एजेन्सी । चीनमा नवप्रवर्तन उद्योग एवम व्यवसायले उल्लेखनीय प्रगति गर्दै गएको छ ।रोबोटिक्स, फोटोनिक्स, हाइड्रोजन ऊर्जा र क्वान्टम प्रविधि क्षेत्रहरूमा चीनको केही उल्लेखनीय उपलब्धिहरूको पछाडि नवप्रवर्तन प्रेरक बनेको छ । बेइजिङमा रहेको मानवोइड रोबोट उद्योग भर्खरै संचालनमा आएको छ । जुन १४,००० वर्ग मिटर क्षेत्रफलमा छ । देशभरि देखा पर्दै गरेका धेरै नवनिर्मित रोबोट र प्रविधि केन्द्रहरू मध्ये सबैभन्दा ठूलो हो। त्यस्तै उत्तरपश्चिमी चीनको शान्सी प्रान्तमा, लगभग २० कम्पनीहरू आवद्ध हुने फोटोनिक्स सेन्सिङ औद्योगिक पार्कको…
"चीनमा नवप्रवर्तन उद्योग फस्टाउँदै, रोबोटिक्स रोजाइमा"Author: लोकनीति अनलाइन
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ८९ औं वार्षिकोत्सव मनाएको छ । आइतबार नेपाल बैंक लिमिटेडको ८९ औं वार्षिकोत्सवको मनाएको हो । यसै अवसरमा सञ्चालक समितिका अध्यक्ष प्राडा डिल्लीराज शर्माले लामो इतिहास बोकेको नेपाल बैंकको प्रगतिको लागि सबैलाई धन्यवाद दिए । उनले भने, ‘लामो इतिहास हामीले बोकेछौ । बैंकको अहिलेसम्मको आरोह अवरोह उतारचढावका बीच पनि बैंकलाई प्रतिष्ठित बैंकका रुपमा नेपालीहरुको आफ्नो बैंकको रुपमा सबैले विश्वास गरेको बैंकको रुपमा यो अवस्थासम्म ल्याइपुर्याउन सम्पूर्ण…
"नेपाल बैंक लिमिटेडले मनायो, ८९औं वार्षिकोत्सव, विश्वास कायम राख्ने प्रतिवद्धता"काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ । आज सुन ५ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको सुनको मूल्य आज ५ सयले बढेर २ लाख ४३ हजार ३ सयमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य २० रुपैयाँले बढेको हो । चाँदी आज ३ हजार १ सय ५५ रुपैयाँमा कारोबार…
"सुनको मूल्य ५ सयले बढ्यो"काठमाडौँ । नेपालआयलनिगमले पेट्रोलीयमपदार्थको मूल्य वृद्धि गरेको छ । शनिबार रातिदेखि लागू हुनेगरी निगमले पेट्रोल र डिजेलको मूल्यमावृद्धि गरेको हो। निगमले साविकको खुद्राबिक्रीमूल्यमा पेट्रोलमाप्रतिलिटर दुई र डिजेलमातीन रुपैयाँमूल्यवृद्धि गरेको हो। अब पेट्रोलको मूल्य एक सय ६१ र डिजेलको मूल्य एक सय ४७ रुपैयाँपुगेको छ।यो मूल्यकातिक ३० गते बिहान १ बजेदेखि कायमहुने निगमद्वारा जारी सूचनामाउल्लेख छ।
"बढ्यो पेट्रोल र डिजेलको मूल्य"काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपालको संविधानका विषयमा गहन छलफल आवश्यक रहेको औंल्याएका छन् । उनले हालकै संविधानबाट देश र जनताको पक्षमा काम गर्नुपर्ने बताए । आइतबार आयोजित संघीय लोकतान्त्रिक गणतन्त्र : चुनौती र अवसर विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले संविधानमा कमीकमजोरी हुनसक्ने भन्दै संविधान संशोधनलगायतका विषयमा गहन छलफल गर्नुपर्ने बताएका हुन् । ‘संविधानको लामो अभ्यास गर्दै जाँदा यहाँभित्र पनि कमीकमजोरी छ कि यो संविधान पनि संशोधन गर्नुपर्छ कि, शासकीय स्वरुप, निर्वाचन प्रणाली…
"संविधान संशोधनलगायतका विषयमा गहन छलफल जरुरी भइसक्यो : मुख्मन्त्री बानियाँ"दोधारा चाँदनी (कञ्चनपुर)।कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ की पूजा शाही १३ महिनाको छोरालाई खोप लगाउन महाकाली प्रादेशिक अस्पताल पुगेकी थिइन्। स्वास्थ्यकर्मीले शिशु दुब्लो देखेपछि तौल जाँच गरिएको थियो। तौल ६ किलो ४०० ग्राम मात्र नापिएपछि उनलाई पोषण पुनःस्थापना गृहमा भर्ना गरियो। उमेरअनुसार शिशुको तौल ११ किलो हुनुपर्ने स्वास्थ्यकर्मीले बताए। पूजा हाल दुई सातादेखि पुनःस्थापना गृहमा छोराको उपचार गराइरहेकी छन्। दिनमा चारपटक पोषणयुक्त खाना खुवाइने भएकाले शिशुको १० दिनमा ७ सय ग्राम तौल बढिसकेको उनले बताइन्।यस्तै, भीमदत्त–बागबानीकी गीता…
"कञ्चनपुरमा बालबालिकामा कुपोषण बढ्दो"तनहुँ। व्यास नगरपालिका–१ रतौलीका अर्जुनबहादुर बस्नेतले कुखुरापालन गरेर मासिक रु एक लाख आम्दानी गर्दै आउनुभएको छ । सत्र वर्षसम्म दुबईमा रोजगारी गर्नुभएका बस्नेत स्वदेश फर्किएर व्यावसायिक रूपमा कुखुरापालनमा लाग्नुभएको हो । विदेशमा रहँदा कोरोनाको समयमा बुबाको निधन भएको नौ महिनापछि घर फर्किनुभएका बस्नेत त्यसपछि विदेश नगई स्वदेशमै केही गरौँ भन्दै पाँच वर्षदेखि कुखुरापालन गर्दै आउनुभएको हो । विदेशमा गरेको आम्दानीभन्दा स्वदेशमा बसेर दोब्बर कमाई गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न बस्नेत सफल हुनुभएको छ ।…
"कुखुरापालनबाट मासिक एक लाख आम्दानी"काठमाडौं । नेपाल टेलिकमको दूरसञ्चार सेवा उपभोग गरेबापतको बक्यौता रकम तीन महिनाभित्र तिरे जरिवाना नलाग्ने भएको छ । टेलिकमले आइतबार सूचना जारी गर्दै ०७९र०८० सम्मको बक्यौता रकम मंसिर १ देखि माघ मसान्तसम्म भुक्तानी गरेमा जरिवाना छुट हुने जानकारी दिएको हो । टेलिकमले यो अवसरको लाभ लिन बक्यौता बाँकी भएका सबै ग्राहकहरूलाई अनुरोध गरेको छ । त्यस अवधीमा पनि बक्यौता भुक्तानी नगरे त्यस्ता ग्राहकहरूको नामावली पत्रिकामा प्रकाशित गर्ने, वेबसाइटमा राखी कालोसूचीमा समावेश गर्ने प्रक्रिया अगाडि बढाउने…
"टेलिकमको बक्यौता ३ महिनाभित्र तिरे जरिवाना नलाग्ने"काठमाडौं । गृह मन्त्री ओम प्रकाश अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । उनले दिउँसो तीन बजे गृह मन्त्रालयमा बस्नेगरी बैठक बोलाएका हुन् । बैठकमा शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल हुने गृहमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका एकजना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख लगायत उपस्थित हुनेछन् ।
"गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक"काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको ६९ सयले घटेर तोलाको २ लाख ४२ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ४९ हजार ७ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५० रुपैयाँले घटेर ३१३५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ३२८५…
"सुन तोलाको ६९ सयले घट्यो"




















