विश्वकप २०२२, फ्रान्स र मोरक्कोबीच दोस्रो सेमिफाइनल खेल हुने

कतारमा जारी फिफा विश्वकप २०२२ अन्र्तगत आज दोस्रो सेमिफाइनल खेल हुँदै छ। नेपाली समय अनुसार राति पौने १ बजे हुने खेलमा फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने छ। आजको विजेताले फाइनलमा अर्जेन्टिनासँग खेल्ने छ। अर्जेन्टिनाले गत संस्करणको फाइनल खेलेको क्रोएशियालाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरिसकेको छ।  यस विश्वकपमा मोरक्कोले एक मात्र गोल खाएको छ। त्यो पनि मोरक्कन खेलाडीको गल्तीले।  मोरक्कोले क्यानडाविरुद्ध गोल खाएको थियो। डिफेन्डिङ च्याम्पियन फ्रान्सले एउटा पनि नकआउट खेललाई पेनाल्टी…

"विश्वकप २०२२, फ्रान्स र मोरक्कोबीच दोस्रो सेमिफाइनल खेल हुने"

काभ्रेपलाञ्चोक बस दुर्घटनामा ज्यान गुमाएका १७ मध्ये १३ जनाको सनाखत

काभ्रे। काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका ४ चलाल गणेस्थानमा मंगलबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाएका १७ मध्ये १३ जनाको सनाखत भएको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार मृत्यु हुनेमा बनेपा नगरपालिका ११ की ७९ वर्षीया निर्मला तामाङ, ११ वर्षीय योगेश तामाङ, ५० वर्षीय अंकुर तामाङ, ४३ वर्षीया हेमा तामाङ, १० वर्षीय पुष्कर तामाङ, २५ वर्षीया कोपिला तामाङ र ६ वर्षीया श्रेया तामाङ रहेका छन्। त्यस्तै बनेपा नपा–१४ का ३९ वर्षीय राजकुमार तामाङ, २८…

"काभ्रेपलाञ्चोक बस दुर्घटनामा ज्यान गुमाएका १७ मध्ये १३ जनाको सनाखत"

काभ्रेपलान्चोकमा रिजर्भ बस दुर्घटना ।

काभ्रेपलान्चोक बेथानचोकको च्यासिङखर्कबाट पनौती फर्कँदै गरेको एक यात्रु वाहक बस दुर्घटना भएको छ।बेथानचोक गणेशस्थानमा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।मृतकको संख्या अझ बढ्न सक्ने बताइएको छ । च्यासिङखर्कमा आयोजना भएको छेवर(ब्रतवन्ध)कार्यक्रममा भागलिएर फर्कने क्रममा उक्त दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।उक्त दुर्घटनामा परी घाइते  भएकाको बनेपास्थित सिरमेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । थप विवरण आउन बाँकी छ।

"काभ्रेपलान्चोकमा रिजर्भ बस दुर्घटना ।"

निर्वाचन आयोगले आज समानुपातिकतर्फको अन्तिम सूची सार्वजनिक गर्ने

काठमाडौं, २७ मंसिर । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको अन्तिम सूची आज सार्वजनिक गर्ने तयारी गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अुनसार गत सोमबार दलहरूले बुझाएको अन्तिम सूची रुजु गर्ने काम सकिएको छ । आज नामावली सार्वजनिक हुनेछ । आयोगले समानुपातिकतर्फको सिट निर्धारण यसअघि नै गरिसकेको छ । जसअनुसार प्रतिनिधिसभामा एमालेले ३४, कांग्रेसले ३२, माओवादीले १४, स्वतन्त्र पार्टीले १३, राप्रपाले ७ तथा जसपा र जनमतले ५(५ सिट पाएका छन् ।

"निर्वाचन आयोगले आज समानुपातिकतर्फको अन्तिम सूची सार्वजनिक गर्ने"

अध्यादेशको विरोधमा एमाले निकट विद्यार्थी सङ्गठनअनेरास्ववियुको प्रदर्शन

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले सरकारविरुद्ध प्रदर्शन गरेको छ। अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीले अपराधीहरुलाई अध्यादेश ल्याएर उन्मुक्ति दिन लागेको भन्दै क्याम्पस अगाडि प्रदर्शन गरेको हो । सरकारले कानुनी राज्यको धज्जी उडाउँदै संविधानमाथि ठाडो हस्तक्षेप गरेको अनेरास्ववियुको आरोप लगाएको छ प्रदर्शनपछि घण्टाघर अगाडि आयोजित कोणसभामा विद्यार्थी नेताहरुले अपराधीहरुलाई छुटाउन अध्यादेशको सहारा लिन खोजेको भन्दै सरकारको आलोचना गरेका थिइ । उनीहरुले रेशम चौधरीको बहानामा कांग्रेस नेता मोहम्मद अफ्ताव आलमलाई छुटाउन खोजिएको आशंकासमेत गरेका छन्…

"अध्यादेशको विरोधमा एमाले निकट विद्यार्थी सङ्गठनअनेरास्ववियुको प्रदर्शन"

विश्वकप अर्जेन्टिना भर्सेस क्रोएशियाको पहिलो सेमिफाइनल खेल।

विश्वकप फुटबलको पहिलो सेमिफाइनल खेल आज हुँदै छ। नेपाली समय अनुसार राति पौने १ बजे  क्रोएसिया र अर्जेन्टिनाबीच सेमिफाइनल खेल हुने छ। आजको विजेता फाइनल पुग्ने छ भने पराजित हुने टिमले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्दै छ। क्रोएसियाले यो वर्ष पनि उत्कृष्ट प्रदर्शन गरेको छ। क्रोएसियाले २०१८ को विश्वकपमा फ्रान्ससँग फाइनल खेलेको थियो। अर्जेन्टिना भने पहिलो खेलमा साउदी अरेबियासँग पराजित हुँदै प्रतियोगिताको सुरुआत गरेको टिम हो। त्यसपछि खेलमा कमब्याक गर्न सफल पनि भयो। अर्जेन्टिनाले क्वाटरफाइनलमा…

"विश्वकप अर्जेन्टिना भर्सेस क्रोएशियाको पहिलो सेमिफाइनल खेल।"

निर्वाचन आयोगले नेकपा एमालेलाई समानुपातिक सांसदको नाम छनोटमा पुनः मौका दिने

काठमाडौं। निर्वाचन आयोगले नेकपा एमालेलाई समानुपातिक सांसदको नाम छनोटमा पुनः मौका दिने भएको छ। १ नम्बर प्रदेश र मधेश प्रदेशमा क्लस्टर र क्रम नमिलेको भन्दै आयोगले सच्याउन सोमबार ४ बजेसम्मको समय दिएको हो। तर एमालेले पुरानै सूचीलाई कायम गर्न अयोगलाई पत्राचार गरेपछि नसच्याए सांसद विजयी भएको घोषणा नगर्ने चेतावनी दिएको हो। एमालेले उम्मेदवारको नामावली नेपालको संविधान, प्रचलित कानुन तथा समानुपातिकतर्फको उम्मेदवारको बन्दसूचीको क्रम अनुरूप रहेकाले उक्त पेस गरेको नामावली यथावत् कायम गरिदिन आयोगलाई पत्र पठाएको थियो…

"निर्वाचन आयोगले नेकपा एमालेलाई समानुपातिक सांसदको नाम छनोटमा पुनः मौका दिने"

देश र जनताका बीचमा चुनावमा गरेका वाचा यति चाँडै किन भुलेको ? :डा. भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले ‘जुनसुकै अदालतमा विचाराधीन रहेका’ मुद्दा फिर्ता लिन सक्ने गरी अध्यादेश ल्याई कानूनी व्यवस्था गर्ने निर्णाय गर्नु कुशासन बढाउने स्वेच्छाचारी काम भएको टिप्पणी गरेका छन् । सोमबार सामाजिक संजालमार्फत रावलले सरकारको यो कदमले देश कानुन विधिको शासन भन्दा पनि केही व्यक्तिको स्वार्थले चलेको स्पष्ट भएको बताएका हुन् । उनले भनेका छन्, ‘फौजदारी कार्यविधि (संहिता) मा रहेको जिल्ला अदालतमा विचाराधीन मुद्दा मात्रै सरकारले फिर्ता लिन सक्ने व्यवस्थामा संशोधन गरी…

"देश र जनताका बीचमा चुनावमा गरेका वाचा यति चाँडै किन भुलेको ? :डा. भीम रावल"

विश्वकप फुटबलमा मंगलबार शीर्ष १६ का अन्तिम दुई खेल

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा मंगलबार शीर्ष १६ का अन्तिम दुई खेल हुँदै छन् । पहिलो खृलमा मोरक्को र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । एजुकेसन सिटी स्टेडियममा हुने मोरक्को र स्पेनबीचको खेल नेपाली समय अनुसार राति पौने नौ बजजे सुरु हुनेछ । दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् । मोरक्को समूह एफको विजेता र स्पेन समूह ईको उपविजेता बन्दै नकआउट चरणमा भेट गरेको हुन् । अर्को खेलमा पोर्चुगल र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा…

"विश्वकप फुटबलमा मंगलबार शीर्ष १६ का अन्तिम दुई खेल"

प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा.शशांक कोइरालाबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा.शशांक कोइरालाबीच भेटवार्ता भएको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास भेटवार्ता भएको हो । भेटमा देउवा र कोइरालाले एक अर्कालाई बधाई ज्ञापन गर्नुका साथै चुनावी परिणाम र सरकार गठनका विषयमा कुराकानी गरेका थिए । भेटमा सभापति देउवाले कोइरालालाई पार्टीको संसदीय दलमा आफूलाई सघाउन आग्रह गरेका छन् । देउवाले भने,‘तपाईं के गर्नुहुन्छ ? संसदीय दलको नेता म लड्दैछु, मलाई सघाउनुहोला ।’ कोइरालाले त्यसबारे सल्लाह गरौँला…

"प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा.शशांक कोइरालाबीच भेटवार्ता"