गणेशमानलाई सम्झिदै प्रकाशमानले भने : दलहरुले गरेको योगदान मेटाउन खोजियो

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक एवं २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको सालिकमा माल्यार्पण गरिएको छ । विहीबबार बिहान गणेशमान सिंहको २८ औँ स्मृति दिवसको अवसरमा शोभाभगवतीस्थित गणेशमान सिंहको सालिकमा पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलगायतले माल्यार्पण गरेका हुन् ।माल्यार्पणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले गणेशमान सिंहले जनताको अधिकारका सम्बन्धमा कसैसँग सम्झौता नगरेको बताए । उनले भने,‘जनतालाई अधिकार दिलाउनको उहाँले गर्नुभएको जुन योगदानहरु छन् । देश र जनताका लागि उहाँले गर्नुभएको योगदान महत्वपूर्ण…

"गणेशमानलाई सम्झिदै प्रकाशमानले भने : दलहरुले गरेको योगदान मेटाउन खोजियो"

‘मेरो घर मात्र होइन राजनीतिक मन्दिर जलाइयो’

काठमाडौं ।पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ०४६ सालको जनआन्दोलनमा कार्यगत एकता गर्दै अन्य दलहरुलाई पनि समावेश गराएर राष्ट्रिय एकताका लागि खेलेको आफ्नो नीजि निवास जलाइएकोमा दुःख व्यक्त गरेका छन् । विहीबार आफ्नो जलेको घरको अवलोकन गर्दै उनले नेपाली कांग्रेसका इमानदार नेताहरुको घर जलाउनुको कारण ०४६ सालमा कांग्रेसले खेलेको भूमिकालाई मेटाउन रहेको बताए । उनले नेपालको हरेका प्रजातान्त्रिक आन्दोलनमा जनतालाई अधिकार दिलाउने कुरामा आफ्नो निवासबाट ठूलो भूमिका निर्वाह गरेको कुरा इतिहासको पानामा रहेकोपनि बताए…

"‘मेरो घर मात्र होइन राजनीतिक मन्दिर जलाइयो’"

नवनियुक्त प्रधानमन्त्री कार्कीले गरिन् सन्दुक रुइतसित छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतसँग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुनेबारे छलफल गरेकी छन् । मंगलबार तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर उनले रुइतसँग छलफल गरेकी हुन् । प्रधानमन्त्री कार्कीले विशेष परिस्थितिमा आफूले सरकारको नेतृत्व गर्नुपरेकाले सहयोग गर्न डा. रुइतसँग आग्रह गरेकी थिइन् । छलफलपछि डा. रुइतले आफूले अस्पतालको काम र बिरामीलाई छाड्न नसक्ने बताए ।

"नवनियुक्त प्रधानमन्त्री कार्कीले गरिन् सन्दुक रुइतसित छलफल"

प्रचण्डले पुगे पार्टी कार्यालय पेरिसडाँडा, नयाँ भवन बनाइने

काठमाडौंं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पार्टी कार्यालय पेरिसडाँडा पुगेका छन् । मंगलबार (भदौ ३१) पेरिसडाँडास्थित क्षतिग्रस्त पार्टी केन्द्रीय कार्यालयको अवलोकनपछि उनले नयाँ पार्टी कार्यालय बनाइने बताएका हुन् । “पार्टीको नयाँ कार्यालय भवन सिंगो पार्टीपंक्ति, देशभित्र र बाहिरका सबै पार्टी सदस्यका सहयोगमा भव्य भवन बनाइनेछ,” उनले भने । ‘जेनजी’को प्रदर्शनका क्रममा यही भदौ २४ गते माओवादी कार्यालयमा तोडफोड र आगजनी गरिएको थियो ।

"प्रचण्डले पुगे पार्टी कार्यालय पेरिसडाँडा, नयाँ भवन बनाइने"

सिंहदरबार जलाउनेलाई कुनै हालतमा छुट दिन सकिँदैनः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सिंहदरबार जस्तो संस्थाहरु जलाउनेलाई छुट दिन नसकिने बताएका छन् । माओवादी पार्टी कार्यालय सरसफाई गर्ने क्रममा उनले पार्टी कार्यालयको मात्र कुरा होईन राष्ट्रको प्रतिक बनेको सिंहदरबार पनि जलाइएको भन्दै त्यस्तो मान्छेलाई कुनै पनि हालतमा छुट दिन नसक्ने बताए । उनले भने, ‘सबै ध्वस्त हुने गरि जलाईएको छ कतिपय सामान लुटिएको छ । सामानहरु पनि सबै तोडफोड गरिएको छ । सामानहरु कतिपय लुटेको छ । पार्टी कार्यालयको…

"सिंहदरबार जलाउनेलाई कुनै हालतमा छुट दिन सकिँदैनः नारायणकाजी श्रेष्ठ"

जेन–जी आन्दोलनमा कर्णालीका ६० संरचना र ४५ सवारी साधनमा क्षति

सुर्खेत । जेन–जी पुस्ताले भदौ २३ र २४ गते गरेको आन्दोलनमा कर्णालीका ६० भौतिक संरचना र ४५ वटा सवारी साधनमा क्षति भएको छ । प्रदर्शनकारीहरुले सरकारी भवन, राजनितक दलका कार्यालय र निजि घरहरु समेतमा आगजनी र तोडफोड गरेका छन् । आन्दोलनको क्रममा ४५ सवारी साधनमा आगजनी गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक०ले कर्णालीका १० ओटै जिल्लामा गरेको मिडिया मोनिटरिङ तथा इन्सेकका जिल्ला प्रतिनिधीको प्रतिवेदनका आधारमा आन्दोलनमा भएको क्षतीको प्रारम्भिक तथ्याङक संकलन गरिएको इन्सेक…

"जेन–जी आन्दोलनमा कर्णालीका ६० संरचना र ४५ सवारी साधनमा क्षति"

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । नवनियुक्त तीन मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् । अन्तरिम सरकारको मन्त्रीमा नियुक्त भएसँगै पूर्वअर्थसचिव रामेश्वर खनाल, नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी अधिकृत कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्यालले शपथ ग्रहण गरेका हुन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले तीनै जनालाई शपथ गराएका हुन् । शपथ ग्रहणसँगै घिसिङलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने ओमप्रकाश अर्याललाई गृह मन्त्रालय र…

"नवनियुक्त मन्त्रीहरूले लिए शपथ"

सिंहदरबार गेट अगाडि सरसफाइमा जुटे प्रहरीहरू

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको सिंहदरबार परिसर अहिले क्रमशः सामान्य अवस्थामा फर्किंदैछ। आन्दोलनको बेला प्रदर्शनकारीहरूले जलाएका सवारीसाधन तथा क्षतिग्रस्त वस्तुहरूको उठान तथा सरसफाइको कार्यमा प्रहरीले सक्रियता देखाएको छ। सिंहदरबारको मुख्य गेट अगाडि जलेका गाडीहरू हटाउँदै र सडक सफा गर्दै प्रहरी जुटेको छ । घटनापछि वातावरण स्वच्छ बनाउन प्रहरी र सरसफाइकर्मीहरू व्यस्त छन्।

"सिंहदरबार गेट अगाडि सरसफाइमा जुटे प्रहरीहरू"

जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गरिने

काठमाडौं । सरकारले जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री सुशीला कार्कीले मृतकहरुलाई शहीद घोषणा गर्ने र १०–१० लाख रूपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको मुख्यसचिव एक नारायण अर्यालले जानकारी दिए । साथै उनको अनुसार घाइतेहरुको निशुल्क उपचारको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रधानमन्त्री कार्कीले निर्देशन दिएकी छन् । उनले भने,‘मृतक व्यक्तिलाई शहीद घोषणा गर्ने र १० लाख उपलब्ध गराउने निर्णय भएको छ र घाईतेहरुको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय निशुल्क उपचारको व्यस्था…

"जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गरिने"

सार्वजानिक सवारी साधन चलेसँगै सडकमा सवारी साधनको चाप

सार्वजानिक यातायात सञ्चालनपछि आज काठमाडौंको उपत्यकामा सवारी साधनको चहलपहल बढेको छ । आन्दोलन र निषेधाज्ञाले प्रभावित बनेका नागरीक सामान्य बन्दै आफ्नो दैनिकीमा फर्किएका छन् । यससँगै सडकमा सवारी साधनको चाप बढेको हो ।

"सार्वजानिक सवारी साधन चलेसँगै सडकमा सवारी साधनको चाप"