सूचनाको हक सम्बन्धी अभ्यास अझै पनि अपूर्ण छ : महान्यायाधिवक्ता भण्डारी

काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारीले सूचनाको हक सम्बन्धी अभ्यास अझै पनि अपूर्ण रहेको बताएकी छन् । अन्तर्राष्ट्रिय सूचना दिवस २८ सेप्टेम्वर २०२५ कार्यक्रममा बोल्दै उनले सूचनाको पहुँचलाई सहज बनाउनेतर्फ सरकारी निकायहरु जिम्मेवार हुनुपर्नेमा जोड दिएकी छन् । ‘अहिले पनि सूचनाको कुरामा हाम्रो बुझाइ सबैको फरक छ,’भण्डारीले भनिन्, ‘सूचना भनेको तत्कालै उपलब्ध हुने कुरा हो । तत्काल नहुने भए सात दिनभित्र उपलब्ध गराउने कानुनी व्यवस्था छ । तर अहिलेको चलन भने निवेदन सात दिन थन्क्याएर त्यसपछि…

"सूचनाको हक सम्बन्धी अभ्यास अझै पनि अपूर्ण छ : महान्यायाधिवक्ता भण्डारी"

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयीक राजनीति, फागुन् २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाका बारेमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

"राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता"

मन्त्री घिसिङ र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि चीनका चेन सोङबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई चिनियाँ राजदूत सोङले बधाई दिनुकासाथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । भेटमा नेपाल–चीनबीचको सडक तथा विद्युत् प्रसारण लाइन कनेक्टिभिटी, चिनियाँ निर्माण व्यवसायीबाट ठेक्का लिएका सडक तथा विद्युत् आयोजनाको निर्माण प्रगति, ऊर्जा क्षेत्रमा सहकार्य, चिनियाँ सहायतामा…

"मन्त्री घिसिङ र चिनियाँ राजदूतबीच भेटवार्ता"

भौतिक पुनःनिर्माण मात्रै होइन आर्थिक पुनरुत्थान आवश्यक छ : ज्ञवाली

काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आन्दोलनपछि डर र आशा दुवै रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो विषयक कार्यक्रममा ज्ञवालीले अबको पुननिर्माण भौतिक मात्रै नभएर आर्थिक पुनरुत्थान आवश्यक रहेको बताएका हुन् । भुकम्पपछिको पुनःनिर्माणमा छुट्टै संस्था खडा गरेर बैंकिङ च्यानलमार्फत रकम दिंदा सफल भएको बताए । उनले भुकम्पछि धेरै युवाहरुको सहयोग जस्तै अबपनि आत्मबल बढाएर अघि बढ्नुपर्ने बताए । ‘श्रीलंकामा आन्दोलन हुँदा त्यहाँको…

"भौतिक पुनःनिर्माण मात्रै होइन आर्थिक पुनरुत्थान आवश्यक छ : ज्ञवाली"

जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल घट्यो : पाण्डे

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष विरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल घटेको बताएका छन् । आन्दोलनले निजी र सार्वजनिक संरचनाहरु ध्वस्त हुँदा लगानीकर्ताको मनोबल घटेको बताएका हुन् । नेपाल आर्थिक पत्रकार संघले मंगलबार आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयक छलफल कार्यक्रममा बोल्दै पाण्डेले कुल ग्राहस्थ उत्पादन (जीडीपी)को ५ प्रतिशत नोक्सान भएको जानकारी दिए । ‘उद्योगहरुमा कुल जीडीपीको ५ प्रतिशत असर पुुगेको छ, लगानीकर्ताका लागि लगानीको सुरक्षा महत्वपूर्ण कुरा हो, लगानीकर्तालाई सुरक्षा…

"जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल घट्यो : पाण्डे"

जीर्ण आयोजनाका ठेक्का काम नगर्ने व्यवसायीसँग मात्र तोडिने : मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले कुनै पनि निर्माण व्यवसायीप्रति पूर्वाग्रही भएर जीर्ण बनेका आयोजनाका ठेक्का तोडिने नसक्ने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घका प्रतिनिधिसँग आइतबार भएको भेटमा मन्त्री घिसिङले वर्षौंसम्म काम नगरी आयोजना अलपत्र पार्ने व्यवसायीलाई भने कारबाही हुने चेतावनी दिए । “अनुमानित लागतभन्दा कम रकम कबोल गरेर आयोजना लिने तर काम नगर्ने प्रवृति व्यापक छ । बजेट छ, आयोजना तयारी अवस्थामा छ,…

"जीर्ण आयोजनाका ठेक्का काम नगर्ने व्यवसायीसँग मात्र तोडिने : मन्त्री घिसिङ"

लगानीमैत्री वातावरण बिग्रन नदिऔंः अध्यक्ष ढकाल

काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीको वातावरण बिग्रन नदिने तर्फ गम्भीर हुन सबै सरोकारवालालाई आग्रह गरेका छन्। भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा एनसेल, चौधरी ग्रुपको सिजी पार्क र चन्द्रागिरि हिल्समा भएको आगजनी तथा तोडफोडको शनिबार स्थलगत निरीक्षण गर्दै अध्यक्ष ढकालले यस्ता घटनाले लगानीको वातावरणमा दीर्घकालीन असर पार्ने बताएका हुन् । “नेपालमा लगानीको वातावरण बिग्रने अवस्था आएको छ । यस्ता घटनाहरूले देशको आर्थिक विकासमा गम्भीर असर…

"लगानीमैत्री वातावरण बिग्रन नदिऔंः अध्यक्ष ढकाल"

सभापतिज्यू उपचारमै रहँदापनि नेतृत्व परिवर्तनको वहस गलत : ड.महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा।प्रकाशशरण महतले सभापति शेरबहादुर देउवा उपचारकै क्रममा रहँदा पनि नेतृत्व परिवर्तनको कुरा उठ्नु गलत भएको बताएका छन् ।आइतबार जेनजी आन्दोलनमा जलाइएको आफ्नो घरको अवलोकन गर्दै उनले तत्काल नेतृत्व परिवर्तनको विषयमा अहिले प्रश्न उठाइरहेकाहरु नै सभापतिको सबैभन्दा नजिक रहेका व्यक्ति भएको पनि बताए । अभिभावकमाथि सांघातिक प्रहार हुँदा उपचार पूरा हुँदासम्म पर्खन सक्दैनौँ रु भन्दै उनले प्रश्न समेत गरे । उनले भने,‘२३ गते आउनुभन्दा चार दिन अगाडिसम्म त्यही सभापति अत्यन्त ठिक…

"सभापतिज्यू उपचारमै रहँदापनि नेतृत्व परिवर्तनको वहस गलत : ड.महत"

सोह्र श्राद्ध समाप्त, पशुपतिमा श्रद्धालुको पिण्डदान

आजदेखि सोह्र श्राद्ध सम्पन्न भएको छ। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध यस वर्ष पनि धार्मिक विधिपूर्वक सम्पन्न भएको हो। श्राद्धको अन्तिम दिन परेका कारण आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा श्रद्धालुहरूको ठूलो भीड देखिएको छ। आफ्ना दिवंगत पितृहरूको सम्झनामा तर्पण, पिण्डदान तथा अन्य धार्मिक कार्य गर्न भक्तजनहरू बिहानैदेखि पशुपतिमा छन् ।

"सोह्र श्राद्ध समाप्त, पशुपतिमा श्रद्धालुको पिण्डदान"

आउने निर्वाचन हाम्रो लागि अग्निपरीक्षा हो : सिके राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले फागुन २१ गते निर्वाचन मिति घोषणा भइसकेको अवस्थामा पार्टी भित्र विभिन्न कार्य गरेर नेता कार्यकर्ताको ध्यान भट्काउने र थकाउने षड्यन्त्र भइरहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै समयको अभाव भएको बेलामा पार्टी भित्र विभिन्न कार्य गरेर नेता कार्यकर्ताको ध्यान भट्काउने षड्यन्त्र भएको भन्दै यसमा बहस गरेर समय खेर नफाल्न नेता कार्यकर्तालाई निर्देशन दिए । उनले भने,‘फाल्गुन २१ निर्वाचनसम्म अन्यत्र ध्यान नभट्काऔं, अन्यत्र शक्ति खेर नफालौं । पहिला…

"आउने निर्वाचन हाम्रो लागि अग्निपरीक्षा हो : सिके राउत"