काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बडादसैको टीका जमरा नलगाउने जानकारी गराएकी छन् । सोमबार सन्देश जारी गर्दै उनले हालै सम्पन्न युवापुस्ताको आन्दोलनको क्रममा धेरै युवाहरूले आफ्नो ज्यान गुमाउनु परेको पीडा सबैसामु ताजै रहेको हुनाले आफूले टीका जमरा नलगाउने र देशवासीहरूलाई समेत टीका लगाउने कार्यक्रम नरहेको जानकारी गराएकी हुन् । उनले भनेकी छन्, ‘बडादसैं प्रत्येक वर्ष हर्सोल्लासका साथ मनाउने चाड भए तापनि हालै सम्पन्न युवापुस्ताको आन्दोलनको क्रममा धेरै युवाहरूले नाफ्नो ज्यान गुमाउनु परेको पीडा पनि हाम्रासामु…
"प्रधानमन्त्री कार्कीले बडादसैंको टीका–जमरा नलगाउने"Category: मुख्य समाचार
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असोज २६ गते बस्ने भएको छ ।मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक असोज २६ गते दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी नगर, ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थिति रहने छ ।
"कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असोज २६ गते बस्ने"काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख, प्रहरी अतिरिक्त महानिरिक्षक दानबहादुर कार्कीले मनोरञ्जनको पर्यायवाची मादकपदार्थ भन्ने किसिमको गलत बुझाइ नेपाली समाजमा रहेको बताएकाछन् । आइतबार चाडपर्व लक्षित ट्राफिक वाक समापन कार्यक्रममा बोल्दै उनले पछिल्लो समय नेपाली समाजमा चाडपर्वको नाममा भयंकर मदिरा सेवन गर्ने प्रवृत्ति बढेको भन्दै आपत्ति जनाए । उनले भने, ‘कतिपयले चाडवाडलाई उल्लासमयबनाउने भनेर आफ्नो जिउ,ज्यानको क्षतिहुनेगरी मदिरा सेवन गरेर हिँडेको पनि पाईन्छ । नेपाली समाजमा मादक पदार्थको सेवन गर्ने चलन भएता पनि पछिल्लो…
"चाडपर्वको नाममा भयंकर मदिरा सेवन गर्ने प्रवृत्ति बढेको छ : एसएसपी कार्की"नेपालीहरुको महान चाड बडादशैं सुरु भएसँगै काठमाडौंको कलंकीस्थित खसीबजारमा खसीबोका, बाख्रा र च्याङ्ग्रा किन्ने ग्राहकहरूको चहलपहल बढेको छ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दशैँमा खसी, बोका र च्याङ्ग्रा विक्री नगर्ने भएपछि निजि क्षेत्रका व्यवसायीहरुले नै बिक्रि गरिरहेका छन् । कलंकी खसी बजार दशैँमा खसीबोका किनबेच हुने सबैभन्दा पुरानो ठाउँ हो ।
"कलंकी खसीबजारमा दशैंको चहलपहल"काठमाडौं । गृह मन्त्रालयले गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा काठमाडौंलगायतका मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएका हतियार बुझाउन आग्रह गरेको छ । गृह मन्त्रालयले बिहीबार एक विज्ञप्ति निकाल्दै मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएको हातहतियार र खरखजाना कही कसैले फेला पारेमा नजिकको सुरक्षा निकायमा यही असोज मसान्तसम्म बुझाउन अनुरोध गरेको छ । सो मितिभित्र हातहतियार र खरखजाना बुझाउन ल्याएमा वा त्यसको जानकारी दिएमा त्यस्ता व्यक्तिलाई उचित सम्मान गरिने मन्त्रालयले…
"जेनजी आन्दोलनमा हराएका हातहतियार फिर्ता गर्न गृह मन्त्रालयको आग्रह"भक्तपुर । दशैं नजिकिएसँगै भक्तपुरको सिर्जनानगरस्थित खुल्ला मैदानमा खसी, बोका र च्याङ्ग्राको व्यापार चहलपहल सुरु भएको छ । घटस्थापनाको दिनदेखि नै किसान तथा व्यापारीले विभिन्न स्थानबाट ल्याइएका खसी–बोका र च्याङ्ग्रा बिक्रीका लागि राखेका छन् । मुस्ताङको लोमान्थाङ गाउँपालिकाबाट च्याङ्ग्रा ल्याएका व्यापारी सौगात श्रेष्ठका अनुसार यसपटक करिब पाँच सय च्याङ्ग्रा ल्याइएको छ भने अझै तीन–चार सय ल्याउने तयारी भइरहेको छ । उनले भने, ‘हामीले घटस्थापनाको दुई दिन अघिदेखि नै व्यापार सुरु गरेका हौं । ग्राहक भने…
"भक्तपुरमा खसी–बोका र च्याङ्ग्राको व्यापार : ग्राहक कम भएपनि व्यापारी उत्साहित"काठमाडौं । नेकपा (एमाले)का नेता सूर्य थापाले पार्टीभित्रको कथित पुनर्गठन र रूपान्तरणको नाममा मुलुकमा अराजकता फैलाउने प्रयास भएको आरोप लगाएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै नेता थापाले जेनजीलाई मोहरा बनाएर देशमा आगजनी र अपमानजनक गतिविधि मच्चाइएको दाबी गरेका हुन् । उनले लेखेका छन्, ‘पार्टीमा कथित पुनर्गठन र रूपान्तरण भन्दै सार्वजनिक खपतका लागि रोइलो नगरौं१ जेनजीलाई मोहरा बनाएर मच्चाइएको आगजनी र अपमान किमार्थ अनुकरणीय छैन ।’ थापाले यस्तो गतिविधि अनुकरणीय नभएको उल्लेख गर्दै नेतृत्वप्रति…
"जेनजीलाई मोहरा बनाएर मुलुक जलाइयो : सूर्य थापा"। प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्नेछिन् । जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गरिरहेकी प्रधानमन्त्री कार्कीले पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन् । प्रधानमन्त्री कार्की नेतृत्वको अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते निर्वाचनको घोषणा गरेको छ ।
"प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने"नवरात्रको चौंथो दिन काठमाडौँको शक्तिपीठ नक्साल भगवती मन्दिरमा बिहीबार बिहानदेखि नै पूजाअर्चना गर्न भक्तजनको चहलपहल छ । नक्साल भगवती काठमाडौं उपत्यकाको प्रमुख शक्तिपीठहरूमध्ये एक शक्तिपीठ मानिन्छ । हरेक वर्ष नवरात्रिमा विशेष पूजा गरिने यस मन्दिरमा सोह्र भूजायुक्त देवीको मूर्ति रहेको छ। दशैको अष्ठमीको दिन राष्ट्रपतिले यस मन्दिरको दर्शन गर्ने परम्परा छ ।
"दशैंको चौंथो दिनःनक्साल भगवती मन्दिरमा भक्तजनको चहलपहल"काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
"राष्ट्रपतिद्वारा मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी"




















