दशैँका लागि सुकिला नोट वितरण आजदेखि सुरु

काठमाडौं ।नेपाल राष्ट्र बैंकले आज देखि दशैँका लागि आवश्यक पर्ने सुकिला नोट वितरण कार्य सुरु गरेको छ । राष्ट्र बैंकले दसैँका लागि भनेर आजदेखि असोज १० गतेसम्म सुकिला नोट वितरण गर्न लागेको हो । बैकंले यसअघि आइतबारदेखि सुकिला नोटको वितरण सुरु गर्ने भने पनि यही बीचमा जेनजी आन्दोलनका कारण देशमा राजनीतिक सङ्क्रमणको अवस्था देखिएकोले नोट वितरण हुन्छ कि हुँदैन भन्ने अन्योल थियो । तर, राष्ट्र बैक तथा बैंकहरूको भौतिक अवस्थामा धेरै क्षति नपुगेकोले तोकिएको समयदेखि…

"दशैँका लागि सुकिला नोट वितरण आजदेखि सुरु"

जेन–जी आन्दोलनको प्रभाव : पाँच चौकीमा तोडफोड र आगजनी

पर्सा । देशभर चर्किएको जेन–जी आन्दोलनको प्रभाव पर्सा जिल्लामा पनि देखिएको छ। आन्दोलनका क्रममा जिल्लाका पाँच प्रहरी चौकीमा तोडफोड र आगजनी भएको पर्सा प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, काठमाडौँमा भदौ २३ गते भएको प्रदर्शनमा १९ जना युवाको मृत्यु भएपछि भदौ २४ गते पर्सामा आन्दोलन उग्र बनेको हो। त्यस क्रममा सुगौलिबिर्तास्थित सानो इलाका प्रहरी कार्यालय ‘ख’, अस्थायी प्रहरी पोस्ट घण्टाघर, रानीघाट, शिव–पार्वती र गण्डक विटमा क्षति पु-याइएको छ। प्रदर्शन उग्र बन्दा केही आन्दोलनकारीले प्रहरी…

"जेन–जी आन्दोलनको प्रभाव : पाँच चौकीमा तोडफोड र आगजनी"

मैंले पार्टी छाडेको हुँ तर परिवर्तनको एजेन्डा छाडेको छैन् : सुमना श्रेष्ठ

काठमाडौं । पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठले आफूले राष्ट्रिय स्वतन्त्र पार्टी छाडेपनि परिवर्तनको एजेन्डा नछाडेको बताएकी छन् । आइतबार विहान समाजिक सञ्जाल फेसबुकमार्फत आफूले राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेको घोषणा गरेलगत्तै दिउँसो फेरी फेसबुक लाइभमा आएर यस्तो बताएकी हुन् । आफ्ना शुभचिन्तकहरुले आफूलाई दिएको साथ सहयोगका लागि धन्यवाद दिंदै उनले भनिन,‘मलाई धेरै जनाले आज किन पार्टी छाडेको ? यस्तो गर्नु हुँदैन थियो भनिरहेका छन् । मैंले आजसम्म उक्त पार्टी भित्र रहेर जति काम गर्न सकेँ त्यो…

"मैंले पार्टी छाडेको हुँ तर परिवर्तनको एजेन्डा छाडेको छैन् : सुमना श्रेष्ठ"

ड्रोनबाट देखिएको काठमाडौंको जेनजी प्रदर्शन

सरकारको भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध नयाँ पुस्ताका युवाहरुले काठमाडौंको माइतीघरबाट नयाँबानेश्वरसम्म प्रदर्शन गरेका छन्। प्रदर्शनकारीले सडकका दुवै लेन ढाकेर बानेश्वर पुगेका छन् । जेनजीहरुले भ्रष्टाचारविरुद्धका नारा लेखिएका प्लेकार्ड बोकेर कलेज र स्कुल पोशाकमा समेत प्रदर्शन गरेका छन्। स्वतस्स्फूर्त रुपमा आज बिहानैदेखि काठमाडौंको माइतीघरमा जम्मा भएका उनीहरू ११ बजेपछि बबरमहल हुँदै नयाँबानेश्व पुगेका छन् । आन्दोलन घोषणा गर्दा जेनजीहरुले संसद भवन अगाडि पनि प्रदर्शन गर्ने घोषणा गरेका थिए । तर, उक्त क्षेत्र…

"ड्रोनबाट देखिएको काठमाडौंको जेनजी प्रदर्शन"

बबरमहल–बानेश्वर सडकमा सवारी आवागमन पूर्णरुपमा बन्द

काठमाडौं । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध जेनजीले गरेको प्रदर्शनका कारण नयाँ बानेश्वर–बबरमहल सडक प्रभावित भएको छ । माइतीघर–बबरमहल हुँदै नयाँ बानेश्वर पुगेपछि जेनजीहरूले सडकका दुवैतर्फका लेनमा प्रदर्शन गरिरहेका छन् । सडकमा जेनजी पुस्ताका युवाहरुले भरिएपछि सवारी आवागमन पूर्ण रुपमा बन्द भएको हो ।अहिले उनीहरुलाई प्रहरीले ब्यारिकेड राखेर अघि बढ्नबाट रोकेको छ । आन्दोलन घोषणा गर्दा उनीहरुले संसद भवन अगाडि नै प्रदर्शन गर्ने बताएका थिए । उक्त स्थान निषेधित क्षेत्र भएकोले प्रहरीले…

"बबरमहल–बानेश्वर सडकमा सवारी आवागमन पूर्णरुपमा बन्द"

जेनजीको आन्दोलनमा प्रहरीले गोली चलायो

काठमाडौं । भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले गरेको आन्दोलनमा प्रहरीले गोली चलाएको छ ।आन्दोनमा उत्रिएका जेनजीहरुले प्रहरीको निषेधीत क्षेत्र तोड्दै संसद् भवन प्रवेश गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले रबरको गोली चलाएको हो । अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।प्रदर्शनकारीहरू संसद् भवनभित्रै प्रवेश गरेपछि जिल्ला प्रशासनले कफ्र्यू आदेश जारी गरिसकेको छ ।

"जेनजीको आन्दोलनमा प्रहरीले गोली चलायो"

दर्ता नभएका सामाजिक सञ्जालहरु नेपाल टेलिकम र एनसेलद्वारा बन्द

काठमाडौं । सरकारको निर्देशन अनुसार नेपाल टेलिकमले पनि दर्ता नभइ सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरेको छ। टेलिकमले बिहीबार एक सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार दर्ता नभएका प्लेटफर्महरू बन्द गरेको जनाएको हो । ‘नेपाल दूरसञ्चार प्राधिकरणको मिति २०८२÷०५÷१९, च.नं. ५९७ को पत्रबाट श्री सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषदको निर्णय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय बैठकको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालमा सूचीकरण…

"दर्ता नभएका सामाजिक सञ्जालहरु नेपाल टेलिकम र एनसेलद्वारा बन्द"

सामाजिक सञ्जाल बन्दको निर्णय तुरुन्त सच्याउन शेखर कोइरालाको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय आपत्तिजनक भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै जनचाहनाअनुसार काम गर्न नसकेपछि आलोचना खेप्न बाध्य भएको सरकारले अदालतको आदेशको बाहानामा सामाजिक सञ्जाल बन्द गरेको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जनचाहाना र आफ्नै प्रतिबद्धताअनुरुप काम गर्न नसकेपछि आलोचना खेप्न बाध्य भएको सरकारले अदालतको आदेशको बहानामा सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक छ । यस निर्णयका कारण कति नेपालीको…

"सामाजिक सञ्जाल बन्दको निर्णय तुरुन्त सच्याउन शेखर कोइरालाको माग"

वल्र्डलिंकले गर्यो सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द

काठमाडौं । सरकारको निर्देशन अनुसार वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले नेपालमा दर्ता नभइ सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरेको छ । वल्र्डलिंक बिहीबार एक सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार दर्ता नभएका प्लेटफर्महरू बन्द गरेको जनाएको हो । वल्र्डलिंकले जारी गरेको सूचना अनुसार ‘नेपाल दूरसञ्चार प्राधिकरणले सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ९ २०८२ को निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको भदौ १२, २०८२ को मन्त्रालयस्तरीय बैठकको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई…

"वल्र्डलिंकले गर्यो सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द"

चित्रलेखा यादवलाई अस्ट्रेलियाको राजदूत बनाउँने कांग्रेसको तयारी

काठमाडौं । पूर्वकोषाध्यक्ष चित्रलेखा यादवलाई नेपाली कांग्रेसले अस्ट्रेलियाको राजदूत बनाउने तयारी भएको छ । सत्ता गठबन्धनमा राजदूत भागबन्डा गर्दा अस्ट्रेलिया कांग्रेसको भागमा परेको हो । कांग्रेसले त्यसका लागि संवैधानिक परिषद्‌बाट निर्णय गर्ने गरी प्रधानमन्त्रीसमक्ष नाम सिफारिस गरेको छ ।पूर्वकोषाध्यक्ष यादव हाल कांग्रेसको केन्द्रीय सदस्य छिन् । कांग्रेसकै कोटामा सरकारले अस्ट्रेलियाका लागि राजदूतमा सिफारिस गरेकी कान्ता रिजालको विषयमा समस्या देखिएपछि उनको नाम संसदीय समितिमा सुनुवाइका लागि नै पठाइएको थिएन ।

"चित्रलेखा यादवलाई अस्ट्रेलियाको राजदूत बनाउँने कांग्रेसको तयारी"