काठमाडौं । असोज १८ देखि २० गते सम्म र त्यस अगाडिको बाढीपहिरोका कारण क्षति पुगेका सडक संरचनाको पुनर्निर्माणका लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको मनसुनजन्य विपद्बाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि १० अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ । गत वर्षको विपद्बाट क्षति पुगेका संरचना पुनर्निर्माणका लागि १ अर्ब ७० करोड रुपैयाँ बाँकी…
"बाढीपहिरोबाट क्षति पुगेका सडकको पुनर्निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान"Category: मुख्य समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । बैठक बुधबार दिउँसो ३ बजे केन्द्रीय पार्टी कार्यालय बनस्थलीमा बस्ने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । प्रवक्ता झाका अनुसार बैठकमा विस्तारित बैठकको एजेण्डा तथा व्यवस्था, विपद व्यवस्थापनमा पार्टीको सक्रियता र आगामी अभियान, सद्भाव यात्राको कार्यसूचीलगायत विविध विषयमा छलफल गरिने छ।
"रास्वपाको केन्द्रीय सचिवालय बैठक आज बस्दै"काठमाडौं । जेनजी पुस्ताका युवाहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग गरेका छन् । जेनजी मुभमेन्ट अलायन्सले आयोगका प्रमुखहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग्दै मंगलबार आयोगको कार्यालय पुगेर पत्र समेत बुझाएका छन् । राई वाइडबडी घोटाला लगायतका भ्रष्टाचार मुद्दामा मुछिएको र उनको नेतृत्वमा आयोगको निष्पक्षतामाथि शंका उब्जिएको आरोप लगाउदै जेनजी मुभमेन्ट अलायन्सले अख्तियारको कार्यालय टङ्गाल पुगेर निवेदन दर्ता गराएको हो। संसद् नभएको अवस्थामा महाभियोग संभव नभएकाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने…
"जेनजी अलायन्सद्वारा अख्तियार प्रमुखको राजीनामा माग, आयोगमा निवेदन दर्ता"काठमाडौं । असोज १७ गतेदेखि २० गतेसम्म परेको अबिरल वर्षाका कारण देशभर ४८ जनाको ज्यान गएको छ भने ६ जना अझै बेपत्ताको सूचीमा छन् । वर्षासँगै आएको बाढी, पहिरो, र चट्याङले जनधनमा ठूलो क्षति पु-याएको छ । गृह मन्त्रालयको तथ्यांकअनुसार, सबैभन्दा धेरै क्षति पहिरोका कारण भएको छ । इलाम जिल्लामा मात्रै ३७ जनाको मृत्यु पहिरोबाट भएको छ भने पाँचथरमा १ र काभ्रेपलाञ्चोकमा १ जनाको ज्यान गएको छ । बाढीका कारण पाँचथर, खोटाङ, मोरङ, सुनसरी, उदयपुर,…
"अबिरल वर्षाले देशभर ४८ जनाको ज्यान गयो, ६ जना अझै बेपत्ता"काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले चाडै देशमा नेपाल र नेपाली नागरिकहरुले चाहेको संबैधानिक राजसंस्था सहितको व्यवस्था आउने दाबी गरेका छन् । मंगलबार सामाजिक संजालमा आफ्नो धारणा राख्दै उनले काठमाडौँ केन्द्रित भई देशभरी हुने आन्दोलनका लागि तयार रहन अनुरोध पनि अनुरोध गरेका छन् । जेनजी आन्दोलन समेत पश्चिमाहरुको डिजाइनमा भएको भन्दै उनले ०४७ सालको संबिधान पुनः स्थापना गर्नु आवश्यक रहेको औल्याएका छन् । उनले संबैधानिक राजसंस्था सहितको व्यवस्था आउने भएकाले हातमा दियो बोकेर दिपावली गर्नको…
"जेनजी आन्दोलन पनि पश्चिमाहरुको डिजाइमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो : दुर्गा प्रसाईं"काठमाडौं । नेकपामाओवादी केन्द्रको सचिवालय बैठक आजबस्दैछ ।बैठक सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीयकार्यालय पेरिसडाँडामाबस्नेछ । बैठकमा केन्द्रीय महाधिवेशनको मिति निर्धारण, प्रतिनिधि छनोट लगायत विषयमा छलफल हुने पार्टीका प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए ।
"माओवादी केन्द्रको सचिवालय बैठक आज बस्दै"गत शुक्रबार र शनिबार भएको अविरल वर्षा पश्चात आएको बाढिले महोत्तरीको सदरमुकाम जलेश्वरस्थित सरकारी कार्यालयहरु जलमग्न भएका छन् । शुक्रबार र शनिबार भएको अविरल वर्षाका कारण मुल सडक र चोक –चोकमा पानी जमेको छ। ठूला सवारी साधानहरु चलाउन समेत रोक लगाइएको कारण यात्रुहरुलाई सास्ती भएको छ ।
"महोत्तरीमा बाढीको बितन्डा,यात्रुहरुलाई सास्ती"आज बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमा। कोजाग्रत पूर्णिमाको दिन सोमबार पोखराको ताल बाराही मन्दिरमा बिहानै देखि दर्शन गर्न भक्तजनहरुको भीड लागेको छ। दसैँको अन्तिम दिन सोमबार तालबाराही मन्दिर सहित अन्य शक्तिपीठहरुमा भक्तजनहरुको भीड लाग्ने गर्छ। पूर्णिमाको दिन मन्दिर दर्शन गरेर भक्तजनहरु राती जाग्राम बसेर आराधन गर्ने प्रचलन रहँदै आएको छ।
"पूर्णिमाको दिन तालबाराही मन्दिरमा दर्शनार्थीको भीड"काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीको महान चाड बडादशैं २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमार्फत राष्ट्रपति पौडेलले दशैंलाई असत्यमाथि सत्यको विजयको रूपमा लिइने पर्व भएको उल्लेख गर्दै यसले पारिवारिक जमघट, सामाजिक मेलमिलाप, सद्भाव र भाइचारालाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । ‘दशैंको उपलक्ष्यमा पारिवारिक जमघट एवम् पुनर्मिलन भई खुसीयाली र हार्दिकता साटासाट…
"राष्ट्रपति पौडेलद्वारा बडादशैंको शुभकामना सन्देश"काठमाडौं । दशैँको समयमा राजमार्गहरु अवरोध हुँदा आन्तरिक हवाई यात्रा गर्ने यात्रुहरूको संख्या ह्वात्तै बढेको छ । जसका कारण टिकट बुकिङमा उच्च माग देखिएको छ ।नेपालका प्रमुख एयरलाइन कम्पनीहरूले ईन्धनको मूल्य वृद्धि र चाडपर्वका कारण चाप बढेको कारण देखाउँदै टिकटको मूल्य दर बढाउने गरेका छन् । घरेलु एयरलाइन्सहरूले दशैँको समयमा यात्रुहरूको उच्च मागलाई मध्यनजर गर्दै हवाई टिकटको मूल्यमा ५० देखि ६८ प्रतिशतसम्म वृद्धि गरेका छन् । दशैँको अवसरमा काठमाडौं–धनगढी उडानको टिकट मूल्य रु ७,५०० बाट…
"हवाई टिकट अचाक्ली मंहगो : चाडपर्वको मौकामा न्यूनतम दरभन्दा ६८ प्रतिशतसम्म असुली"
















