प्रसाईं पक्राउपछि नागरिक बचाउ दल सडक संघर्षमा

दुर्गा प्रसाईं पक्राउको विरोधमा आजैदेखि सड्क संघर्ष गर्ने नागरिक बचाउ दलको घोषणाकाठमाडौं । विवादित मेडिकल व्यवसायी एवम् राजावादी अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रसाईं पक्राउको बिरोधमा उनको संरक्षकत्वमा रहेको नागरिक बचाउ दलले आजैदेखि सड्क संघर्ष गर्ने घोषणा गरेको छ । सोमबार मात्र पत्रकार सम्मेलन गरी आगामी मंसिर ७ गते देश नै ठप्प पार्ने गरी आन्दोलनको तयारी गरिरहेको बताएका थिए । शान्ति सुरक्षामा खलल पु¥याउन खोजेको आरोपमा प्रसाईंलाई नेपाल प्रहरीले भक्तपुरको ठिमीस्थित उनको निवासबाटै…

"प्रसाईं पक्राउपछि नागरिक बचाउ दल सडक संघर्षमा"

सेवा हाईड्रोले आईपीओ निष्कासनका गर्न विशेष साधारण सभा बोलायो

काठमाडौं । सेवा हाईड्रो लिमिटेडले आईपीओ निष्कासनसम्बन्धी विशेष प्रस्ताव पारित गर्न मंसिर २७ गते साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले बानेश्वरस्थित कम्पनीको कार्यालयमा सभा सञ्चालन गर्ने निर्णय गरेको हो । कम्पनीले आगामी साधारण सभामा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रस्तावलाई अनुमोदन गर्नेछ । साथै, आईपीओ जारी गर्न आवश्यक सम्पूर्ण प्रक्रिया तथा कानुनी व्यवस्थापालनको जिम्मेवारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि सभामा पेश हुने कम्पनीले जनाएको छ । त्यसैगरी, गत आर्थिक…

"सेवा हाईड्रोले आईपीओ निष्कासनका गर्न विशेष साधारण सभा बोलायो"

राजावादीहरुको प्रदर्शनमा मृत्यु भएका पत्रकार रजककी श्रीमतीलाई सरकारी जागिर

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले चैत्र १५ गतेको प्रदर्शनपछिको घटनामा मृत्यु भएका पत्रकार सुरेश रजकको धर्मपत्नी सुजन रजकलाई सुरक्षण मुद्रण केन्द्रमा नियुक्त गरिएको बताएका छन् । मंगलबार मन्त्रालयमा सुरेशको परिवारहरुसँग भेट्दै उनले सुरेशको सन्दर्भमा केही गर्न पाएहुन्थ्यो भनेर मन्त्रालयमा कुरा भइरहेको भन्दै तत्कालका लागि सुरेशकी धर्मपत्नी सुजन रजक रोजगारी दिएर थोरै भएपनि सान्तवना दिन खोजेको बताए । उनले भने, ‘चैत्र १५ गतेको घटनामा सुरेशले जसरी काम गरिरहेका थिए, त्यो सबैले देखेकै हो…

"राजावादीहरुको प्रदर्शनमा मृत्यु भएका पत्रकार रजककी श्रीमतीलाई सरकारी जागिर"

कर्णाली याक्सले चितवन राइनोजलाई दियो १६७ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ । कर्णालीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १६६ रन बनाएको हो । कर्णालीका प्रियांक पन्चालले ९० रन बनाए । पवन सर्साफले २७, म्याक्स डोआउडले २०, मार्क वाटले १६ रन बनाए । चितवनका रवि बोपारा, सैफ अली जैब र सोहेल तनभीरले एक÷एक विकेट लिए ।

"कर्णाली याक्सले चितवन राइनोजलाई दियो १६७ रनको लक्ष्य"

‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न सकिँदैन्’

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जबसम्म सरकार र करदाता मिल्दैनन् तबसम्म कराधार विस्तार गर्न नसकिने बताएका छन् । सोमबार कर दिवसको अवसरमा बोल्दै अर्थमन्त्री खनालले नयाँ क्षेत्रमा कर लगाएर कराधार विस्तार नहुने भन्दै व्यवसायी गतिबिधि सहज तरिकाले विस्तार गरेर आर्थिक वृद्धि भयो भने कराधार स्वत विस्तार हुने धारण राखे । उनले भने,‘जबसम्म सरकार र कराधार मिल्दैनन् तबसम्म करदाता विस्तार हुँदैनन् । कराधार विस्तार गर्ने भनेको नयाँ क्षेत्रमा कर लगाएर होइन् । व्यवसायी गतिबिधि सहज तरिकाले…

"‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न सकिँदैन्’"

सिद्धार्थ बैंक लिमिटेडको २४ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले २४ औं वार्षिक साधारण सभा आइतबार सम्पन्न गरेको छ । उक्त सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बैंकका अध्यक्ष श्री राहुल अग्रवालको अध्यक्षतामा सम्पन्न भएको छ। सभाले बैंकको हाल कायम चुक्ता पूँजी रु। १४,०८,९९,८०,१९० मा आधारित रहेर ५ प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। त्यसैगरी, आर्थिक वर्ष २०८१÷८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वित्तीय विवरण, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण, र…

"सिद्धार्थ बैंक लिमिटेडको २४ औं वार्षिक साधारण सभा सम्पन्न"

कामना सेवा विकास बैंक र ज्यतभ होटलबीच छुट सम्बन्धी सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र काठमाडौं, बुढानिलकण्ठ स्थित ज्यतभ होटलसँग सेवा शुल्क छुट सम्झौता भएको छ । .यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले होटलको अकोमोडेसन, फुड र बेभरेजमा १० प्रतिशत छुट पाउन सक्नेछन् । बैंकका ग्राहकहरुले बैंकसँगको आबद्धताको प्रमाण देखाएर सजिलै यो सुविधा प्राप्त गर्न सक्नेछन्। यस सम्झौताले बैंकसँग आबद्ध सबै ग्राहकहरुलाई विशेष सेवा सुविधा प्रदान गर्ने बैंकले जनाएको छ । सम्झौतामा बैंकको तर्फबाट मार्केटिङ प्रमुख पर्मा ढुङ्गेल र होटलका सञ्चालन प्रबन्धक समिर…

"कामना सेवा विकास बैंक र ज्यतभ होटलबीच छुट सम्बन्धी सम्झौता"

दोस्रो संस्करणको एनपिएल आजदेखि : उद्घाटन खेलमा जनकपुर र काठमाडौं भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज सुरु हुँदैछ । उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्दैछन् भने खेल आज दिउँसो ४ बजे सुरु हुने तय भएको छ । एनपिएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर हुनेछन् । एनपिएल मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुनेछ भने एनपिएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन् । उद्घाटनसँगै शनिबारका लागि टिकट मूल्य साधारणतर्फ…

"दोस्रो संस्करणको एनपिएल आजदेखि : उद्घाटन खेलमा जनकपुर र काठमाडौं भिड्दै"

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंसिर ४ गतेलाई सर्यो

काठमाडौं । नेपाली कांग्रेसको मंसिर १ गते बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक सारिएको छ । मंसिर १ गते सोमबार दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी।पी। स्मृति भवन, बी।पी नगर, ललितपुरमा बस्ने भनिएकोमा उक्त बैठक मंसिर ४ गते बिहीबार दिउँसो २ः०० बजे बस्ने गरि सारिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । उनले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको पनि बताएका…

"कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंसिर ४ गतेलाई सर्यो"

नबिल बैंकले ल्यायो नयाँ मास्टरकार्ड डेबिट कार्ड

काठमाडौं । नबिल बैंकले मास्टरकार्ड नेटवर्कअन्तर्गत नयाँ डेविट कार्ड जारी गरेको छ । बैंकले ग्राहकको सुविधा र विद्युतीय भुक्तानीलाई अझ बढी समृद्ध बनाउने उद्देश्यले काठमाडौँमा आयोजित एक कार्यक्रममा नयाँ डेविट कार्ड जारी गरेको जनाएको छ । कार्यक्रममा नबिल बैंक र मास्टरकार्डका तर्फबाट वरिष्ठ अधिकारीहरुको उपस्थिति थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले ग्राहकलाई उच्चस्तरीय सुविधा दिने बैंकको प्रतिबद्धतामा यो नयाँ उपलब्धि भएको बताए । उनले भने, ‘बैंकले सुरुआतदेखि नै ग्राहकलाई विश्वस्तरीय सुविधा उपलब्ध गराउँदै…

"नबिल बैंकले ल्यायो नयाँ मास्टरकार्ड डेबिट कार्ड"