्रिय टोलीकी सदस्य प्रीति राई घाइते भएसँगै तीन महिना मैदान बाहिर हुने भएकी छिन् । प्रीति भारतीय आईलिगमा किक स्टार्सबाट खेल्ने गरेकी छिन् । तर, घाइते भएपछि किक स्टार्सले नेपाली राष्ट्रिय टोलीबाट खेलिरहेकी अनितालाई अनुबन्ध गरेको हो । किक स्टार्सले खेल्ने बाँकी तीन खेलमा अनिताले खेल्नेछिन् । अनिताले पहिलो पटक आई लिग खेल्न उत्साहित रहेको बताइन् । ‘पहिलो…
"घाइते प्रीति राईको ठाउँमा अनिताले आइ लिग खेल्ने "



















