राष्ट्रसंघको महासभा भोलिदेखि, प्रधानमन्त्री ओलीले असोज १० मा सम्बोधन गर्ने

न्युयोर्क । ‘कसैलाई पनि पछाडि नछाडौँ : वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव निष्ठा सुनिश्चित गर्न सहकार्य’ भन्ने नाराका साथ संयुक्त राष्ट्रसंघको ७९औँ महासभा अमेरिकाको न्युयोर्कमा भोलिदेखि सुरु हुँदै छ । राष्ट्रसंघको महासभा भोलिदेखि सुरु हुने भए पनि उच्चस्तरीय साधारण छलफल भने आउँदो असोज ८ गतेदेखि गरिनेछ । उक्त छलफल असोज १२ गतेसम्म गरिने र समापन असोज १४ मा हुने कार्यतालिकामा उल्लेख छ । म्बदगच ल्भउबिल्क्ष्ऋ ब्कष्बनेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा…

"राष्ट्रसंघको महासभा भोलिदेखि, प्रधानमन्त्री ओलीले असोज १० मा सम्बोधन गर्ने"

खेलाडीहरू राष्ट्रका गहना हुन् : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खेलाडीहरू राष्ट्रका गहना भएको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा पारालम्पिकमाकांस्य पदक विजेता पलेशागोवर्धनलाई सम्मान गर्दै देउवाले नेपाललाई विश्वभर चिनाउने कडीका रूपमा खेलकुद क्षेत्रलाई लिनुपर्ने बताएका हुन् । उनले नेपाली कांग्रेसले खेलाडी र खेलकुद क्षेत्रको विकासका लागि आवश्यक पहलकदमी गरिरहेको पनि बताए । सभापति देउवाले नेपालको इतिहासमा अन्तर्राष्ट्रियस्तरको कांस्यपदक प्राप्त हुनुले पनि नेपालको इज्जत बढेको बताए । पलेशागोवर्धनजी जो हुनुहुन्छ, उहाँले अत्यन्तै नेपाललाई कांस्य पदक जिताउनुभयो ।…

"खेलाडीहरू राष्ट्रका गहना हुन् : देउवा"

मातृभाषालाई प्रदेश र स्थानीय तहले कामकाजको भाषा बनाउनुपर्छ : पर्यटनमन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मातृभाषालाई प्रदेश र स्थानीय तहले कामकाजको भाषा बनाउनुपर्ने बताएका छन् । भाषा आयोगको स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले भाषाको प्रवर्द्धनका निम्ति कामकाजी भाषाको प्रयोग बढाइनुपर्ने बताए । मन्त्री पाण्डेले नेपालमा हाल भाषाको सङ्ख्या एक सय ३१ वटा पुगेको र यो सङ्ख्या अझै थपिँदै जाने उल्लेख गरे । उनले ध्वनि जबसम्म लिपीका रूपमा आउँदैन तबसम्म लोप हुन सक्ने धारणा राखे । मन्त्री पाण्डेले भने,…

"मातृभाषालाई प्रदेश र स्थानीय तहले कामकाजको भाषा बनाउनुपर्छ : पर्यटनमन्त्री पाण्डे"

लुम्बिनीका सांसद केसी कारागार चलान

काठमाडौं । लुम्बिनी प्रदेशका सांसद धनबहादुर (डीबीं) केसीले आत्मसमर्पण गरेपछि कारागार चलान भएका छन् । आइतबार रुकुम पूर्व जिल्ला अदालत पुगेर कांग्रेस सांसद केसीले आत्मसमर्पण गरेका हुन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एसएसपी माधव श्रेष्ठले सांसद केसीलाई अदालतमा उपस्थित गराइएको र आइतबार नै उनलाई कारागार चलान गरेको जानकारी दिए । रुकुम पूर्वका १(खं)बाट निर्वाचित धनबहादुर केसीलाई जिल्ला अदालतले किर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाए पनि…

"लुम्बिनीका सांसद केसी कारागार चलान"

सुष्माको ‘तिते करेलीमा अमिलो ट्वाक्क’ बोलको गित सार्वजनिक

काठमाडौंँ । पछिल्लो समयकी चर्चित गायिका सुष्मा बीसी, प्रमोद भुषाल र देवी घर्तीको स्वर रहेको तीज गित ‘तिते करेलीमा अमिलो ट्वाक्क’ सार्वजनिक भएको छ । गीतमा शब्द र संगीत प्रमोद भुसालको रहेको छ । गीतमा कृष्ण बाजुरालीको संगीत संयोजन रहेको छ ।  म्युजिक भिडियोमा गायिका स्वयम सुष्मा, मोडल नारायणी खत्री, सञ्चिता बोलाखे उमराज थापा लगायतको अभिनय छ । प्रविन थापाको कोरियोग्राफी तथा निर्देशन गरेको भिडियोको छायाङ्कन राजेश घिमिरेले गरेका हुन् भने सम्पादन अमृत चापागाईंले गरेका…

"सुष्माको ‘तिते करेलीमा अमिलो ट्वाक्क’ बोलको गित सार्वजनिक"

संविधान संशोधनबारे सार्वजनिक रूपमा बहस हुनुपर्छ : मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले दुई पार्टीका दुई वृद्ध नेताले व्यापारीको घरमा बसेर गरेको सहमति देशले स्वीर्कानुपर्ने बाध्यता नरहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद झाले संविधान संशोधनका बुँदाहरूबारे सार्वजनिक रूपमा बहस गर्नुपर्ने बताएका हुन् । संविधान संशोधनमा के–के बुँदा छ भनेर उहाँहरूले सार्वजनिक गर्नुपर्‍यो । सार्वजनिक गरेपछि त्यसलाई सार्वजनिकरूपमा बहस पनि गर्नुपर्‍यो । दुईवटा पार्टी र दुईवटा वृद्ध कुनै व्यापारीको कोठामा बसेर गरेको सहमतिलाई देशले स्वीकार्नुपर्छ भन्ने…

"संविधान संशोधनबारे सार्वजनिक रूपमा बहस हुनुपर्छ : मनिष झा"

सेयर बजारमा हरियाली, ३३.१५ अङ्कले बढ्यो नेप्से

काठमाडौँ । मङ्गलवार नेपाली सेयर बजारमा हरियाली छाएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३३.१५ अङ्कले बढेको छ । विहानबाटै बढ्ने गति लिएको नेप्से परिसूचक अन्तिम समय सम्ममा १.५९ % (प्रतिशत) ले बढ्दै २११५.२४ बिन्दुमा पुगेर रोकिएको हो । हिजो सोमबार नेप्से परिसूचक ८.९० अङ्कले बढेको थियो । त्यसअघि यो साताको आइतबार र गत साताको बुधबार र बिहीबार नेप्से परिसूचक घटेको थियो । विगत लामो समयदेखि बढ्ने कोसिस गरे पनि परिसूचक बढ्न सकेको थिएन…

"सेयर बजारमा हरियाली, ३३.१५ अङ्कले बढ्यो नेप्से"

बजेट निश्चित कार्यकर्ता र राजनीतिक चतुर्‍याइँमा केन्द्रित:प्रतिमा गौतम

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद प्रतिमा गौतमले आ।व।२०८१/८२ को बजेटले आर्थिक पुनःसंरचना दिन नसक्ने बताएकी छन् । प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै सांसद गौतमले बजेट उत्पादनमूलक क्षेत्रमा नभइ निश्चित कार्यकर्ता र राजनीतिक चतुर्‍याइँमा केन्द्रित रहेको बताएकी हुन् ।“यो सरकारको बजेट हेर्दा हामीले खोजेको आर्थिक समृद्धिभन्दा पनि सीमित व्यक्ति र राजनीतिक चतुर्‍याइँको लागि केन्द्रित भएको देखिन्छ,” उनले भनिन्, “कम्तीमा वित्तीय व्यवस्थापन खर्चभन्दा पुँजीगत खर्च रू एक मात्र बढी भएको…

"बजेट निश्चित कार्यकर्ता र राजनीतिक चतुर्‍याइँमा केन्द्रित:प्रतिमा गौतम"

सन्दीप लामिछानेको मुद्दामा आजै फैसला आउने !

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको जबर्जस्ती करणीसम्बन्धी मुद्दामा आज फैसला आउने सम्भावना प्रवल रहेकोछ ।उच्च अदालत पाटनमा मंगलबार पेसी चढेको उक्त मुद्दामा दिनभरिको सुनुवाइमा पनि वहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । न्यायाधीशद्वय सुदर्शन देव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा मुद्दाको सुनुवाइलाइ निरन्तरता दिइएको छ । आज बहस सकिएपछि फैसला आउन सक्ने उच्च अदालत पाटनका प्रवक्ता तीर्थ राज भट्टराईले जानकारी दिए ।  यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला…

"सन्दीप लामिछानेको मुद्दामा आजै फैसला आउने !"

कांग्रेसले भोलि बिहानसम्म प्रधानमन्त्रीको निर्णय कुर्ने

काठमाडौं । नेपाली कांग्रेसले भोली मंगलबार बिहानसम्म सरकारका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले दिने निर्णय कुर्ने भएको छ । प्रधानमन्त्रीबाट संसदीय समिति गठन गर्ने आश्वासन आएको भन्दै कांग्रेसले भोलि बिहानसम्म पर्खने निर्णय गरेको हो । आज बिहान सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको शीर्ष नेताहरूको बैठकले प्रधानमन्त्री आफ्नो माग का सम्बन्धमा सकारात्मक देखिएकाले भोलि बिहान बस्ने संसदीय दलको बैठकबाट थप निर्णय लिने भन्दै बैठक सकिएको एक नेताले जानकारी दिए । उनले भने, ‘छानबिन समिति बनाउन…

"कांग्रेसले भोलि बिहानसम्म प्रधानमन्त्रीको निर्णय कुर्ने"