नेपाली कांग्रेस कार्यसम्पादन समिति बैठक सुरु भएको छ ।समितिको बैठक निर्धारित समयभन्दा करिब एक घण्टा ढिला सुरु भएको छ । कार्यसम्पादन समितिअघि दुबै पक्ष बसेर भोली वा पर्सी हुने संसदीय दलको निर्वाचनका लागि बनाइने निर्वाचन समितिमा सहमती जुटाएको बुझिएको छ । सहमहामन्त्री भिष्मराज आङदेम्बेको नेतृत्वमा निर्वाचन समिति बनाइने र समितिमा केन्द्रीय सदस्यहरु पुष्पा भुसाल र प्रकाश स्नेही रसाइली सदस्य रहने छन् ।केही बेरमा औपचारिक रुपमा कार्यसम्पादन समितिले निर्णय गर्ने बुझिएको छ ।
"कांग्रेसले सहमहामन्त्री भिष्मराज आङदेम्बेको नेतृत्वमा निर्वाचन समिति बनायो"Author: लोकनीति अनलाइन
काठमाडौं। सरकारले पेट्रोलियम पदार्थको ढुवानी भाडा १० प्रतिशतले वृद्धि गरेको छ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल भित्रका १७ र नेपाल बाहिरका ५ वटा रुटमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर र ट्रकको भाडा वृद्धि गरेको हो।नेपाल आयल निगमका अनुसार सरकारले कात्तिकको अन्तिम सातातर्फ पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा वृद्धि गरेको थियो। तर, निर्वाचनमा नकरात्मक प्रभाव पर्न सक्ने भन्दै भाडा वृद्धिको सूचना सार्वजनिक गरिएको थिएन। सरकारले निर्वाचन अघि नै निर्णय गरे पनि निर्वाचनको मतपरिमाण सार्वजनिक भएपछि भाडा…
"पेट्रोलियम पदार्थको ढुवानी भाडा १० प्रतिशतले वृद्धि"सुनको मूल्य बढेर फेरि एक लाखभन्दा माथि पुगेको छ।शुक्रबार ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज एक लाखमाथि पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुन प्रतितोला ६०० रुपैयाँ बढेर १ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख रुपैयाँमा कारोबार भइरहेको छ।
"सुन फेरि एक लाखभन्दा माथि"फिफा वर्ल्डकप २०२२ को फाइनल खेल अर्जेंटीना र फ्रान्स बिच आज दोहा लुसैल स्टेडियममा हुदैछ।कतारको सबैभन्दा ठुलो यो स्टेडियममा ८९ हजार् दर्शकहरु को उपस्थितिमा अर्जेंटीना र फ्रान्स बिच रोचक भिडन्त हुने भएको हो । यस फाइनल प्रतिस्पर्धामा प्राय दर्शकको ध्यान लियोनल मेसी र एमबाप्पेमा केन्द्रीत हुने देखिएको छ ।नेपाली समय अनुसार साँझ पौने नौ बजे हुने फाइनल खेलमा फिफा वर्ल्डकप २०१८ को बदला लिने अवसर अर्जेंन्टीनालाई छ भने फ्रान्स २०१८ दोह्र्याउने मुडमा देखिन्छ ।सन् २०१८…
"वर्ल्डकप २०२२ को फाइनल खेल अर्जेंटीना र फ्रान्स बिच दोहा लुसैल स्टेडियममा हुने"गुल्मीको मुसिकोट नगरपालिका-२ की विपना महत २० वर्ष पुगिन्। यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ। यहीँ उमेरका युवायुवती भर्खरै सहर छिरेर रोजगार खोज्दै भौँतारिरहेका छन्। उनले जिल्लाको सदरमुकाम तम्घासमा चिया बेचेरै मासिक ९० हजार रुपैयाँ कमाउँदै आएकी छन्। यहीँ उमेरका युवायुवती भर्खरै सहर छिरेर रोजगार खोज्दै भौँतारिरहेका छन्। उनले जिल्लाको सदरमुकाम तम्घासमा चिया बेचेरै मासिक ९० हजार रुपैयाँ कमाउँदै आएकी छन्। चिया बेचेर दैनिक तीन हजार रुपैयाँका दरले…
"तम्घासमा चिया बेचेरै मासिक ९० हजार रुपैयाँ कमाउँदै आएकी विपना महत।"नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति काभ्रेको आज बसेको बैठकले भर्खरै सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई अन्तर्घात गरेको भन्दै पार्टीका केन्द्रिय सदस्यद्वय मधु आचार्य र गणेश लामालाई कार्वाहीको लागि सिफारिस गरेको छ ।बैठकले पाँचखाल नगरपालिका प्रमुख महेश खरेललाई पनि कार्वाहीका लागि सिफारिस गरेको छ । उक्त बैठकले उहाँहरुलाई साधारण सदस्य समेत नरहेगरी कार्वाही गर्न सिफारिस गरेको हो । पार्टीको केन्द्रीय परिपत्र अनुसार काभ्रे काङ्ग्रेसको प्रदेश सभा क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमितिले गएको निर्वाचनमा पार्टीको…
"काङ्ग्रेस केन्द्रिय सदस्यद्वय मधु आचार्य र गणेश लामालाई कार्वाहीको लागि सिफारिस"काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मंगलबारभित्र सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेकी छन् । राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका भट्टराईले भने, ‘निर्वाचन आयोगले चुनावी प्रतिवेदन बुझाइसकेको छ, अब राष्ट्रपितज्यूले ढिलो गर्नुहुन्न । सम्भवत: आउँदो मंगलबारभित्र उहाँले नयाँ सरकार गठनको आह्वान गर्नुहुन्छ ।’ संविधानमा निर्वाचन आयोगले चुनावको अन्तिम परिणाम बुझाएको ३५ दिनभित्र प्रधानमन्त्री नियुक्तिसम्बन्धी प्रक्रिया पूरा गर्नुपर्ने प्रावधान छ । नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसारको सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्नेछिन् ।…
"राष्ट्रपति भण्डारीले आगामी मंगलबारभित्र सरकार गठनका लागि आह्वान गर्ने"बागलुङ। बागलुङमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ। बर्षेनि व्यावसायिकरूपमा उत्पादन हुँदै आएको सुन्तला गत वर्षभन्दा २० प्रतिशतले वृद्धि भएको हो। यस वर्ष बागलुङमा चार हजार तीन सय ८० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिए। उनका अनुसार गत वर्ष यहाँ कुल तीन सय ४५ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाको बोटबाट तीन हजार ६ सय ५० मेट्रिक टन उत्पादन भएको थियो। गत वर्ष जिल्लाभर २० करोड सात लाख ५०…
"बागलुङमा यस वर्ष चार हजार तीन सय ८० मेट्रिक टन सुन्तला उत्पादन"म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटना भएको तारा एयरको जहाजका भग्नावशेष सात महिनापछि सङ्कलन गरिएकोे छ । गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज दुर्घटना हुँदा चालक दलका तीनसहित २२ जनाको मृत्यु भएको थियो । भौगोलिकरूपमा विकट र दुर्गम पहाडको खोंच र पाखोमा छरिएका जहाजका पाटपुर्जालाई सङ्कलन गर्न तारा एयरले मङ्सिर १९ गतेदेखि मजदुरको टोली परिचालन गरेको थियो । टोलीको नेतृत्व गरेका इन्द्रसिंह शेरचनले समुद्री सतहबाट चार हजार तीन सय…
"तारा एयरको जहाजका भग्नावशेष सात महिनापछि सङ्कलन"काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा आज बुधबार सार्वजनिक गर्ने भएको छ । ४ मंसिरमा भएको निर्वाचनको अन्तिम नतिजा घोषणा गर्न आयोगले आज मध्याह्न साढे १ बजे पत्रकार सम्मेलन आयोजना गरिएको जनाएको छ । आयोगले आज प्रतिनिधिसभातर्फ १ सय ६५ र प्रदेशसभातर्फ ३ सय ३० क्षेत्रसँगै समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न लागेको हो ।आयोगले निर्वाचन अन्तिम नतिजा घोषणापछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने छ । त्यसपछि राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि…
"निर्वाचन आयोगले निर्वाचनको अन्तिम नतिजा आज सार्वजनिक गर्ने"




















