काठमाडौँ । पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिले देशमा आगो लागेको बेला झगडा गरेर बस्ने समय नभएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै डा. भट्टराईले घरमा आगो लागेको बेला को ठूलो कोठामा सुत्ने, कसले ठूलो भाग खाने भनेर झगडा गर्ने समय नभएको भन्दै अहिले मिलेर आगो निभाउने र नयाँ अझै सुन्दर घर बनाउने संकल्प गर्ने बेला भएको बताएका हुन् । उनले सबैले मिलेर आत्म समिक्षा नगरे इतिहासले कसैलाई क्षमा नगर्ने चेतावनी समेत दिएका छन्…
"सबै नमिले इतिहासले कसैलाई क्षमा गर्नेछैन : डा. बाबुराम भट्टराई"Author: लोकनीति अनलाइन
काठमाडौं । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन पौडेलले देशको माटोले दिएको बिउ चिन्न नसकेको कारण बिउ पनि आयात गर्नुपर्ने अवस्था आएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘समृद्धिका लागि कृषि’ विषयक बृहत अन्तरक्रिया कार्यक्रममा उनले हाइब्रिड बिउ उत्पादन भनेको मूल बिउलाई सिध्याउने काम भएको भन्दै देशको माटोले दिएको बिउ चिन्न नसकेको कारण बिउ पनि आयात गर्नुपर्ने अवस्थाको सुरुवात भइसकेको बताए । उनले भने, ‘हामीले सुरुदेखि नै केही कुरामा ख्याल गरिरहेका छैनौ । नेपाल…
"देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात गर्नुपर्ने अवस्था आयो : मन्त्री पौडेल"काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवामा अग्रणी संस्था ग्रेस इन्टरनेशनल एजुकेसन एण्ड माइग्रेशन २० औं वर्षमा प्रवेश गरेको छ । काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको ग्रेस इन्टरनेशनलले काठमाडौंको पुतलीसडक, चितवन, हेटौंडा, बिराटनगर, पोखरा, दमक, पर्सा, कावासोती, बुटवल, बिर्तामोड, दमौली र बागलुङमा पनि शाखा संचालन गरिरहेको छ । १२ भन्दा बढी देशमा शाखा स्थापना गरी ग्रेस इन्टरनेशनलले सेवा प्रदान गर्दै आइरहेको छ ।ग्रेस इन्टरनेशनलले विद्यार्थीलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत, न्युजिल्याण्ड लगायतका देशमा अध्ययनका अवसर प्रदान…
"ग्रेस इन्टरनेशनल २० औं वर्षमा प्रवेश, प्रभावकारी सेवा दिने उद्घोष"काठमाडौँ । क्रिकेट असोसिएसन अफ नेपाल (CAN )द्वारा आयोजित नेपाल प्रिमियर लिग २ को ट्रफी सानिमा रिलायन्स लाईफमा इन्स्योरेन्स लि. को प्रधान कार्यालय, नक्सालमा लगिएको छ। सानिमा रिलायन्स सह – प्रायोजक रहेको उक्त कार्यक्रम यही मङ्सिर १ गतेबाट किर्तिपुर क्रिकेट मैदानमा सुरु हुँदै छ। कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष रतन लाल केडियाले नेपालमा क्रिकेटको महत्व तथा खेलको लोकप्रियता दिन प्रति दिन बढ्दै गएको र नेपालमा क्रिकेटका उत्कृष्ट खेलाडीहरू रहेको र ती खेलाडीहरूलाई अन्तरराष्ट्रिय स्तरमा पहिचान गराउन…
"नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको ट्रफी टुर सानिमा रिलायन्स लाईफमा"काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन ५ सयले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँमा कारोवार भइरहेको सुन आज प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ६० रुपैयाँले घटेको हो । बिहीबार ३ हजार ३ सय ४५ रुपैयाँमा कारोवार भइरहेको चाँदी आज ३ हजार…
"आज सुनको मूल्य सामान्य घट्यो"एजेन्सी । चीनमा छेपारोदेखि कछुवा र रंगीन सुगासम्म पालन गर्नेहरुको संख्या बढ्दै गएको छ । विशेषगरी विदेशी घरपालुवा जनावरहरूको बजार पनि बढ्दो क्रममा छ । तथ्याङ्क अनुसार चीनमा १ करोड ७० लाखभन्दा बढी मानिसहरूले अहिले परम्परागत बिरालो वा कुकुरहरू बाहेक अन्य जनावरहरू पाल्छन् । जसले गर्दा लगभग १.४ अर्ब अमेरिकी डलर मूल्यको विदेशी घरपालुवा जनावर बजार बढिरहेको हो । मध्य चीनको शाङ्किउ शहर जस्ता स्थानहरुमा विदेशी घरपालुवा जनावर प्रजननकर्ताहरू माग पूरा गर्न अग्रसर देखिन्छन् ।…
"चीनमा छेपारोदेखि कछुवा र रंगीन सुगा पाल्नेहरुको संख्या बढ्यो"काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि टिकट बिक्री खुल्ला गरेको छ । मङ्सिर १ गतेदेखि २७ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा हुने एनपीएल दोस्रो संस्करण प्रतियोगिताका लागि विभिन्न दरमा टिकट बिक्री सुरु गरेको हो । क्यानले एक सूचना जारी गर्दै दर्शकका लागि पहिलो चरणमा हुने प्रतियोगिताको पहिलो ६ दिनको खेलहरुको लागि टिकट बिक्री खुल्ला गरेको जानकारी दिएको छ क्यानका अनुसार विभिन्न वर्गका टिकट मूल्य तोकिएका छन…
"एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि टिकट बुकिङ खुला"काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिसँग आफ्नो स्वामित्व नरहेको बताएका छन्। बिहीबार एक विज्ञप्ती जारी गर्दै उनले खड्का ल्याण्डमा आफ्नो स्वामित्व नरहेको बताएका हुन् । कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग चरित्रहत्या गर्ने उदेश्यले बारम्बार नाम जोडेको पूर्वऊर्जामन्त्री खड्काको भनाई छ । यसले व्यक्तिगत र राजनीतिक जीवनमा आघात पुगेको समेत उनले बताए । नेता खड्काले विज्ञप्ति मार्फत भनेका छन्, ‘नेपाल स्काउटको भाडा विवादको विषयमा मेरो…
"कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का"सर्लाही । मधेश प्रदेश सभामा लामो समयदेखि बैठकमा अनुपस्थित रहँदै आएका पाँच जना प्रदेश सांसदलाई सभामुख रामचन्द्र मण्डलले पदमुक्त गरेका छन्। बिहीबारदेखि लागू हुनेगरी उनीहरूको पद खोसिएको हो। पदमुक्त हुनेहरूमा उर्मिला देवी सिंह(सर्लाही),मनिष कुमार सुमन (सप्तरी),संजय कुमार यादव, सर्लाही, ३(२), सिंहासन सा कलवार, सर्लाही, ४ (२) र सारदा संकर प्रसाद कलवार, बारा, २(१) रहेका छन् । उनीहरूले लगातार १० वटा प्रदेश सभा बैठकमा हाजिर नभएको भन्दै सभामुख मण्डलले नियम अनुसार उनीहरूलाई प्रदेश सभा सदस्यबाट पद…
"मधेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त"काठमाडौं । सरकारले भूकम्प प्रतिरोधी भवन निर्माणका लागि राष्ट्रिय भवन संहिता (कोड_लाई परिमार्जन गरी लागू गरेको छ । पुरानो कोडमा रहेका प्रावधान अव्यावहारिक र अन्तर्राष्ट्रिय मानकसँग मेल नखाने, डिजाइन गणनामा जटिलता र निर्माणमा अनावश्यक खर्च बढाउने जस्ता व्यवस्थालाई परिमार्जन गरिएको छ । परिमार्जित राष्ट्रिय भवन संहितालाई बिहीबार राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याइएको छ । नयाँ कोडले भवन मात्र नभएर जलविद्युत आयोजनाका बाँध, विद्युतगृह, सुरुङजस्ता भूमिगत संरचना निर्माणका लागि मार्गदर्शन प्रदान गर्नेछ । शहरी विकास मन्त्री…
"भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागू"




















