नेपाली कांग्रेस वाग्मती प्रदेश सभा संसदीय दलको नेता चयनका लागी आज भएको निर्वाचनबाट बहादुरसिंह लामा निर्वाचित भएका छन् । लामाले २१ मत पाए भने उनका प्रतिद्द्वन्दी इन्द्र बानियाँले १६ मत पाए । लामा नुवाकोटको क्षेत्र २ (ख) बाट निर्वाचित सांसद हुन् । वाग्मती प्रदेशमा कांग्रेसका ३७ प्रदेश सभा सदस्य छन् ।
"नेपाली कांग्रेस वाग्मती प्रदेश सभा संसदीय दलको नेतामा इन्द्र बानियाँ पराजित"Category: समाज
काठमाडौं । सुनको मूल्य नेपाली बजारमा शुक्रबार प्रतितोला एक हजार २०० रुपैयाँले घटेकोे छ । घटेसँगै छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३०० रुपैयाँ तोकिएको छ । बिहीबार प्रतितोला एक लाख एक हजार ५०० रुपैयाँमा नेपाली बजारमा कारोबार भएको थियोे । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबार तेजावी सुनको मूल्य ९९ हजार ८०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन तेजावी सुनको भाउ तोलाको १ लाख १ हजार रुपैयाँ निर्धारण भएको थियो
"सुनको मूल्य १२०० रुपैयाँ घट्यो"दुईजनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भई १९ वर्षदेखि नेपालको केन्द्रिय कारागार सुन्धारामा रहेका कुख्यात अपराधी फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई आज अध्यागमनमा बुझाइँदै छ। शोभराजलाई सर्वोच्चले ज्येष्ठ नागरिकले पाउने कैद छुट दिएपछि ९ महिना कैद मिनाहा दिएको हो। अमेरिकी नागरिकको हत्या प्रकरणमा १९ वर्ष लामो सजाय काटिसकेका शोभराजको उमेर ७७ वर्ष नाघिसकेकाले सर्वोच्च अदालतले उनको ७५ प्रतिशत सजाय माफी मिनाह हुने आदेश गरेको थियो। सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद…
"शोभराज आज रिहा हुने"गुल्मीको मुसिकोट नगरपालिका-२ की विपना महत २० वर्ष पुगिन्। यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ। यहीँ उमेरका युवायुवती भर्खरै सहर छिरेर रोजगार खोज्दै भौँतारिरहेका छन्। उनले जिल्लाको सदरमुकाम तम्घासमा चिया बेचेरै मासिक ९० हजार रुपैयाँ कमाउँदै आएकी छन्। यहीँ उमेरका युवायुवती भर्खरै सहर छिरेर रोजगार खोज्दै भौँतारिरहेका छन्। उनले जिल्लाको सदरमुकाम तम्घासमा चिया बेचेरै मासिक ९० हजार रुपैयाँ कमाउँदै आएकी छन्। चिया बेचेर दैनिक तीन हजार रुपैयाँका दरले…
"तम्घासमा चिया बेचेरै मासिक ९० हजार रुपैयाँ कमाउँदै आएकी विपना महत।"नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति काभ्रेको आज बसेको बैठकले भर्खरै सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई अन्तर्घात गरेको भन्दै पार्टीका केन्द्रिय सदस्यद्वय मधु आचार्य र गणेश लामालाई कार्वाहीको लागि सिफारिस गरेको छ ।बैठकले पाँचखाल नगरपालिका प्रमुख महेश खरेललाई पनि कार्वाहीका लागि सिफारिस गरेको छ । उक्त बैठकले उहाँहरुलाई साधारण सदस्य समेत नरहेगरी कार्वाही गर्न सिफारिस गरेको हो । पार्टीको केन्द्रीय परिपत्र अनुसार काभ्रे काङ्ग्रेसको प्रदेश सभा क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमितिले गएको निर्वाचनमा पार्टीको…
"काङ्ग्रेस केन्द्रिय सदस्यद्वय मधु आचार्य र गणेश लामालाई कार्वाहीको लागि सिफारिस"बागलुङ। बागलुङमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ। बर्षेनि व्यावसायिकरूपमा उत्पादन हुँदै आएको सुन्तला गत वर्षभन्दा २० प्रतिशतले वृद्धि भएको हो। यस वर्ष बागलुङमा चार हजार तीन सय ८० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिए। उनका अनुसार गत वर्ष यहाँ कुल तीन सय ४५ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाको बोटबाट तीन हजार ६ सय ५० मेट्रिक टन उत्पादन भएको थियो। गत वर्ष जिल्लाभर २० करोड सात लाख ५०…
"बागलुङमा यस वर्ष चार हजार तीन सय ८० मेट्रिक टन सुन्तला उत्पादन"म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटना भएको तारा एयरको जहाजका भग्नावशेष सात महिनापछि सङ्कलन गरिएकोे छ । गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज दुर्घटना हुँदा चालक दलका तीनसहित २२ जनाको मृत्यु भएको थियो । भौगोलिकरूपमा विकट र दुर्गम पहाडको खोंच र पाखोमा छरिएका जहाजका पाटपुर्जालाई सङ्कलन गर्न तारा एयरले मङ्सिर १९ गतेदेखि मजदुरको टोली परिचालन गरेको थियो । टोलीको नेतृत्व गरेका इन्द्रसिंह शेरचनले समुद्री सतहबाट चार हजार तीन सय…
"तारा एयरको जहाजका भग्नावशेष सात महिनापछि सङ्कलन"काभ्रे। काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका ४ चलाल गणेस्थानमा मंगलबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाएका १७ मध्ये १३ जनाको सनाखत भएको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार मृत्यु हुनेमा बनेपा नगरपालिका ११ की ७९ वर्षीया निर्मला तामाङ, ११ वर्षीय योगेश तामाङ, ५० वर्षीय अंकुर तामाङ, ४३ वर्षीया हेमा तामाङ, १० वर्षीय पुष्कर तामाङ, २५ वर्षीया कोपिला तामाङ र ६ वर्षीया श्रेया तामाङ रहेका छन्। त्यस्तै बनेपा नपा–१४ का ३९ वर्षीय राजकुमार तामाङ, २८…
"काभ्रेपलाञ्चोक बस दुर्घटनामा ज्यान गुमाएका १७ मध्ये १३ जनाको सनाखत"काभ्रेपलान्चोक बेथानचोकको च्यासिङखर्कबाट पनौती फर्कँदै गरेको एक यात्रु वाहक बस दुर्घटना भएको छ।बेथानचोक गणेशस्थानमा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।मृतकको संख्या अझ बढ्न सक्ने बताइएको छ । च्यासिङखर्कमा आयोजना भएको छेवर(ब्रतवन्ध)कार्यक्रममा भागलिएर फर्कने क्रममा उक्त दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।उक्त दुर्घटनामा परी घाइते भएकाको बनेपास्थित सिरमेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । थप विवरण आउन बाँकी छ।
"काभ्रेपलान्चोकमा रिजर्भ बस दुर्घटना ।"काठमाडौं १ मंसिर। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दिन मंसिर ४ गते काठमाडौं उपत्यकमा सार्वजनिक सवारी साधन सञ्चालन नहुने भएका छन्।निर्वाचमा शान्ति सुरक्षालाई दुष्टिगत गरी काठमाडौं, ललितपुर र भक्तपुरमा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको संयुक्त बैठकले मतदानका दिन निर्वाचन आयोगको मापदण्डअनुसार सवारी सञ्चालनमा रोक लगाउने निर्णय भएको काठमाडौंका प्रजिअ घनश्याम उपाध्यायले बताएका छन्। निर्वाचन आयोगले मापदण्ड तोकेका र पास भएका सवारी साधनबाहेक अन्य सार्वजनिक सवारी साधन नचल्ने बताइएको…
"मंसिर ४ गते सार्वजनिक सवारी साधनमा रोक"




















