राप्रपाले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत नदिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत नदिने भएको छ । राप्रपा तटस्थ बस्ने बताइएको छ । राप्रपा तटस्थ बस्ने भएपछि मुख्यमन्त्री अधिकारीका पक्षमा जम्मा ३० मत मात्र हुने भएको छ । अधिकारीले आजै विश्वासको मत लिँदैछन् । राप्रपा सचेतक विन्दु पहाडीले विश्वासको मतका सम्बन्धमा पार्टी तटस्थ निर्णय भएको पुष्टि गर्नुभयो । ६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ मत चाहिन्छ । अधिकारीका पक्षमा एमालेका २२, माओवादीका सभामुखबाहेक ७ जना र स्वतन्त्र सांसद…

"राप्रपाले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत नदिने"

मतदाताको शिर झुक्न दिन्नःसुहाङ नेम्वाङ

इलाम । इलाम–२ मा नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले मतदाताको शिर झुक्न नदिने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा सुहाङले एक–एक मतको उच्च सम्मान गरेर काम गर्ने प्रतिबद्धता जनाए । मतगणनास्थल गौतमबुद्ध सभागृह सिटी हलमा आयेजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले नेम्वाङलाई प्रमाणपत्र प्रदान गरे । उनले बुबाले देखाएको बाटोमा काम गर्ने बताए ।

"मतदाताको शिर झुक्न दिन्नःसुहाङ नेम्वाङ"

न्यायालय लोकतन्त्रको आधार स्तम्भ हो भने स्वतन्त्र प्रेस लोकतन्त्रको  प्राण: शिब लम्साल

काठमाडौं । सिधा कुरा डटकमले आफ्नो अनलाइन र यूट्यूब च्यानलमा प्रकाशन तथा प्रसारण गरेको समाचारका विषयलाई लिएर सर्वोच्च अदालतले गरेको आदेशप्रति विभिन्न कोणबाट विरोध सुरु भएको छ । सर्वोच्चको सोमबारको आदेशलाई लिएर विभिन्न संस्था ,नागरिक समाज र अधिकारकर्मीहरूले स्वतन्त्र प्रेसका लागि यो दुराशयपूर्ण भएको बताएका छन् । यसै विच नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले पनि सर्वोच्च अदालतको यो फैसला स्वीकार्य नभएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा अदालतको प्रेस स्वतन्त्रता कुण्ठित गर्ने मनसायलाई कुनै…

"न्यायालय लोकतन्त्रको आधार स्तम्भ हो भने स्वतन्त्र प्रेस लोकतन्त्रको  प्राण: शिब लम्साल"

इलाम र बझाङको उपचुनावमा मतदान हुदै

काठमाडौं । इलाम-२ र बझाङमा उपनिर्वाचनको मतदान जारी रहेको छ । अहिलेसम्म इलाम-२ मा ४२ प्रतिशत मतदान भएको छ भने बझाङ प्रदेश सभा(१ मा ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले इलाममा अहिलेसम्म ४९ हजार मत खसेको जानकारी दिएको छ । आज बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म हुने आयोगले जनाएको छ । अहिलेसम्म मतदान शान्तिपूर्ण रुपमा संचालन भइरहेको छ ।

"इलाम र बझाङको उपचुनावमा मतदान हुदै"

ठूलो परिमाणमा अवैध सुन र नगदसहित ७ जना काठमाडौंबाट पक्राउ

काठमाडौं ।उपत्यका अपराध अनुसन्धान कार्यालयले ठूलो परिमाणमा अवैध सुन र नगदसहित ७ जनालाई काठमाडौंबाट पक्राउ गरेको छ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौं महानगरपपालिका-२४ दुछेंननी टोलबाट १ हजार ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार रूपैयाँसहित ७ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो। बिहीबार न्युरोडको एक हुण्डी गोदाममा छापा मार्दा उक्त सुन, रकम र संलग्नहरुलाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ ।पक्राउ पर्नेहरूमा ३ भारतीय नागरिक रहेका छन्…

"ठूलो परिमाणमा अवैध सुन र नगदसहित ७ जना काठमाडौंबाट पक्राउ"

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँने

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँने छन् । मुख्यमन्त्री कँडेलले आज अपराहन्न ३ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिँने कार्यतालिका छ। विश्वासको मत लिन मूख्यमन्त्री कँडेलले माओवादी केन्द्रका रणसिंह परियारलाई बिना विभागीय मन्त्री बनाएका छन् । गठबन्धनमा रहेका दलहरुबीच सहमति जुट्न नसक्दा ,चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका एमाले नेता कँडेलले अहिलेसम्म सरकारलाई पूर्णता दिन सकेका छैनन् । ४० सदस्यीय प्रदेश सभामा सत्ता गठबन्धनमा एमालेका १०, माओवादी केन्द्रका…

"कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँने"

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने गरि द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौँ । नेपाल भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएसँगै होटल सोल्टीमा विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने गरि द्विपक्षीय समझदारीमा हस्ताक्षर भएको हो । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा समझदारी भएको छ । यस्तै, कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईवटा सम्झौता भएका छन् ।…

"नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने गरि द्विपक्षीय समझदारीमा हस्ताक्षर"

एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिकित्सा शिक्षा र स्वास्थ्यसेवामा रहेका दोहोरोपन हटाउन एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक रहेको बताएका छन् । बुधबार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई ललितपुरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सबै नागरिकलाई आधारभूत तथा गुणस्तरीय स्वास्थ्यसेवा उपलब्ध गराउन सबै स्वास्थ्य संस्था, सामुदायिक अस्पताल एवं सहकारी अस्पतालहरूको क्षमता विकासमा पनि ध्यान दिन जरुरी रहेको बताए । नेपालको अधिकांश भू–भाग ग्रामिण क्षेत्र रहेको र ग्रामिण क्षेत्रमा…

"एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक : प्रधानमन्त्री"

कतारका राजा मंगलबार नेपाल आउने, सरकारले दियो सार्वजनिक बिदा

कतारका राजा नेपाल भ्रमणमा आउने दिन भोलि सरकारले सार्वजनिक बिदा दिएको छ ।कतारका अमिर शेख तमिम बिन हमाल अल थानी भोलि मंगलबार नेपाल भ्रमणमा आउँदै छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुई दिने भ्रमणका लागि नेपाल आउन लागेका थानीले दुई निजी विमान ल्याउनेछन् । त्यसका साथै उनको भ्रमणदलमा कतारका उच्च अधिकारीहरू पनि रहनेछन्…

"कतारका राजा मंगलबार नेपाल आउने, सरकारले दियो सार्वजनिक बिदा"

वीरेन्द्र तालमा हिमपहिराे, बुढीगण्डकीआसपासका क्षेत्रमा उच्च जोखिम

गोरखाको चुमनुब्री गाउँपालिकाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र तालमा आज बिहान ठूलो हिमपहिराे खसेको छ । हिमपहिरो खस्दा तालको पानी छचल्किएर तल्लो क्षेत्रमा बाढी आएको छ । स्थानीयले नदीमा पानीको वहाब बढेकाले बुढीगण्डकी नदीको आसपासमा खतरा हुन सक्ने अवस्था रहेको बताए । ‘सानो खालको हिमपहिरो त अरु समयमा पनि जान्थ्यो, ‘तर, अहिले निकै ठूलो हिमपहिरो गएको छ ।’ जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक वासुदेव पाठकले हिमपहिरो खसेको जानकारी प्राप्त भएलगत्तै प्रहरीको टोली त्यसतर्फ प्रस्थान…

"वीरेन्द्र तालमा हिमपहिराे, बुढीगण्डकीआसपासका क्षेत्रमा उच्च जोखिम"