कार्यदलमा एमालेलाई ८, माओवादीलाई ५, रास्वपालाई ४ र जसपालाई २ मन्त्रालय राख्ने सहमति !

काठमाडौँ । नेकपा एमाले, नेकपा माओवादी,राष्ट्रिय स्वतन्त्र पार्टी ,जसपा नेपाल सहितको नयाँ गठबन्धनमा कार्यदलले मन्त्रालयको सिट संख्या बाँडफाँड टुंग्याएको बताइएकोछ ।

एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा नेपाल सम्मिलित चार दलीय कार्यदलमा भएको सहमति अनुसार प्रचण्ड सरकारको मन्त्रीमण्डलमा सिट संख्या लगभग टुंगिएको हो ।

स्रोतकानुसार  एमालेलाई ८, माओवादीलाई ५, रास्वपालाई ४ र जसपालाई २ मन्त्रालय राख्ने प्रारम्भिक सहमति भएको र बाँकी मन्त्रालय नेकपा एस लगायत गठबन्धनमा सहभागी दलहरुलाई दिइने बुझिएको छ ।