बारा–२ मा उपेन्द्रसँग कुशवाहा भिड्ने

बारा–२ बाट निर्वाचित सांसद रामसहाय प्रसाद यादव उपरास्ट्रपतिमा निर्वाचित भएपछी खाली भएको उक्त निर्वाचन् क्षेत्रबाट उम्मेद्वारी दिने तयारीमा रहेका ज स पा नेता उपेन्द्र यादव सङ चुनाव लड्ने तयारीका साथ नेकपा (माओवादी केन्द्र) का नेता शिवचन्द्र कुशवाहा जनमत पार्टीमा प्रवेश गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनी जनमत पार्टीमा प्रवेश गरेका हुन् ।माओवादी केन्द्रभित्र भएको अन्तरघातको कारणले आफूले थोरै मतले गत निर्वाचन हारेको उनले बताए र अहिलेको उपनिर्वाचनमा माओवादीले आफ्नो पार्टीबाट उम्मेदवार…

"बारा–२ मा उपेन्द्रसँग कुशवाहा भिड्ने"

सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन, पुनःअपरान्ह ३ बजे बस्ने

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा जारी सत्ता साझेदार १० दलको बैठक निष्कर्षविहीन टुंगिएको छ ।सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तारमा सहमति जुटाउन सकेको छैन । मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालय भागबन्डा गर्न बुधबार बिहान बसेको गठबन्धन बैठक बिनानिष्कर्ष टुंगिएको छ । बैठकमा सहमति नजुटपछि दिउँसो ३ बजे बस्ने गरि नेताहरु बालुवाटारबाट बाहिरिएका छन् । मंगलबार साँझ भएको लामो छलफल पनि निष्कर्षविहीन भएपछि बुधबार बिहान १० दलका नेता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जम्मा भएका थिए ।

"सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन, पुनःअपरान्ह ३ बजे बस्ने"

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी

काठमाडौ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । मन्त्रालय भागबण्डाको बारेमा छलफलका लागि बैठक सुरु भएको हो ।आजको बैठकले मन्त्रालय भागबन्डामा सहमति जुटाउनुको साथै न्यूनतम साझा कार्यक्रमलाई अनुमोदन गर्ने तयारी छ । मन्त्रिपरिषद्  विस्तारबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको सत्तारुढ गठबन्धनको बैठक निष्कर्षविहीन टुङिएको थियो ।गठबन्धनमा मन्त्रालयको भागबण्डामा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ हुँदै आएको छ । हिजो बसेको बैठकमा नेपाली कांग्रेसले ९ वटा मन्त्रालयमा दाबी पेस गरेको थियो।यस्तै…

"प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी"

मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारले बनायो वार्ता टोली

काठमाडौं ।सरकारले गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा मिटरब्याज पीडितको समस्या समाधानका लागि वार्ता टोली गठन गरेको छ । सरकारले गठन गरेको समितिमा गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा,गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानून न्याय तथा संसदीय मामाला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गा रहेका छन् । समितिले पीडितहरूसँग वार्ता गरेपछि प्रधानमन्त्री प्रचण्डले आजै मिटर ब्याज पीडितसँग भेट्ने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । महोत्तरीको बर्दिबासबाट १२ दिनको पैदल…

"मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारले बनायो वार्ता टोली"

अन्तिम बिन्दुसम्म पनि एमालेमा रहन प्रयास गर्छु :भीम रावल

 नेकपा एमालेका नेता भीम रावलले आज कैलालीको धनगढीमा पत्रकार सम्मेलन गर्दै आफू एमालेमै रहिरहन अन्तिम विन्दुसम्म प्रयास गर्ने बताएका छन् ।नेकपा एमालेका नेता भीम रावलले आफूलाई एमालेमा बस्न नदिने उद्देश्यले घचेटिराखे नयाँ पाइला चाल्ने बताएका छन् । राष्ट्रियता, विधि, पद्धतिका विषयमा आवाज उठाउँदा आफूलाई एमालेबाट घचेट्ने काम भएको भन्दै नेता भीम रावलले यही प्रक्रिया चलिरहे कार्यकर्ता र जनताको सल्लाहमा नयाँ पाइला चाल्ने बताए ।त्यो अन्तिम बिन्दु कुन हुनेछ भनेर अहिले भन्न नसक्ने उनले बताए । अछाममा…

"अन्तिम बिन्दुसम्म पनि एमालेमा रहन प्रयास गर्छु :भीम रावल"

मिटर ब्याज पीडितहरूको आन्दोलनमा बालेनको ऐक्यबद्धता

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले मिटर ब्याज पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै पीडितहरूको माग छिटोभन्दा छिटो मन्त्रिपरिषद्बाट सम्बोधन गर्नुपर्ने बताएका छन् । मेयर बालेनले खुलामञ्च निषेधित क्षेत्र नभएको भन्दै माइतीघरमा आन्दोलन गर्नेहरूका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारी भने शंकास्पद भएका बताएका हुन् । मिटर ब्याज पीडितहरूलाई खुलामञ्च प्रवेशमा रोक लगाएको भन्दै आलोचना भइरहेको बेला मेयर साहले सामजिक सन्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् । बर्दिवासबाट १२ दिन पैदल हिँडेर सोमबार काठमाडौँ आइपुगेका…

"मिटर ब्याज पीडितहरूको आन्दोलनमा बालेनको ऐक्यबद्धता"

राष्ट्र सिकिस्त बिरामी छ: शेखर कोइराला

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता एवं संघीय सांसद शेखर कोइरालाले नागरिकको विश्वास र संसदको समर्थनवाट देशमा देखापरेको अर्थतन्त्रको संकट सम्वोधन गरेर समृद्धिको यात्रा तय गर्नुपर्नेमा जोड दिएका छन् ।    नेता कोइरालाले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि चुनौति देखिएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले अहिले मुलुकमा अकल्पनीय राजनीतिक द्वन्द्व सुरु भएको बताएका हुन् । उनले यसको कारण स्वयं राजनीतिक दल र आफूहरु भएको उनले बताए ।…

"राष्ट्र सिकिस्त बिरामी छ: शेखर कोइराला"

वसन्त कुँवरलाई प्रहरी महानिरीक्षक बनाउने सरकारकाे निर्णय

काठमाडौं – आज बसेको मन्त्रिपरिषद् बैठकले वसन्त कुँवरलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।सरकारले नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षकको वरियता क्रममा १ नम्बरमा रहेका कुँवरलाई महानिरीक्षकमा बढुवा गरेको हो । आइजिपीका लागि कुँवरसँगै एआइजीहरू टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य दाैडमा थिए ।उनले एक वर्ष प्रहरीको नेतृत्व सम्हाल्नेछन् । प्रहरी महानिरीक्षकमा नियुक्त भएका कुँवरले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन्।प्रधानमन्त्री कार्यालयमा भएको भेटमा आईजीपी कुँवरलाई प्रधानमन्त्रीले बधाई दिएका थिए। 

"वसन्त कुँवरलाई प्रहरी महानिरीक्षक बनाउने सरकारकाे निर्णय"

 चितवन-२ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसवाट उमेश श्रेष्ठसहित११ जनाको नाम सिफारिस 

चितवन-२ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले गत निर्वाचनका उम्मेदवार रहेका उमेश श्रेष्ठसहित ११ जनाको नाम सिफारिस गरेर केन्दमा पठाउने निर्णय गरेको छ । आगामी वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनका लागि गत निर्वाचनका उम्मेदवार रहे उमेश श्रेष्ठसहित देवेन्द्र गुरूङ, जीतनारायण श्रेष्ठ, राजेश्वर खनाल, मिलनबाबु श्रेष्ठ, राजन कार्की, कैलाश कोइराला, विपीन रामुदामु, देवकी गौतम, पार्वती शाह ठकुरी र गौरी श्रेष्ठ केन्द्रमा सिफारिस भएका छन् । साथै, पुर्व जिल्ला सभापति विकास कोइरालालगायतको कारबाही फुकुवाको निर्णय लिदै केन्द्रमा…

" चितवन-२ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसवाट उमेश श्रेष्ठसहित११ जनाको नाम सिफारिस "

रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने निर्णय

काठमाडौँ । आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत् राख्ने निर्णय गरेको छ । सरकारले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने निर्णय गरेको छ ।बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले…

"रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने निर्णय"