सत्तारुढ गठबन्धनको एक घटक एकीकृत समाजवादीका अध्यक्ष नेपालले नेकपा एमालेका अजय गुप्तालाई पराजित गर्दै प्रतिनिधिसभामा आफ्नो सिट सुरक्षित गरेका हुन् । रौतहटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट नेपालले ३३ हजार ५सय २२ मत प्राप्त गर्दै नेपालले जित हात पारेका हुन् । नेपालले गुप्तालाई ६ हजार ६ सयको मतान्तरले पराजित गरेका छन् । एमालेका अजयले २६ हजार ९सय २२ मत प्राप्त गरेका हुन् ।राष्ट्रिय राजनीतिमा निकै चर्चाकासाथ यस क्षेत्रलाई हेरिएकाे थियाे ।
"नेकपा एसका अध्यक्ष नेपाल रौतहट–१ वाट विजयी"Author: लोकनीति अनलाइन
दार्चुला । दार्चुलाबाट प्रतिनिधि सभा सदस्यमा दिलेन्द्रप्रसाद बडू निर्वाचित भएका छन्। एमालेका गणेश ठगुन्नालाई पराजित गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहेका बडू निर्वाचित भएका हुन्। बडूले २७ हजार ४२१ मत पाउँदा एमालेका ठगुन्नाले २५ हजार ६७९ मत पाए। बडू २०७४ मा समानुपातिक प्रणालीबाट सांसद भएका थिए।
"दार्चुलाबाट बडू निर्वाचित"चितवन — नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने चितवन२ बाट भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । लामिछानेले ४९ हजार २६१ मत ल्याउँदा उनका निकटतम् प्रतिनिधि सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार रहेका उमेश श्रेष्ठको १५ हजार ९९ मत आएको छ । तर यसलाई निर्वाचन कार्यालयले आधिकारिक घोषणा गर्न बाँकी नै छ । लामिछाने ३४ हजार १ सय ७० मतान्तर कायम गर्दै विजयी भएका छन् । एमाले उम्मेदवार कृष्णभक्त पखरेलको १४ हजार ६४९ मत आएको छ । कृष्णभक्त पोखरेल…
"चितवन-२ मा रवि लामिछाने भारी मतान्तर सहित विजयी"दमौली । तनहुँ क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् । पौडेले २५ हजार ३१८ मत ल्याएर निर्वाचित भएका हुन् । नेकपा एमालेका एकबहादुर रानालाई झण्डै ६ हजार मतान्तरले हराउँदै पौडेल निर्वाचित भएका हुन् । एमालेका रानाले १९ हजार ९४३ मत ल्याए । स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले ६ हजार ८७८, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ३२ र राप्रपाका विनोद घर्तीले २ हजार ४८३ मत ल्याएका छन्…
"कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित"दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवारसमेत रहेका महासचिव शंकर पोखरेल पराजित भएका छन्। यहाँ नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा निर्वाचित भएकी हुन्। शर्माले २५ हजार ७ सय ९७ मत ल्याएकी छन् भने पोखरेलले २५ हजार पाँच सय ३३ मत ल्याएका छन्। उनीहरूबीच मतान्तर २६४ छ।
"दाङ-२ मा शंकर पोखरेललाई पराजित गर्दै माओवादीकी रेखा शर्मा विजयी"काठमाडौं १ मंसिर। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दिन मंसिर ४ गते काठमाडौं उपत्यकमा सार्वजनिक सवारी साधन सञ्चालन नहुने भएका छन्।निर्वाचमा शान्ति सुरक्षालाई दुष्टिगत गरी काठमाडौं, ललितपुर र भक्तपुरमा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको संयुक्त बैठकले मतदानका दिन निर्वाचन आयोगको मापदण्डअनुसार सवारी सञ्चालनमा रोक लगाउने निर्णय भएको काठमाडौंका प्रजिअ घनश्याम उपाध्यायले बताएका छन्। निर्वाचन आयोगले मापदण्ड तोकेका र पास भएका सवारी साधनबाहेक अन्य सार्वजनिक सवारी साधन नचल्ने बताइएको…
"मंसिर ४ गते सार्वजनिक सवारी साधनमा रोक"ललितपुर–३मा विभिन्न दलबाट १३ र सातजना स्वतन्त्र उम्मेदवार मतदाताको घरदैलोमा मत माग्न व्यस्त छन् । यस क्षेत्रमा मुख्य प्रतिस्पर्धामा पाँचदलीय गठबन्धनका तर्फबाट उम्मेदवार भएकी माओवादी केन्द्रकी उपमहासचिव भुसाल र नेकपा (एमाले) का उम्मेदवार अमृत खड्का छन् ।त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा तोसिमा कार्की पनि चर्चामा छिन् । भुसाल, खड्का र डा कार्कीबाहेक ललितपुर–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निरञ्जन थापाले उम्मेदवारी दिएका छन् । गोदावरी नगरपालिका–१२ र १४ ललितपुर महानगरपालिका–१, २, ३, ४, ५, १०,…
"ललितपुर–३मा स्वतन्त्र पार्टीकी उम्मेदवार डा तोसिमा कार्की चर्चामा"काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ गते निर्वाचनमा उत्साहजन सहभागिता जनाउन आव्हान गरेका छन् । बिहीबार भिडियो सन्देशमार्फत प्रधानमन्त्रीले निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्ने हाम्रो दायित्व भएकाले अब संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउँदैं मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनुपर्ने दायित्व भएको बताएका छन् । देउवाले जहानीय राणा शासनदेखि अहिलेसम्म मुलुकले राजनीतिक संघर्षको एउटा चरण पुरा गरिसकेको भएपनि मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनुपर्ने जिम्मेवारी बाँकी रहेको बताए । नेपाली कांग्रेस मुलुकमा भएका हरेक राजनीतिक, सामाजिक आन्दोलनको…
"निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्न प्रधानमन्त्रीको अपील"प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता र आयोगका निर्देशनहरूको अवज्ञा गर्ने दुस्साहस भएमा सैह्य नहुने बताउनुभएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले युवाहरूका संघसंस्था र युवा अभियन्तासँग आयोजना गरेको छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले राजनीतिक दल, उम्मेदवार, सार्वजनिक निकाय र सम्बन्धित पक्षले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहितरुपमा सम्पन्न गराउन सघाउनुपर्ने बताउनुभयो । थपलियाले आचारसंहिताको उल्लघंन र निर्देशनको अवज्ञा भएमा उल्लंघनकर्तालाई महँगो पर्न सक्ने…
"आचारसंहिता र आयोगका निर्देशनहरूको अवज्ञा नगर्न प्रमुख आयुक्त थपलियाको आग्रह।"विराटनगर । मोरङ क्षेत्र नम्बर ३ (१) बाट प्रदेशसभा उम्मेदवार शेखरचन्द्र थापाको ५८ वर्षको उमेरमा बुधबार निधन भएको छ ।मोरङ क्षेत्र नम्बर ३ (१) बाट प्रदेशसभा उम्मेदवारसमेत रहेका थापाको विराटनगस्थित नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो। प्रदेश एकका वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापा निमोनिया भएपछि एक महिनादेखि उपचाररत थिए ।थापालाई गत असोज २४ गते डेंगु संक्रमण पुष्टि भएको थियो। नेपाली कांग्रेसका नेतासमेत रहेका थापालाई डेंगुसँगै निमोनिया संक्रमण भएको थियो । नोबेल मेडिकल कलेजका…
"मोरङ क्षेत्र नम्बर ३(१) उम्मेदवार शेखरचन्द्र थापाको निधन"




















