जेनजीहरुको बीचमा गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हावी हुदै छ : मन्त्री पुन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले राष्ट्रिय हितको लागि गुटबन्दी र खुट्टा तानातान गरेर फाईदा नभई धेरै नोक्सान हुने भन्दै गुटबन्दी र खुट्टा तानातान नगर्न जेनजी पुस्तालाई आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले अहिलेको परिप्रेक्षमा देश विकास र सार्वभौम सत्ताको रक्षाको लागि गुटबन्दी नगर्न जेन–जी पुस्तालाई आग्रह गरे । उनले लेखेका छन् ,‘राष्ट्रिय हितको लागि गुटबन्दी र खुट्टा तानातान गरेर फाईदा होइन नि झनै धेरै नोक्सान हुन्छ। त्यसैले अहिलेको परिप्रेक्षमा देश विकास…

"जेनजीहरुको बीचमा गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हावी हुदै छ : मन्त्री पुन"

नयाँ बन्धकको सूची सार्वजनिक : विपिन जोशीको नामपनि समावेश

काठमाडौं । गाजामा हमासले नियन्त्रणमा लिएका जीवित बन्धकको सूचीमा नेपालका विपिन जोशीको नाम समेटिएको नयाँ सूची सार्वजनिक भएको छ । हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गर्नु अगाडि सार्वजनिक सूचीमा विपिनको नाम पनि समेटिएको हो ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यम वाशिङ्टन पोस्टले जीवित बन्धकको सूचीमा विपिन रहेको सार्वजनिक गरेको हो । यसअघि सिएनएसनले सार्वजनिक गरेको सूचीमा विपिन अज्ञात रहेको उल्लेख गरेतापनि विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेको सूचीमा भने विपिन जीवित रहेको उल्लेख छ ।

"नयाँ बन्धकको सूची सार्वजनिक : विपिन जोशीको नामपनि समावेश"

नेकपा एसको बैठक बस्दै

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज आइतबार बस्दैछ ।शुक्रबार सुरु भएको बैठकको निरन्तरतास्वरुप आज पनि बैठक बस्न लागेको हो । । बैठक ११ बजे बस्दैछ । बैठकमा समसामयिक राष्ट्रिय राजनीतिक परिस्थितिको अलावा निर्वाचनको कार्ययोजना, पार्टी एकतासम्बन्धी रिपोर्टिङ र सङ्गठनात्मक सवालमा छलफल हुनेछ । सङ्गठनात्मक सवालमा केन्द्रीय कमिटीको बैठक र एजेन्डाका विषयमा पनि निर्णय गर्ने तयारी छ ।

"नेकपा एसको बैठक बस्दै"

शिक्षा मन्त्रालयले त्रिवि जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गर्ने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिले सरकारलाई पेस गरेको प्रतिवेदन सार्वजनिक गर्ने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समिति ९२०८१० ले नेपाल सरकारलाई पेश गरेको प्रतिवेदन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गर्ने बताएका हुन् । मन्त्रिपरिषद्ले उक्त प्रतिवेदन कार्यान्वयनका लागि शिक्षा मन्त्रालयमा पठाउने निर्णय गरेको थियो । यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाइएको थियो ।…

"शिक्षा मन्त्रालयले त्रिवि जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गर्ने"

राष्ट्रपतिले प्रधानमन्त्री‍, मन्त्री र राजनीतिक दलसँग छलफल गर्दै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्रीहरू र राजनीतिक दलसँग आज छलफल गर्ने भएका छन् । शुक्रबार अपराह्न ४ बजे राष्ट्रपति पौडेलले सरकार र सबै राजनीतिक दलहरूसँग निर्वाचनबारे छलफल गर्न लागेका हुन् । छलफल शीतलनिवासमै हुनेछ । बिहीबार पनि प्रधानमन्त्री कार्की र केही मन्त्रीहरू राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेका थिए ।

"राष्ट्रपतिले प्रधानमन्त्री‍, मन्त्री र राजनीतिक दलसँग छलफल गर्दै"

ओली, देउवा र प्रचण्डलाई पक्राउ गर्न दुर्गा प्रसाईंको माग

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, आरजु राणा र अन्य सार्वजनिक नेताहरूलाई तुरुन्त पक्राउ गर्न माग गरेका छन् ।विहीबार सामाजिक संजालमा आफ्ना धारणाहरु राख्दै उनले शीर्ष नेताहरुलाई पक्राउ गरी उठेका आरोपहरुलाई कानूनी प्रक्रिया अनुसार छिट्टै अगाडि बढाएर सत्यतथ्य सार्वजनिक गर्नु पर्ने र दोषी ठहरिएमा कानुनले अनुसार कारबाही हुनुपर्नेमा जोड दिएका छन् । त्यस्तै उनले विदेशी शक्तिको आडमा देश चलाउने लुसिफरको प्रयास कहिल्यै सफल नहुने भन्दै छठपछि व्यवस्था परिबर्तनका…

"ओली, देउवा र प्रचण्डलाई पक्राउ गर्न दुर्गा प्रसाईंको माग"

क्षतिग्रस्त विपी राजमार्ग जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउन निर्देशन

काठमाडौं । बाढीपहिरोले क्षतिग्रस्त बनाएको विपी राजमार्गलाई जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउनेगरी काम गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सडक विभाग र निर्माण व्यवसायीलाई आग्रह गरेका छन् । बिहीबार विपी राजमार्गको अनुगमनमा गएका उनले संघीय राजधानी काठमाडौंसँग बागमती, मधेश र कोशी प्रदेशका जिल्लाहरुलाई जोड्ने लाइफ लाइन सडकलाई जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउने गरी काम गर्न आग्रह गरेका हुन् । सडक अनुगनमा मन्त्री घिसिङसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव…

"क्षतिग्रस्त विपी राजमार्ग जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउन निर्देशन"

महेश बस्नेतले दिए बालेन र सुदनको टोलीलाई ‘विदेशी दलाल’ को संज्ञा

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले बालेन शाह, सुदन गुरुङसहितको समूहमाथि गम्भीर आरोप लगाएका छन् । उनले आज पत्रकार सम्मेलन गर्दै उनीहरूलाई ‘विदेशी दलाल’ को संज्ञा दिँदै आपराधिक गतिविधिमा संलग्न भएको आरोप लगाए । ‘बालेन र सुदनलगायतका यी टिमहरू विदेशी दलाल हुन् । यिनीहरूले आपराधिक गतिविधि गरेका छन्, त्यसैले कारबाही उनीहरूबाट सुरु गर्नुपर्छ,’बस्नेतले भने । उनले हालैको आन्दोलन र संसद विघटनसम्बन्धी विषयमा एमालेले चाँडै औपचारिक धारणा लिने जानकारी दिए । संसद विघटन वैधानिक कि…

"महेश बस्नेतले दिए बालेन र सुदनको टोलीलाई ‘विदेशी दलाल’ को संज्ञा"

नेपाल सरकार र जर्मन सरकारबीच वित्तीय र प्राविधिक सहयोग सम्बन्धी सम्झौताहरुमा हस्ताक्षर

काठमाडौं । नेपाल सरकार र जर्मनीबीच वित्तीय सहयोग र प्राविधिक सहयोग सम्बन्धी दुई महत्वपूर्ण सम्झौताहरुमा आज हस्ताक्षर सम्पन्न भएको छ । यी सम्झौताहरुले नेपालको उर्जा, स्वास्थ्य, कृषि, शासन तथा समावेशी विकासका प्राथमिकतालाई सहायता गर्ने लक्ष्य लिएको छ । नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्री धनिराम शर्मा र जर्मन सरकारको तर्फबाट काठमाडौँस्थित नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो भोल्जले हस्ताक्षर गरेका हुन् । वित्तीय सहयोग सम्झौताअन्तर्गत जर्मन सरकारले ‘पावर डिस्ट्रीब्युसन स्ट्रेन्थेनिङ कार्यक्रम’ मा सहयोगस्वरूप…

"नेपाल सरकार र जर्मन सरकारबीच वित्तीय र प्राविधिक सहयोग सम्बन्धी सम्झौताहरुमा हस्ताक्षर"

प्रदर्शनकारीहरुको अवरोधले समयमा सिंहदरबारको आगो निभाउन सकिएन : बालेन शाह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा महानगरपालिकाले जलेका संरचनाहरू नजोगाएको भन्ने आरोपको स्पष्टीकरण दिएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आन्दोलन सुरु भएदेखि २८ गतेसम्म कुन कुन दिन कुन कुन स्थानमा दमकल पुगेर आगलागी निभाइयो भन्ने सम्पूर्ण जानकारी गराएका हुन् । यत्रो सिंहदरबार जल्दा काठमाडौँ महानगरको दमकल कहाँ गयोरु सिंहदरबार जलाउने नै बालेन शाह हो जस्ता प्रश्न र आरोप केही दिनदेखि उठिरहेको भन्दै उनले…

"प्रदर्शनकारीहरुको अवरोधले समयमा सिंहदरबारको आगो निभाउन सकिएन : बालेन शाह"